Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका शिर्ष नेताहरुले आफ्ना पालिका गुमाए
बैतडीका शिर्ष नेताहरुले आफ्ना पालिका गुमाए
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, जेठ ७, २०७९
Party Chunab Chinh.jpg

बैतडी
बैतडी जिल्ला सदरमुकामको दशरथचन्द नगरपालिका यसअघि नेपाली कांग्रेसको गढका रुपमा चिनिन्थ्यो । यो नगरपालिका वर्तमान कांग्रेस जिल्ला सभापती चतुर बहादुर चन्द, पुर्व सभापती तथा पुर्व मन्त्री नर बहादुर चन्द, विनयध्वज चन्द, नरेन्द्रसिंह थापा, शिवराज भट्ट लगायत केहि दिग्गज नेताहरुको नगरपालिका हो । यस नगरपालिकामा २०७४मा समेत कांग्रेसले चुनाव जित्दै पुर्ण बहुमत ल्याएको थियो । तर अहिले भने कांग्रेस उपमेयर र ४ वडामा सिमित भएको छ । 

अहिले दशरथचन्द नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । एमालेले नगर प्रमुख सहित ७ वडा जितेको छ । 

यसैगरी जिल्लाको दोश्रो सहर(मध्यपहाडी लोक मार्गको नमुना सहर)समेत रहेको पाटन नगरपालिका नेकपा एमाले बाट निर्वाचित प्रतिनिधि सभा सांसद, पुर्व मन्त्रि, तथा एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीको नगरपालिका हो । यस नगरपालिकामा एमाले हारेको छ । सत्ता साझेदार गठबन्धनले यस नगरपालिकामा ६ वडा सहित मेयर उपमेयरमा विजय हासिल गर्दा एमाले ४वडामा सिमित भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज पुरन सिंह दयालको नगरपालिका मेलौलीमा एमाले पराजित भएको छ । यहाँ नेकपा माओवादी केन्द्रले प्रमुख पदमा विजय हासिल गरेको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेन्द्र कुवर (विजय सुन्दर) ले यसअघि २०७४को निर्वाचनमा जित हासिल गरेको पुर्चौडी नगरपालिका यसपालि गुमाएको छ । पुर्चौडीमा नेपाली कांग्रेसले मेयर, उपमेयर सहित स्पष्ट बहुमत ल्याएको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिका एमाले अध्यक्ष सुरेन्द्र पालको पालिका हो । तर यहाँ एमालेमै रहेका युवाहरुले विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएरै विजय हासिल गरेकाछन् । पार्टी संग टिकटका लागि प्रयास गर्दा नपाएका राष्ट्रिय युवा संघका तत्कालिन प्रदेश अध्यक्ष सन्तोश जोशी अध्यक्ष बनेकाछन् भने, यज्ञ भट्ट, प्रकाश मणि भट्ट लगायतका युवाहरु वडामा विजय भएकाछन् ।

यसअघि २०७४मा अध्यक्ष,उपाध्यक्ष सहित बहुमत वडा जितेको एमाले २ वडामा सिमित भएको छ भने उपाध्यक्ष सहित २वडा नेपाली कांग्रेसले जितेको छ । 

यसैगरी नेकपा(एकिकृत समाजवादी) का जिल्ला इन्चार्ज परमानन्द भट्ट र माओवादी नेता तथा प्रदेश सांसद प्रेम प्रकास भट्ट (आदित्य)को सुर्नया गाउँपालिकामा पराजय भएको छ । यस पालिकामा यी दुवै दलले गठबन्धन समेत गरेका थिए । तर अध्यक्ष र ३वडा एमाले–राप्रपा गठबन्धनले जित्दा ४वडामा कांग्रेस र १ वडामा माओवादीले जित हासिल गरेको छ । 

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष महादेव भट्टको दशरथचन्द नगरपालिकामा पार्टीको अवस्था नाजुक देखिएको छ । यो नगरपालिका पुर्व प्रदेस मन्त्रि समेत रहेकी एकिकृत समाजवादी नेतृ मायाँ भट्टको नगरपालिका समेत हो । एकिकृत समाजवादीले जिल्लाका एकै वडामा समेत विजय हासिल गरेको छैन् । 

तर नेकपा एमालेका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको दोगडाकेदार गाउँपालिकामा भने नेकपा एमालेले स्पष्ट बहुमत सहित विजय हासिल गरेको छ । ८ वडा रहेको यस पालिकामा ६वडा सहित अध्यक्ष,उपाध्यक्ष एमालेले जितेको छ । जिल्ला उपसभापति खगेन्द्र धामीको सिगास गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ । पञ्चेश्वरमा एमालेका प्रमुख नेता गोरख बहादुर चन्द रहेकोमा त्यहाँ एमालेले अध्यक्ष,उपाध्यक्ष सहित बहुमत हुनेगरी वडामा जित हासिल गरेको छ । 

शिवनाथमा कांग्रेस प्रदेश सदस्य तेज बहादुर चन्द तथा युवा नेता कर्ण साउदको पालिकामा कर्ण साउद स्वय अध्यक्ष बनेकाछन् । माओवादी केन्द्रका प्रमुख नेता आफै रहेको मेलौलीमा भिम बहादुर चन्दले मेयरमा विजय हासिल गरेकाछन् । पाटनमा कांग्रेस–माओवादी गठबन्धनको विजय भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीको पाटनमा युवा नेता कमल बोहरा नगर उपप्रमुखमा विजय हुदाँ वडा न. १,८ र ९मा समेत माओवादीले विजय हासिल गरेको छ । 

बैतडीमा टिकट वितरणमा कमजोरी भएका कारणले ठुला नेता आफ्नो पार्टीलाई जिताउन असफल भएको चर्चा सुनिन्छ । केहि पालिकामा भने, पार्टीको संगठन कमजोर र आफ्नै भनिएका मतदातालाई जोगाउन नसक्दा हार व्यहोरेको प्रष्ट देखिन्छ । 

तर पार्टी नेताहरुले भने आफु निकटका व्यक्तिलाई टिकट दिएकाले हारेको कुरा स्वीकार गर्दैनन् ।
जिल्लाका ४पालिकामा एमाले, ४मा कांग्रेस, एउटामा माओवादी केन्द्र र एउटामा स्वतन्त्रले प्रमुख पदमा विजय हासिल गरेकाछन् । 
 


प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०९:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्