Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा बागीको पक्षमा उभिएका कांग्रेस नेताहरुलाई धमाधम कारबाही
बैतडीमा बागीको पक्षमा उभिएका कांग्रेस नेताहरुलाई धमाधम कारबाही
सुरेश महरा
सुरेश महरा शुक्रबार, कात्तिक २५, २०७९

 बैतडी, 
नेपाली कांग्रेस बैतडीले बागी उम्मेदवारको पक्षमा उभिएका नेता कार्यकर्ताहरुलाई धमाधम कारबाही गरीरहेको छ । बागी उम्मेदवार हरिमोहन भण्डारीको पक्षमा उभिएका नेता कार्यकर्ताहरुलाई कारबाही गरिरहेको हो । 
नेपाली कांग्रेसका पूर्व महादिवेसन प्रतिनिधि एवं दलित संघका जिल्ला अध्यक्ष रमेश कोली, पाटन नगरपालिकाका नगर सभापती मान बहादुर ऐर, पाटन नगरपालिकाका निवर्तमान उपप्रमुख नेतृ सरस्वती कोली, सिगास गाउँपालिकाका उपसभापती धन बहादुर साउँद, पाटन नगरकमिटिका सहसचिव कृष्णा पन्त, मेलौली ५ का वडा सभापति परमानन्द पन्तलाई पाँछ वर्षको लागि पार्टीबाट निष्कासन गरेको हो । 
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारीक उम्मेदवार र पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुको बिरुद्धमा गई बागी उम्मेदवारको पक्षमा भोट माग्ने र प्रचार प्रशारमा सहभागि भएको भन्दै कारवाही गरिएको नेपाली कांग्रेस बैतडीका अनुसासन समितिका संयोजक देवराज जोशीले जानकारी दिए । कांग्रेसबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका कांग्रेस नेता केशव बहादुर चन्द र हरिमोहन भण्डारीको पक्षमा उभिएका नेता कार्यकर्ताहरुलाई पार्टीले कारबाही गरीरहेको उनले बताए । 
केशव बहादुर चन्दले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् भने हरिमोहन भण्डारीले क्षेत्र नं (क)बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारी दर्ता गरेका हरिमोहन भण्डारीले नेपाली कांग्रेसले आफ्नो पक्षमा उभिएका कार्यकर्ताहरुलाई कारवाही गर्दै गएको अवस्थामा बैतडीमा कांग्रेसको झण्डा र एकदुई जना बाहेक अरु नरहने बताएका छन् । प्रदेश सभा सदस्यका लागि क्षेत्र नं (क)का पाँच वटै पालिकाका सभापती र ३६ वडा सभापतीको हस्ताक्षर सहितको सिफारीस हुदाहुदै बीर बहादुर बिष्टले टिकट खोसेको बताएका छन् । कार्यकर्ताको भावना विपरीत उम्मेदवारले टिकट पाएको हुनाले आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । प्रदेशसभा सदस्यका लागि आफ्नो जित सुनिश्चित रहेको समेत भण्डारीको दाबी रहेको छ । 
यसैगरी केशव बहादुर चन्दले पनि नेपाली कांग्रेसको बलियो सम्भावना रहदारहदै पनि कमजोर संगठन भएको माओवादी केन्द्रले प्रतिनिधिसामा टिकट पाइएको भन्दै उम्मेदवारी दिएको बताएका छन् । कांग्रेस बचाउनुपर्छ भन्ने नेता कार्यकर्ताहरु मेरो पक्षमा रहेको उनले बताएका छन् । 
पार्टीको बिधि, विधान र निर्देशन विरुद्ध जानेहरुलाई कारवाही हुनैपर्ने गठबन्धन पक्षधरहरुको भनाइ रहेको छ भने कार्यकर्ताको भावना विपरित नेताहरुलाई टिकट दिएको भन्दै बागीकै पक्षमा लागेका अन्य नेताहरुको भनाई छ । 
बैतडीमा लोकतान्त्रिक बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता नरेन्द्र कुवँर विजयसुन्दरले टिकट पाएका हुन् । प्रदेश सभाका (क)मा कांग्रेसकै बीर बहादुर बिष्ट र प्रदेश सभा (ख)मा कांग्रेसकै शिवराज भट्टले टिकट पाएका हुन् । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्