Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा हिंसाका घटनामा बृद्धी, प्रहरी सचेतना फैलाउदै
बैतडीमा हिंसाका घटनामा बृद्धी, प्रहरी सचेतना फैलाउदै
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, साउन २०, २०७९

२०७९ वैशाख २३ गते खानेपानीको विषयमा विवाद हुँदा डिलासैनी गाउँपालिका–७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको हत्या भयो। सोही ठाउँका दाइ नाता पर्ने वीरेन्द्र ऐरले श्यामको छातीमा कोदालोले हिर्काएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै ज्यान गयोे। श्यामलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ। 

गत असार २५ गते पुर्चाैडी नगरपालिका–३ ढुंगाविसौनाका ४५ वर्षीय गोविन्द पार्कीको कुटपिटबाटै मृत्यु भयो। सोही ठाउँका ४६ वर्षीय पुरनबहादुर बोहराको कुटाइबाट उनको उपचारका क्रममा ३ दिनपछि स्थानीय गोकुलेश्वर अस्पतालमा मृत्यु भयो। त्यस्तै, साउन १३ गते डिलासैनी–५ सेराका ६८ वर्षीय अन्तराम जोशीको २४ वर्षीय छोरा लोकेन्द्र जोशीले बन्चरो प्रहार गरी हत्या गरे। जिल्ला प्रहरी कार्यालयका अनुसार बैतडीमा गत साउनदेखि हालसम्म ८ जनाको हत्या भएको छ। समाजमा आफन्तबाटै हत्या जस्तो जघन्य अपराधका घटनाहरू घटिरहँदा चिन्ताको विषय बनेको छ। हत्याको मात्रै नभई महिलामाथि हुने हिंसाका घटना पनि बढ्दो छ। 

गत आर्थिक वर्षमा मात्रै १२ वटा बलात्कारका घटना घटेका छन् भने ४ वटा जबरजस्ती करणी उद्योगका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरायसी हिंसा र लैंगिक हिंसाका घटना पनि गत आर्थिक वर्षमा ४९ वटा दर्ता भएका छन्। हत्या, बलात्कार, जबरजस्ती करणी जस्ता जघन्य अपराधका घटनाहरू बढीजासो आफन्तकै संलग्नता रहेको प्रहरीको भनाइ छ।  समाजमा हुने हिंसाका घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ बैतडीमा प्रहरीले सचेतना अभियानलाई तीव्रता दिएको छ। प्रहरी गाउँ टोलमै पुगेर सर्वसाधरणहरूमा सचेतना फैलाउन थालेको हो। घरेलु हिंसा, लैंगिक हिंसा न्यूनीकरण, बालविवाह अन्त्य, समाजिक सञ्जालको प्रयोग, विद्युतीय अपराध र सामाजिक अपराध नियन्त्रण र कानुनी व्यवस्थाबारे सचेतना दिन थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले बताए। 

लागूऔषध दुव्र्यसनीबाट हुने बेफाइदा वा विकृतिबारे सचेतना फैलाउन थालिएको उनले बताए। जिल्ला प्रहरी कार्यालयसहित २७ वटै प्रहरी चौकीबाट सचेतनाको अभियान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। समाजमा हुने अपराधिक घटना न्यूनीकरण र कानुनी व्यवस्थाबारे जानकारी भइरहेकाले यसले सकारात्मक सोचको विकास हुने पनि सरोकारवाला निकायले बताएका छन्। 


प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०९:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्