Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • विदेश जान नदिन २ जना सिपाहीलाई पागल बनाइयो !
विदेश जान नदिन २ जना सिपाहीलाई पागल बनाइयो !
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, जेठ २२, २०७९
Nepal-Army-Sketch-1.jpg

नेपाली सेनाभित्र बदमासीका नयाँ रुप देखिन थालेको छ । राष्ट्रसंघीय मिसनमा जानको निम्ति हानाथाप गर्ने क्रममा आफ्नै सहकर्मीलाई पागल प्रमाणित गराइएको आरोप छ ।

मिलेमतोमा पागल घोषित गराएर अवसरबाट वञ्चित गराइएका ती सैनिक अहिले सेनाको ब्यारेकभित्र ड्युटीमा रहेको बताइन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरास्थित रणबम गणमा कार्यरत सिपाही धर्मसिंह कार्की र घमनसिंह खड्कालाई कागजी रुपमा मानसिक रोगी प्रमाणित गरेर विदेश जानबाट वञ्चित गराएको बताइन्छ । गणले फिल्ड अस्पताल धनगढीको बोराडाँडीलाई अस्ति लेखेको पत्रमा थप उपचारबारे जानकारी गराइदिन अनुरोध गरिएको छ ।

सहसेनानी हेमराज जोशीले लेखेको पत्रमा भनिएको छ, ‘त्यस अस्पतालमा उपचार तथा काउन्सिलिङपश्चात् निजहरुलाई ड्युटीमा लिन सकिने वा नसकिने, विस्तृत स्वास्थ्य अवस्था के कस्तो छ खुलाई यस गणमा पठाइदिने व्यवस्था हुन अनुरोध ।’

त्यसअघि उनीहरुको जिल्ला अस्पताल डडेलधुरामा उपचार गराइएको पनि गणले स्पष्ट पारेको छ । डडेलधुरा अस्पतालले निजहरुलाई ड्युटीमा खटाउन नसकिने रिपोर्ट दिएको पनि सेनाले उल्लेख गरेको छ ।

उक्त अस्पतालका मानसिक रोग विज्ञले त्यस्तो रिपोर्ट दिएको आधारमा कार्की र खड्कालाई मिसन जानबाट रोकिएको हो ।

यता बिरामी भनिएका सैनिकका परिवारले डाक्टरले बिरामीलाई चेक नै नगरी औषधि लेखेको आरोप लगाएका छन् । पीडित सिपाहीहरुले पनि त्यस्तै बताएका छन् । तर उनीहरु अहिले ब्यारेकमा तोकिएको जिम्मेवारीमा रहेको स्रोतको दाबी छ ।

स्वास्थ्य परीक्षणमा संलग्न डाक्टर निरञ्जन भट्टराईले भने शान्ति सेनाको विषय आफूलाई थाहा नभएको बताए । करारमा डडेलधुरा अस्पताल गएका बखत आएका बिरामीलाई परीक्षण गर्ने क्रममा उनीहरु पनि जाँच्न आएको उनको भनाइ छ । कतिपय मानसिक रोगीको उपचार उनीहरुको परिवारले दिएको विवरणको आधारमा पनि गरिने भट्टराईको दाबी छ ।

अहिले तीमध्ये एक जना काठमाडौंको छाउनी अस्पतालमा थप उपचारको निम्ति आएपछि आफूलाई फोन गरेर सोधेको जानकारी दिँदै भने, ‘त्यस्तो अवस्थामा रहेका बिरामीलाई केही समय हातहतियार,सवारी साधन र अन्य जोखिमयुक्त कामबाट टाढै बस्ने सल्लाह दिइन्छ । उनीहरुको रोगको लक्षणअनुसारको औषधी र सल्लाह दिएको हुँ ।’

उताबाट फर्केपछि डा. भट्टराई मानसिक अस्पताल लगनखेलमा कार्यरत छन् ।

#जन आस्था


प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ०६:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्