Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • ११ वर्षपछि तोडिएला मैत्रीपूर्ण खेलमा नेपालको जितको खडेरी?
११ वर्षपछि तोडिएला मैत्रीपूर्ण खेलमा नेपालको जितको खडेरी?
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, माघ १४, २०७८
tean nepal1643181845.jpg

नेपालले फिफाबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात नपारेको ११ वर्ष पूरा हुन लागिसकेको छ। 

पछिल्लो पटक नेपालले सन् २०११ को मार्चमा १९ मा भुटानविरूद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको थियो। 

भुटानलाई घरेलु मैदानमा २-१ ले हराएयता नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको छैन। भलै मैत्रीपूर्ण खेललाई जितभन्दा पनि सिक्ने अवसरको रूपमा लिने गरिन्छ। तर समर्थक र टिमले हरेक खेलमा जितको अपेक्षा गरेका हुन्छन्।

सन् २०११ मा भुटानलाई हराएपछि नेपालले त्यही वर्षको अक्टोबरमा फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपाल ४-० ले पराजित भएको थियो।

भुटानलाई हराएपछि नेपालले २१ वटा आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा १५ खेलमा हार बेहोरेको छ भने ६ खेल बराबरीमा रोकिएको छ। यो बीचमा नेपालले उमेर समूहका टिम, क्लब र  फिफाबाट मान्यता नभएका मैत्रीपूर्ण खेल खेले पनि ती खेलको नतिजा पनि सम्झनलायक छैन। 

पछिल्लो पटक नेपालले भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। साफ च्याम्पियनसिपअघि भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिँदा दोस्रो खेलमा भारत २-१ ले विजयी भएको थियो।

मैत्रीपूर्ण खेलमा जित निकाल्न सकस परिरहेको नेपालले सन् २०२२ को पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी देश मरिससको सामना गर्दैछ। 

 

 

नेपालले भोलि शनिबार मरिससँग अपरान्ह ४:४५ बजे मरिसससँग पहिलो पहिलो मैत्रीपूर्ण खेल्नेछ। दोस्रो मैत्रीपूर्ण खेल दशरथ रंगशालामै मंगलबार हुनेछ। 

मरिससविरूद्धको दुवै खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई छुट्टा छुट्टै टिम घोषणा गरिसकेका छन्। 

खेलअघि नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले यसअघिका गल्ती सुधार गर्दै शनिबारको खेलमा राम्रो खेल पस्कने बताए। साथै उनले यो खेललाई सिक्ने अवसरको रूपमा लिएको बताए। 

नेपालका कप्तान किरणकुमार लिम्बुले जितका लागि खेल्ने बताए।

यता मरिसका प्रशिक्षक टोनी फ्रान्कोइसले ४५ दिनको तयारी गरेपछि नेपाल खेल्न आएको बताए। साथै उनले मरिससले साढे दुई वर्षपछि खेल्न लागेकाले घरेलु टिमको सामना गर्दा सजिलो नहुने प्रतिक्रिया दिए। 

नेपाललाई बलियो प्रतिद्वन्द्वीको संज्ञा दिएका उनले साफ च्याम्पियनसिपमा नेपालले खेलेका खेलको विश्लेषण गरेको बताए।

हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालका लागि मरिसस नयाँ प्रतिद्वन्द्वी हो।

फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिसस नेपालका लागि समान स्तरको प्रतिद्वन्द्वी हो। जसका कारण खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ।  

मरिससले सन् २०१९ को मार्चदेखि जित निकाल्न सकेको छैन।

२०१९ मार्च २१ मा न्यु क्यालेडोनियालाई ३-१ ले हराएयता मरिसस जितविहीन छ। त्यसयता मरिससले ९ खेल खेल्दा १ खेल बराबरी गर्नु नै उपलब्धि हो। बाँकी ८ खेलमा मरिसस पराजित भएको थियो।

तीन वर्षको अवधिमा अफ्रिका कप अप नेसन्सको छनोटअन्तर्गत जिम्बावेसँग समग्रमा ७-१ ले पराजित हुँदा मरिसस विश्वकप छनोटमा मोजाम्बिकसँग समग्रमा ३-० ले हारेको थियो।

मरिससविरुद्ध खेल्ने नेपाली टिममा १२ खेलाडीले दुवै टिममा स्थान पाउँदा ११-११ खेलाडीले फरक फरक टिममा स्थान बनाएका छन्।

प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षणमा बोलाइएका ३४ जना खेलाडीलाई नै फरक फरक टिममा गरी स्थान दिएका हुन्।

गोलकिपर तथा कप्तान किरणसहित गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, आसिस लामा र विमल घर्तिमगर गरी १२ खेलाडी दुवै टिममा परेका छन्। 

गोलकिपरद्वय दीप कार्की र टिकेन्द्र थापा पहिलो खेलका लागि मात्र टिममा रहदा विशाल श्रेष्ठ र सत्रुघन चौधरी दोस्रो खेलका लागि टिममा समावेस छन्। ‍

दर्शन गुरुङ, सुदीप गुरुङ, विशाल राई र मनिष डाँगी पहिलो खेलको लागि टिममा परेका छन् भने पुजन उपरकोटी, नवीन गुरुङ, सुवास गुरूङ र अनन्त तामाङ दोस्रो खेलको लागि टिममा परेका छन्।

यस्तै सुनील बल, नितिन थापा, आकाश बुढामगर, क्षितिज रत्न छोन्जु र जगजित श्रेष्ठ पहिलो खेलको लागि मात्र टिममा छन्।

आसिस राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ दोस्रो खेलको लागि मात्र टिममा छन्। 

खेलका लागि रंगशालामा दर्शकलाई प्रवेश दिइने छ। एन्फाका अनुसार रंगशालामा एक तिहाई दर्शकलाई मात्र प्रवेश दिइनेछ। दशरथ रंगशालाको क्षमता १५ हजारको हाराहारीमा भएकाले ५ हजार दर्शकलाई प्रवेश दिइने भएको हो।

रंगशालामा खेल हेर्न जाने दर्शकले खोप कार्ड देखाउनु पर्नेछ।

खेलका लागि भिआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ। टिकट सजिलो पेमार्फत कट्न सकिनेछ।

पहिलो खेलका लागि नेपाली टिम

किरणकुमार लिम्बु, दीप कार्की, टिकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आसिस लामा, दर्शन गुरुङ,  विमल घर्तिमगर, सुनील बल, नितिन थापा, आकाश बुढामगर, क्षितिज रत्न छोन्जु, जगजित श्रेष्ठ 

दोस्रो खेलका लागि नेपाली टिम
किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, सत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आसिस लामा, विमल घर्तिमगर, अनन्त तामाङ, आसिस राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ


प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  ०६:४५
प्रतिक्रिया दिनुहोस्
थप खेल
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै बुधबार, असोज २९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्