Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा ३८ प्रतिशत घरधुरीमा मात्रै विजुली, सब–स्टेसनको काम अलपत्र 
बैतडीमा ३८ प्रतिशत घरधुरीमा मात्रै विजुली, सब–स्टेसनको काम अलपत्र 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, मंसिर २१, २०७९

बैतडी,  
बैतडीमा विद्युत विस्तारमा ढिलाई भइरहेको छ । निर्माण व्यावसायीको लापरवाही र प्राधिरणको उदासिनताका कारण विद्युत विस्तारमा ढिलाई भइरहेको हो । 
बैतडीमा विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय र प्रदेश कार्यालयले हेर्दै आएका ठुला विद्युतीय निर्माणका कामहरु सुस्त छन् । जिल्लाको पाटन र मेलौलीमा बन्ने भेनिएका सबस्टेसनको काममा ढिलाई भइरहेको छ । सबस्टेसनसम्म गाडिएका पोल ढलेका छन् भने तानिएका तारहरु चुडिएका छन् । विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियाका अनुसार निर्माण सुरु गरेको २ वर्ष भन्दा बढी भइसक्दा पनि काम सम्पन्न नभएकाले माघ महिनामा फेरी ठेक्काको म्याद थप्ने तयारी भइरहेको छ । 
पाटन र मेलौलीको सबस्टेसनको ठेक्का अर.के.इन्टरनेस्नलले पाएको हो । सबस्टेसनसम्मको लाइन विस्तार र साखा लाईन विस्तारको काम सम्पन्न गर्ने ठेक्का भएको भएपनि सबस्टेसनको समेत काम सम्पन्न भएको छैन । 
जिल्लामा बन्ने भनिएका सबस्टेसन निर्माण र लाईन विस्तारमा ढिलासुस्ती भइरहेको मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्दले बताए ।  जिल्लाको सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा पनि सबस्टेसनको लागि भर्खरैमात्र ठेक्का भएको छ । मेलौली, पाटन, सुर्नया र दोगडोकदारमा सबस्टेसनको काम सकिएपछि मात्रै विद्युत वितरणमा सहज हुने नेपाल विद्युत प्राधिकरण बैतडीका प्रमुख पवन भट्टले जानकारी दिए । 
१० पालिका रहेको बैतडीमा दशरथचन्द नगरपालिकाको सबै वडा र पाटन नगरपालिकामा झण्डै ८० प्रतिशत क्षेत्रमा विद्युत पुगेको छ भने अन्य ८ पालिकाका अधिकांस घरधुरी विद्युतीकरणको पहुँचभन्दा बाहिर रहेका छन् । जिल्लाको सिगास, शिवनाथ, पञ्चेश्वर गाउँपालिका तथा पुर्चाैडी नगरपालिका र मेलौली नगरपालिकामा विद्युतीकरण अझै पुग्न सकेको छैन । दोगडोकेदार, सुर्नया र डिलासैनी गाउँपालिकामा पनि आधा घरधुरीमा राष्ट्रिय प्रशारण लाईनको विद्युत पुगेको विद्युत प्राधिकरण बैतडीका प्रमुख भट्टले बताए । ‘सबस्टेसनको काम धमाधम भएको अवस्थामा अबको दुई वर्षमा विद्युतीकरणमा सहज हुन्छ,’ भट्टले भने ।
विद्युतीकरण नहुदा यहाका स्थानीयहरुले समस्या भोग्दै आएका छन् । बिद्युत अभावमै सञ्चार सेवाबाट बञ्चित हुनुपरेको पुर्चाैडी ५ का स्थानीय लक्ष्मण बोहराले बताए । विद्युत अभावमा सोलारको भरमा बस्नु परेको सिगासका स्थानीय नरेन्द्र साउँदले बताए । 
विद्युतीकरणको अभावमा गाउँपालिकाबाट प्रदान गरिने सवा प्रवाहमा समेत असहज भइरहेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष सकुन्तला सउँदले जानकारी दिइन् । ‘पालिकामा पनि सोलारबाटै सेवा दिइरहेका छौँ, बादल लागेको बेला काम अबरुद्ध हुन्छ, यहाका स्थानीयहरुले पनि सास्ती खेप्दै आएका छन् ।’ उनले भनिन् । 
५०,४७२ घरधुरी रहेको बैतडीमा १९,१९२ घरधुरीमा मात्रै विद्युत पुगेको विद्युत प्राधिकरण बैतडीले जनाएको छ । यो कुल परिवार संख्याको ३८ प्रतिशत मात्रै हो । 
विद्युतीकरणको काममा सम्बन्धित निकायको तदारुकता नदेखाएका कारणले पनि विद्युतीकरणमा ढिलाई हुने गरेको पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बिना भट्टले बताइन् । मेलौलीमा बन्न लागेको सबस्टेसनको काम सम्पन्न भएपछि मेलौली नगरपालिका, शिवनाथ रपञ्चेश्वर गाउँपालिकाका लागि विद्युतीकरणमा सहज हुने उनले बताइन् । ‘मेलौलीको सबस्टेसनको काम पनि समयमा भएको छैन, उक्त सबस्टेसन बन्यो भने, धेरै सहज हुन्छ, निर्माणका लागि ठेक्का आहवान गरेपछि निगरानी पनि राख्नुपर्छ, ठेकेदारको लापरवाहीले गर्दा विद्युतीकरणको काम अघि बढ्न सकस भइरहेको छ,’ उनले भनिन् । 
विद्युतीकरणकै अभावमा बैतडीमा नेपाल टलिकमले समेत प्रभावकारी सेवा दिन सकिरहेको छैन ।  अधिकांस नेपाल टेलिकमका टावरहरु  सोलारको माध्यमबाट चल्ने भएकाले नियमित सञ्चालनमा आउन नसकेको नेपाल टेलिकम कार्यालय बैतडीका प्रमुख विक्रम टमाटाले बताए । 


प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्