Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • उपमहानगरपालिकाबाट १ रुपैयाँ पनि लिन्न, ५ वर्ष स्वयंसेवक भएर काम गर्नेछु
उपमहानगरपालिकाबाट १ रुपैयाँ पनि लिन्न, ५ वर्ष स्वयंसेवक भएर काम गर्नेछु
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, फागुन १९, २०७८
gopal hamal.jpg

गोपाल हमाल, धनगढी : अघिल्लो निर्वाचनमा म दोस्रो भए। दोस्रो स्थानलाई पनि हामीले पहिलो स्थान नै ठान्यौं। मैले विगत चार वर्ष धनगढीका लागि के गर्न सकिन्छ रु भनेर योजना बनाएरै बिताए। बार्गेनिङ गरेर अब ठूलो दलमा गइहाल्नुपर्छ भन्ने मेरो ध्येय थिएन।  

आज पनि मलाई धेरै दलले तपाईं हाम्रोमा आउनुस भन्नुहुन्छ। तपाईंका लागि ढोका खुला छ, हामी मेयरको टिकट दिन्छौं पनि भन्नुहुन्छ। तर त्यस्तो अवस्थामा गोपी हमाल जित्न र नजित्नुमा कुनै अर्थ राख्दैन। धनगढीले जित्नुपर्छ भन्ने मेरो धारणा हो। पछिल्लो ६ महिनाको अवधिमा म धेरैको घरमा गए। सबैलाई, चुनाव लड्ने वा नलड्ने, लडेपछि के बाट लड्ने र तपाईं सहयोग गर्नुहुन्छ की गर्नुहुन्न रु भनेर मैले यी तीन प्रश्न गर्थे। जसले मैले मत सर्वेक्षण गरे। मलाई अधिकांश साथीहरु र अभिभावहरुले तपाईंलाई हामीले स्वतन्त्रै रुपमा लिएका छौ र तपाईं स्वतन्त्र नै हुनुहोस भनेर भन्नुभयो। मैले सोही कुरालाई शिरोधार्य गरेर स्वतन्त्र हुने निर्णय गरे।  

जित्नु मात्रै ठूलो कुरा होइन रहेछ। यो अवधिमा जित्न त धेरैले जिते तर हाम्रो क्षेत्रले किन हारिरहेको छ भनेर मैले सोचे। र, दलबाट लड्ने होइन की स्वतन्त्र भएर लड्ने योजना बनाए। म हरेक धनगढीवासीको मत र विश्वासले जित्न चाहन्छु। धनगढी मात्र होइन यो भूगोलभन्दा बाहिर बसेका, जसले सुदूरपश्चिम र धनगढीलाई माया गर्नुहुन्छ, उहाँहरुलाई साथमा लिएर धनगढीको दिगो विकास गर्ने र सबैलाई न्याय गर्ने पक्षमा म उभिएको छु। म यहाँ कसैको पनि आलोचना गर्न चाहन्न। जस्तो राजनीतिक पार्टी छ मान्छे सोहीअनुसार ढल्ने हो। जता ओरालो त्यतै खोला जाने हो। अब यो ओरालो लागेको खोलाले त हामीलाई बगाएर लग्छ। त्यसैले, अब हामीले नयाँ कुराको सुरुवात गर्न आवश्यक छ।  

म एउटा कुराको प्रण गर्न चाहन्छु। मैले पहिले पनि भनेको थिए, म कुनै पनि किसिमको सुविधा धनगढी उपमहानगरपालिकाबाट लिदैन। एक रुपैयाँ पनि लिदैन। म उपमहानगरपालिकाको गाडी पनि चढ्दिन। मेयरले पाउने कुनै पनि किसिमको लाभ लिदैन। यसको अर्थ के हो भने, म भ्रष्टाचार र वेथिती हुन दिदैन। अहिले व्याप्त भ्रष्टाचारको प्रवृत्तिलाई मेयर भएपछि कल्याणकारी प्रवत्तिमा कायम गरेर देखाउने छु। त्यो दृढ संकल्पका साथ अगाडि बढेको छु।  

हिजोको नगरपालिका भनेको एउटा ग्राभेल फाल्नमा मात्र सिमित थियो। अहिलेको नगरपालिका सम्पूर्ण सरकार हो। १० वर्षपछि यो सहर कस्तो हुने, ५० वर्षपछि कस्तो हुने, सरकारी विद्यालयलाई कसरी सुदृढ बनाउने, पर्यावरणको स्थिति कस्तो हुने, भौतिक पूर्वाधारको स्थिति के हुने, स्वास्थ्यको स्थिति के हुने लगायतका सम्पूर्ण जिम्मेवारी अहिले मेयरको नेतृत्वमा गठन भएको स्थानीय तह हो। त्यसकारणले त्यो स्थानीय तह तपाईं हाम्रो भाग्य विधता हो। यो कुरालाई हामीले बुझ्न आवश्यक छ। ०४६ सालभन्दा अगाडिको नगरपालिका होइन यो।  

यसै धनगढीले मलाईं यहाँसम्म पुगाएको हो। नाम र दाम पनि धनगढीबाटै प्राप्त भएको हो। ५ वर्ष धनगढीलाई स्वयमसेवकको रुपमा काम गरेर देखाउन मेरो इच्छा हो। म माटाको ऋण तिर्न चाहन्छु। मैले धनगढी मोडेल स्थापित गर्ने भनेको छु। जसरी भारतमा केजरिवालले दिल्ली मोडेल बनाए, गुजरातमा मोदीले बनाए। हामी धनगढी मोडेल नेपालको लागि प्रारम्भ गर्छौ। आजसम्म जति हाम्रा, उती राम्रा भन्ने छ। अब जति राम्रा उती हाम्रा हुन्छ। कसैलाई विभेद हुँदैन। काँग्रेस होस, कम्युनिष्ट होस, एमाले होस, माओवादी होस, राप्रपा होस अथवा कुनै दलमा नभएका व्यक्ति हुन्। सबैले समान न्याय पाउने छन्। मेरो जित सम्पूर्ण धनगढीवासीको जित हुनेछ। 

मैले बदमासी गरेको देख्नुभयो भने तपाईंहरुले मलाई कालोमोसो लगाउनु पर्दैन। म कालोमोसो लगाएर आफै बजार घुम्नेछु। यो मेरो अन्तिमपटक हो। पटकपटक अब लड्दैन। एकपटक तपाईहरुले मलाई मौका दिनुपर्छ। एकपटक मलाई परीक्षामा बस्न दिनुहोस्, पास भएन भने जे सजाय पनि भोग्न तयार छु। योजनाको विषयमा अनावश्यक आश्वासन दिएर अहिले नै ठगी गर्न चाहन्न। मेरो एउटै मात्रै लक्ष्य, धनगढीलाई बनाउने हो। त्यसका लागि आवश्यकताअनुसार सहकार्य गर्न तयार हुनेछु। जाँचमा बस्न दिने अवसर पाउने विश्वाससहित धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु। 
(बिहीबार घोषणा सभामा स्वतन्त्र उम्मेदवार हमालको मन्तव्यमा आधारित)


प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ०२:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्