Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सडकले सिँचाई कुलो भत्काउँदा २सय रोपनी खेत ८ बर्षदेखी बाँझै
सडकले सिँचाई कुलो भत्काउँदा २सय रोपनी खेत ८ बर्षदेखी बाँझै किसानको पिडा कसैले सुनेनन्
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, फागुन २५, २०७८
Bajho khet Adtola Baitadi.jpg

सीपी लोहिया/बैतडी-बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ स्थीत अडतोला र कद्द्वार गाउँ खेतीपातिका लागि निकै उपयुक्त गाँउ हुन् । यहाँका स्थानियबासी व्यवसायीक तरकारी खेतिबाट आर्थिक उपार्जन गर्दछन् । तर विगतमा स्याडी खोलाबाट सिँचाई कुलो मार्फत पानी ल्याइएकोमा पाटन– पञ्चेश्वर सडकले कुलो भक्ताएपछि सिँचाईको समस्या भएको छ । 

अडतोला र कद्द्वार गाँउका ५० बढी परिवारले कादालोले खनेर खेतमा पुगाएको सिँचाई कुलो २०७० सालमा भत्काइएको हो । स्थानीय धर्मानन्द पाण्डेयले भने,‘२०३८सालमा गाँउलेहरु मिलेर बनाएको कुलोबाट सिँचाई गर्दै आएका थियौँ । पाटन–पञ्चेश्वर सडक खन्ने बेला भत्किएको कुलोलाई एकदुई पटक आफैले मर्मत गरेर बनायौँ, तर २०७० सालदेखी सडक कालोपत्रेको काम सुरु भएयता भने सडक डबल कटिङ गरिएकाले कुलोको नाम निसाना नै मेटिदियो ।’

सिचाई कुलो भत्केपछी २सय बढी रोपनी खेतियोग्य जमिन बाँझो खेतमा परिणत भएको स्थानिय खेमराज पाण्डेयले बताए । उनले भने,‘हामीसंग जमिन प्रयाप्त छ तर पानी नभएकाले बाँझै छाडेका छौँ । कतैकतै गहुँ, मकै र तरकारी लगाएपनि पानीको अझावले बालीनाली सुक्छ । सिचाई सुबिधा भएको भए तरकारी खेति गरेर जिविकोपार्जन गर्न हुन्थ्यो ।’

सिँचाई कुलो निर्माण गरिदिन सडकको ठेकेदार कम्पनी र सम्बन्धीत कार्यालयहरुलाई पटक–पटक घच्घच्याएको स्थानियबासी बताउछन् ।  

सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएपछी केहि मिटर पाइप दिइएको छ । पाइपका टुक्राहरु दिएपनी जडान नगरीदाँ पाइपहरु त्यसै थन्काइएको छ । 

स्थानिय तर्कराज पाण्डेयले भने,‘पाइप यहाँ पुर्याएको ७ महिना पुराभयो । जडान गरिदिएको भए हुन्थ्यो । हामी आफैले जडान गर्न अन्य सामग्री नदिइएकाले सम्भव छैन्  । पाइपको एकै थुप्रो बनाएर अलपत्र छाडीएको छ ।’

सिँचाई आयोजना निर्माणका लागि प्रदेश सरकार र संघ सरकार लाई सिफारिस गरेको पाटन नगरपालिका ५ का वडाअध्यक्ष फुनिसिंह बोहराले बताए । उनले भने,‘भत्केको आयोजना निर्माणका लागि सबैसंग पहल गर्यौँ तर कसैले सुनेका छैनन् । जिल्ला स्थीत सिँचाई डिभिजन कार्यालय, पुर्वाधार बिकास कार्यालय र सडक डिभिजन कार्यालय संग पहल गरयौँ । तर उनिहरु एकअर्को कार्यालयलाई भन्नुस भन्दै टार्छन् ।’
 


प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १८:१९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्