Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • २०औं आहारारा गोल्डकप : मनाङ र एपीएफमा कसले उचाल्ला ट्रफी ?
२०औं आहारारा गोल्डकप : मनाङ र एपीएफमा कसले उचाल्ला ट्रफी ?
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, माघ १४, २०७८
aaharara-final_2078-shield.jpg

पोखरा : सहारा क्बल पोखराले आयोजना गर्दै आएको मोफसलकै प्रतिष्ठित आहारारा गोल्डकपको २०औं संस्करण शनिबार सकिँदैछ । यसपटकको फाइनलमा विभागीय टोली एपीएफ र मनाङ मर्स्याङ्दी उपाधिका लागि भिड्दैछन् ।

बुधबार र बिहीबार भएको सेमिफाइनल खेलमा एपीएफले थ्रीस्टारलाई १-० गोलअन्तर र मनाङ मर्स्याङ्दी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।

 

 

२ दशक लामो इतिहास बोकेको आहारारा गोल्डकपको यस पटकको फाइनलमा अघिल्ला वर्षमा झैं प्यारापिटभरि दर्शक भरिभराउ हुने छैनन् । आ-आफ्ना टिमलाई समर्थन गर्दै दर्शकदीर्घाबाट चर्को हुटिङ हुने छैन । सीमित दर्शकको बीचमा शनिबार उपाधिका लागि मनाङ मर्स्याङ्दी र एपीएफ भिड्नेछन् ।

आयोजक सहाराले कोरोना महामारीका कारण क्वार्टरफाइनलसम्मका खेल दर्शकविहीन खेलाएको थियो त । तर, सेमिफाइनलदेखि प्यारापिटको कुल १६ हजार ५ सय क्षमताको एक तिहाइ दर्शकले मात्रै प्रत्यक्ष खेल हेर्ने मौका पाएका थिए । सो संख्या फाइनलमा पनि बढ्ने छैन ।

आहारारा गोल्डकपको २० औं संस्करणको अन्तिम खेल फाइनल मा पुगेका दुवै टिमका लागि महत्वूर्ण छ । यसर्थ पनि दुवै टिम जसरी पनि उवाधि आफ्नो पोल्टामा पारेर इतिहास रच्ने दाउमा छन् ।

१४ वर्षपछि दोस्रोपल्ट फाइनलसम्म पुगेको विभागीय टोली उपाधि रक्षासँगै पराजित इतिहासलाई उल्ट्याउने स्वर्णीम मुडमा छ भने सर्वाधिक गोल्डकप उचालेको मनाङ मर्स्याङ्दी कीर्तिमान कायम राख्ने दाउमा छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

आहारारामा मनाङ र एपीएफको भेट

मनाङ र एपीएफ आहाराराको २० औं संस्करणमा आइपुग्दा अहिलेसम्म ५ पटक भिडेका छन् । मनाङ र एफिएफ अहिलेसम्म चौंथो, पाँचौं, आठौं, नवौं र सत्रौं आहारारा गोल्डकपमा आमने-सामने भएका छन् । जसमा मनाङले एक खेलबाहेक अन्य सबैमा हाबी भएको छ ।

मनाङ र एपीएफ २०६२ सालमा आहारारा गोल्डकपमा पहिलोपल्ट आमने सामने भएका थिए । उक्त खेलमा नकआउट चरणमै मनाङले २–१ ले जित निकालेको थियो ।

त्यस्तै, ०६३ सालमा सेमिफाइनलमा ३–१, ०६६ सालको नकआउट चरणमा ३–१, ०६७ सालको नकआउट चरणमै २–०, ०६७ सालको नकआउट चरणमा २–० गोलअन्तरले मनाङले जित निकालेको थियो ।

२०७५ को नकआउट चरणमा भने एपीएफले मनाङमाथि जित निकालेको थियो । उक्त खेलमा मात्रै एपीएफले मनाङलाई १–० को संघर्षपूर्ण जित निकालेको थियो । संयोग के भने, १४ वर्षअघि एपीएफ पहिलोपल्ट आहाराराको फाइनलमा पुग्दा मनाङ मर्स्याङ्दी प्रतियोगितामा सहभागी थिएन ।

एपीएफ यसअघि पहिलो पटक २०६४ को छैठौं आहारारा गोल्डकपको फाइनलमा पुगेको थियो । तर, फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिससँग २–० गोल अन्तरले पराजित हुन पुगेको थियो । त्यसयता १७ औं र १९ औं संस्करणमा सेमिफाइनलसम्म पुगे पनि माथि उक्लन सकेन ।

२०७५ सालको सेमिफाइनलमा एपीएफ थ्रीस्टारसँग टाइब्रेकरमा ४–२ ले स्तब्ध हुन पुगेको थियो । निर्धारित समयावधिमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । तर, पेनाल्टीमा एपीएफले आफ्नो प्रभावकारी प्रस्तुति देखाउन सकेन ।

२०७७ सालमा पुनः एपीएफ सेमिफाइनलसम्म पुगेको थियो । तर, उक्त खेलमा पनि संकटा क्लब जितका लागि बाधक बनिदियो । संकटासँग एपीएफ २–० ले हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिन पुगेको थियो । तर, अघिल्ला खेलभन्दा जारी प्रतियोगितामा खेलाडीको प्रस्तुतिबाट आफू सन्तुष्ट रहेको प्रशिक्षक कुमार थापा बताउँछन् ।

‘अबियस्ली मनाङ बलियो र राम्रो टिम हो । उहाँहरुलाई हामी रेस्पेक्ट गर्छौं,’ प्रतियोगिताको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक थापाले भने, ‘तर, ग्राउन्डमा हाम्रो पनि उपस्थिति छ भनेर देखाउँछौं । खेलाडीको पर्फमेन्सबाट मचाहिँ सन्तुष्ट छु ।’

टिमका कप्तान नवीन लामा पनि जित आफ्नो पोल्टामा पार्ने रणनीतिमा छन् । मनाङलाई जसरी पनि हराएर सपना पूरा गर्ने लक्ष्य रहेको उनी सुनाउँछन् । भन्छन्, ‘१४ वर्षपछि प्रेसरमा छौं । केही प्रेसर त छ । तर, भोलिको म्याच हामी जितेर जान्छौं । उस (मनाङ)लाई बिट गरेर ट्रफी लाने सोच छ ।’

कमजोर छैन मनाङ पनि

आहारारा गोल्डकपको इतिहासमा सर्वाधिक उपाधि विजेताको कीर्तिमान बनाएको मनाङमर्स्याङ्दी पनि बलियो टिम हो । जारी प्रतियोगितासँगै १२ पटक फाइनल यात्रा तय गरेर ६ पटक उपाधि उचालिसकेको छ ।

सर्वाधिक उपाधि जित्नेमा मनाङ एक्लो टिम भने होइन । विभागीय टोली नेपाल पुलिस क्लबले पनि समान ६ पटक नै ट्रफी उचालिसकेको छ । तर, मनाङले जारी प्रतियोगिताको क्वार्टरफाइनलमै नेपाल पुलिसलाई २–० ले पराजित गर्दै कीर्तिमान नजिक पुगेको हो ।

आफूहरुले सुरुदेखि नै फाइनलको आशा राखेको र त्यो पूरा भएको प्रशिक्षक फुजा तोपे बताउँछन् । उनले एपीएफले पछिल्लो समय खेल सुधारेर आएको समेत उनले समीक्षा गरे । ‘यसपालि हाम्रो प्रतिद्वन्द्वी एपीएफ छ । एपीएफले खेल सुधारेको छ । यसमा हामीलाई केही गाह्रो पक्का हुनेछ,’ उनले भने ।

पोखरा मनाङको गृहमैदान भएकाले पनि कुनै प्रकारको दबाब नहुने कप्तान विमल राना सुनाउँछन् । ४ जना खेलाडी राष्ट्रिय टिमको प्रशिक्षणमा रहेको र नयाँ खेलाडीले टिम ‘सेटअप’ हुने प्रक्रियामा रहेको उनले बताए । ‘तर, खेलमा दबाब पनि छैन । यो गेम हो । आफ्नो ठाउँमा खेल्दा दबाब कुनै दबाब हुँदैन,’ उनले भने ।


प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  ०६:५८
प्रतिक्रिया दिनुहोस्
थप खेल
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो बुधबार, चैत २७, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्