Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दार्चुलाको शैल्यशिखरमा ६३ लाखको कोटेसन हाल्ने ठेकेदारसंग २ करोड ७० लाखको सम्झौता
दार्चुलाको शैल्यशिखरमा ६३ लाखको कोटेसन हाल्ने ठेकेदारसंग २ करोड ७० लाखको सम्झौता ठेकेदार र कर्मचारी मिलेर २ करोड दश लाख झ्वाम पार्ने सेटिङ
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, असार ८, २०७९
Shailysikhar Nagarpalika Darchula

दार्चुला । शैल्यशिखर नगरपालिकामा आर्थिक वर्ष २०७८÷०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता खुलासा भएको छ ।नगरपालिकाले तीन सडकको ठेक्का एकैदिन (२९ पुस २०७८)मा खोल्यो । नगरपालिकासँग व्यक्तिगत सम्बन्ध निकट भएकै कारण ती ठेक्का एकै ठेकेदारले पाए ।

बोलपत्रअनुसार ‘सबैभन्दा कम मूल्य राख्ने ठेकेदारलाई ठेक्का पाइनु’ स्वाभाविक हो । यहाँ पनि यस्तै गर्न खोजियो तर बोलपत्रमा निकै न्यून मूल्य राखेर ठेक्का पाएकासँग ठेक्का सम्झौता भने पुरै मूल्यमा भएको देखिन्छ । ठेक्काको पहिलो किस्तासमेत निर्माण कम्पनीले पाइसकेको बताइन्छ ।

ठेक्का शीर्षक (१)अनुसार कोटथला, अम्तोली, पपरथला देवथली सडक निर्माण गर्न ८० लाख ४५ हजार ३१ रुपैया ९४ पैसामा ठेक्का आह्वान भयो । सो ठेक्कामा सबैभन्दा कम रकम हाल्ने निर्माण कम्पनी नार्गाजुन कन्सट्रक्सनले २ लाख ४ हजार १ सय २६ रुपैयाँ ३ पैसाको बोलपत्र हालेको छ । तर, निर्माण कम्पनीसँग १४ वैशाख २०७९ मा ८० लाख १९ हजार ६ सय ६३ रुपैयाँ ५० पैसामा ठेक्का सम्झौता भएको छ ।

ठेक्का शीर्षक (२)अनुसार बजाड–खात्काँडा सडक निर्माणका लागि ९५ लाख ९० हजार २ सय ५९ रुपैयाँ ३८ पैसा ठेक्का आह्वान गरियो । सो ठेक्का पनि नार्गाजुन कन्सट्रक्सनले नै पायो । तर, २८ लाख ६२ हजार १ सय ७४ रुपैयाँ ७५ पैसाको कोटेसन हालेकोमा ठेक्का सम्झौता भने ९५ हजार ६८ लाख ४१ रुपैयाँमा भएको छ ।

ठेक्का शीर्षक (३)अनुसार ठुल्सैनी–गोधरी सडकका लागि ९५ लाख ७८ हजार ९ सय ५८ रुपैयाँको ठेक्का आह्वान गरिएको छ । यसमा नार्गाजुन कन्सट्रक्सनले बोलपत्रमा ३२ लाख ३७ हजार ९ सय ३९ रकम हालेकोमा ठेक्का सम्झौता भने ९५ लाखमा भएको देखिन्छ ।

तीनवटै ठेक्का पाएको नार्गाजुन कन्सट्रक्सनले बोलपत्रमा देखाउन कम रकम राखेको र पूरा मूल्यभन्दा थौरै घटाएर ठेक्का सम्झौता भएको छ । ठेकेदारले सम्झौताअनुसार पेस्की रकम लिएर काम गरिरहेका छन् ।

यो अनियमिततामा तत्कालीन नगरप्रमुख अमरसिंह धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायतको ‘सेटिङ’ रहेको ठेक्का नपाएका ठेकेदारको दाबी छ । उनीहरूले ती ठेक्कामा लाखौं घोटाला भएको आशंका गरेका छन् ।

नागार्जुन कन्ट्रक्सनले ६२ लाखमा मात्रै ठेक्का पाउनुपर्नेमा २ करोड ७० लाखको ठेक्का पाएको देखिन्छ । यस विषयमा वर्तमान नगरप्रमुख विजयसिंह धामी भने अध्ययन गरिरहेको बताउँछन् । ‘यो कुरा बाहिर आइसकेपछि हामी छलफल तथा अध्ययन गरिरहेका छौं,’ उनी भन्छन्, ‘यसपछि के हुन्छ ? पत्रकार सम्मेलन गरेर सत्यतथ्य कुरा बताउँछौं ।’

‘सम्झौताभन्दा पनि काम हेर्नुपर्छ’
अति न्यून मूल्यमा बोलपत्र हाल्ने कम्पनीसँग बढीमा ठेक्का भएको विषयमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट भने सहमत छैनन् ।

‘पहिलो पटकको ठेक्का रद्द गरी दोस्रोपटक आह्वान गरिएको थियो । दोस्रोपटक तीन जनाको मात्रै कोटेसन आयो । उनीहरूमध्ये सबैभन्दा कम जसको छ, उसैसँग सम्झौता गरिएको हो,’ उनी भन्छन्, ‘काम भइरहेको छ, हामीलाई काम पूरा भए पुग्छ । सम्झौताभन्दा पनि काम हेर्नुपर्छ ।’

दोस्रोपटक ठेक्का आह्वान गरेको विषयमा भने अधिकांश ठेकेदार जानकार छैनन् । प्रमुख प्रशासकीय अधिकृत विष्ट १८ फागुन २०७८ मा एक दैनिकमा विज्ञापनसमेत प्रकाशन गरेको बताउँछन् । तर, १८ फागुनमा सो दैनिकमा शैल्यशिखरको कुनै पनि सूचना प्रकाशित भएको छैन ।


प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्