Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • ५०लाख ऋण लगेका भारतीय व्यापारी “गुल्फाम” १बर्ष देखी फरार 
५०लाख ऋण लगेका भारतीय व्यापारी “गुल्फाम” १बर्ष देखी फरार 
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, असार १९, २०७९
प्रतिक्षालयमा पसल

बैतडी
नेपालका कतिपय व्यक्ति भारतमा गएर आफ्नै व्यवसाय गर्छन भने, भारतका व्यक्ति पनि नेपालमा आएर विभिन्न ठाउँमा आफ्नै व्यवसाय गर्दछन् । व्यवसाय गरेर दैनिक जिवनयापन गर्नु राम्रो पक्ष हो । तर कतिपय राम्रै व्यवसाय गरिरहेका देखिने व्यक्ति अवैध धन्दामा समेत संलग्न भएको पाइन्छ ।

भारतबाट आएका केहि व्यक्ति निकै इमान्दार  र मेहेनती हुन्छन् भने, केहिले अवैध धन्दा र लुटपाट गरेकाछन् ।

बैतडीमा १५बर्ष बसेर विभिन्न व्यवसाय गरेका एक भारतिय व्यापारी गुल्फाम यहाँका व्यक्तिहरुको ५०लाख बढी रकम ठगेर १बर्ष देखि फरार छन् । भारतमा रुई कम्पनी लिलाम भैरहेको र आफुले किन्ने भन्दै ४बर्षअघि बैतडी व्यक्तिहरुबाट ५०लाख ऋण निकालेर लगेका उनले कसैलाई पैषा फर्काएका छैनन् । 

गुल्फामले बैतडीमा सैलुन पसल, श्रींगार पसल, खेलौना पसल, सिरक पसल र मोबाइल पसल सञ्चालन गरेको थिए । 
गुल्फामले एकैजना बाट १९लाख रकम सम्म लिएका छन् । आफ्नो ५ लाख रकम ठगेको युनिक सिलाई सेन्टर गोठलापानीका सञ्चालक दिनेश सिनालले बताए । ५ लाखको आफुले बैंकलाई करिब ४ लाख व्याज मात्रै तिरिसकेको तर आफ्नो पैषा उठ्ने अत्तोपत्तो नभएको सिनाल बताउछन् । बैतडीमा रहँदा समेत गुल्फामले जुवा तास खेल्ने र खेलाउने गरेका थिए । उनले बैतडीकै युवती संग विवाह गरेका हुन् अहिले दुवैजना फरार छन् । यस बिषयमा प्रहरीमा भने, मौखिक जानकारी मात्रै आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए । 

हालै दशरथचन्द नगरपालिका वडा न.४ गोठलापानी बजार स्थीत राममन्दीरको प्रतिक्षालयमा भारतको पिलिभितका सगीर अहमतले कपडा पसल थापेकाछन् । गतहप्ता थापिएको उक्त पसल कतैपनि दर्ता गरिएको छैन् भने, दर्ताको प्रकृयामा पनि छैन् । तर मन्दीर व्यवस्थापन समितिका अध्यक्ष हरिश चन्दलाई सोधेर पसल थापेको व्यापारी बताउछन् । राम मन्दीरमा मुस्लिमको पसल भन्दै स्थानियबासीले गुनासो गरेकाछन् । सार्वजनिक प्रतिक्षालयमा भारतीय नागरिकको पसल नसुहाएपनि उनले आफु बसेको ठाउँ सरकारले प्रयोग गरेमा अन्तै सार्ने बताएकाछन् ।

स्थानिय व्यापारी खिमानन्द भट्टले भने,“उनिहरुले हाम्रो कपाल काट्न जुन कैँची प्रयोग गर्छन् त्यो कैँची जिन्दगीभरीका लागि लगाइदिदाँ रहेछन् ।” केहिदिन अघि कैलालीको गोदावरीमा गाडीमा लिफ्ट मागेका भारतीय व्यक्तिहरुले चालकलाई नै बाँधेर भिरबाट फालेको घटना सम्झदै उनले भने, “बैतडीका व्यवसायीहरुको ५० लाख रकम लुटिनु सामान्य घटना होइन् ।”

भारतीय व्यापारीहरु ड्रग्सको अवैध कारोबार समेत गर्ने गरेको पाटनका स्थानिय चमन भण्डारीले बताए । भारतीयहरुले केहि नेपाली युवालाई समेत ड्रग्सको कारोबारमा संलग्न गराएको उनको भनाई छ । उनिहरुको व्यवसायका बिषयमा स्थानिय सरकारलाई कुनै जानकारी नभएको र कर को दायरामा ल्याउन नसकेको भण्डारी बताउछन् । भारतीय नागरीकको आधारकार्डका आधारमा लगत संकलन गरि कर को दायरामा ल्याएर कारोवार गर्न दिनुपर्ने उनको भनाई छ ।

आफ्नो नगरपालिका भित्र व्यवसाय सञ्चालन गरेका भारतीयहरुलाई कर को दायरामा ल्याइने पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहराले बताए । उनिहरुका कागजातहरु संकलन गरिने बोहराको भनाई छ । 

जिल्लाको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले पनि आफ्नो पालिकाभित्र कारोबार गर्ने भारतीय व्यापारीहरुका विषयमा उचित निर्णय गर्ने बताए । 

भारतीय व्यापारीहरु सिरकको रुई भित्र लुकाएर ड्रग्सको सप्लाई गर्ने गरेको एक स्थानिय व्यापारीले बताए । सिमानाकाका सुरक्षाकर्मीहरु संगको मिलेमतोमा सहजै अवैध कारोवार गर्ने गरेको उनको भनाई छ । भारतीय व्यापारीले भन्सार शुल्क नतिरेरै थोकमा कपडाहरु सप्लाई गर्ने गरेको उनको दावी छ । 
 


प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ०८:००
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्