Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि डाक्टरविहीन
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि डाक्टरविहीन
डम्बर बोहरा
डम्बर बोहरा मंगलबार, असोज ४, २०७९

बैतडी-बैतडीको मेलौली नगरपालिका-७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको छ । तल्लो स्वराड क्षेत्रका तीन स्थानीय तहका नागरिकहरूलाई सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र करिब एक वर्षदेखि डाक्टरविहीन बनेको हो । एकजना मेडिकल अधिकृत (एमबिबिएस डाक्टर) को दरबन्दी भए पनि २०७८ असोजपछि दरबन्दी रिक्त रहेको छ ।

दरबन्दीअनुसार डाक्टर नहुँदा तल्लो स्वराड क्षेत्रका पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका स्थानीयहरूलाई समस्या हुने गरेको मेलौली नगरपालिका–७ का स्थानीय केशवसिंह भाटले   बताए । ‘डाक्टर हुँदा यतै स्वास्थ्य उपचार सेवा पाउँथ्यौं’, उनले भने ‘अहिले एक वर्षजति भयो बाहिर जानुपरेको छ ।’ यहाँका स्थानीयहरू सामान्य खालको उपचारका लागि पनि महँगो शुल्क तिरेर टाढा-टाढा धाउनुपर्ने बाध्यतामा छन् । एमबिबिएस डाक्टरको अभावमा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध रहेको सेवा लिनका लागि अहिले जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पताल धाउनुपरेको उनले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रले विसं २०५६ सालदेखि नै डाक्टरको अभाव झेल्दै आएको छ । बीच-बीचमा डाक्टर आउने गरेको भए पनि बढीमा एक/दुई वर्ष बस्ने अनि जाने गरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । ‘प्राथमिक स्वास्थ्य केन्द्रले ०५६ यतादेखि नै दरबन्दीअनुसारको डाक्टर पाउन सकेको छैन,’ उनले भने ‘सेवाप्रवाहमा समस्या हुने गरेको भए पनि हामीले भ्याउनेजति काम गरिरहेका छौं ।’

दुर्गम ठाउँ भएका कारण डाक्टर आए पनि एक-दुई वर्षमा नै जाने गरेका छन् । २०५६ सालमा एकजना डाक्टरका लागि दरबन्दी स्वीकृति भए पनि आएका डाक्टर लामो समय नबस्ने गरेको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायणबहादुर चन्दले बताए । रिक्त मेडिकल अधिकृतको पदपूर्तिका लागि नगरपालिकाले १५ दिने सूचना प्रकाशित गरेको भए पनि कसैको पनि आवेदन नपरेको चन्दले  जानकारी दिए । ‘रिक्त दरबन्दीको पदपूर्तिका लागि १५ दिने सूचना प्रकाशित गरेका थियौं, कसैको पनि आवेदन परेको छैन,’ उनले भने ‘डाक्टर पाए भने तुरुन्तै भर्ना गर्ने तयारीमा छौं ।’

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा शव पोष्टमार्टम गर्नका लागिसमेत अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । यस्तै, निरोगिताका प्रमाणपत्रलगायत अन्य कामका लागि समेत जिल्ला नै धाउनुपर्ने अवस्था रहिआएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरमात्रै नभएर स्टाफ नर्ससमेत छैनन् । एकजना स्टाफ नर्सको दरबन्दी भएको केन्द्रमा लामो समयदेखि दरबन्दी रिक्त रहेको जनस्वास्थ्य निरीक्षक दयालले बताए ।


प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्