Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा शिक्षक मृत्यु प्रकरणः शिक्षक र विद्यार्थीगरी ११ जना प्रहरी नियन्त्रणमा
बैतडीमा शिक्षक मृत्यु प्रकरणः शिक्षक र विद्यार्थीगरी ११ जना प्रहरी नियन्त्रणमा
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, पुस ५, २०७९

बैतडीको पाटन नगरपालिका ६ को कृष्ण माध्यामिक विद्यालयका शिक्षक धन बहदुर बिष्टको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ । प्रहरीले अहिले ४ जना शिक्षक र ७ जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेका छ । सोधपुछको काम अन्य शिक्षक तथा विद्यार्थीहरुसँग समेत भइरहेको र अहिले ४ जना शिक्षक र ७ जना विद्यार्थीहरु नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख एवं प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । उनिहरुलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर सोधपुछको काम भइरहेको उनले बताए । उनिहरुको परिचय अहिले नै खोल्न नसकिने समेत उनले बताए । 
पुस १ गते शुक्रबार विद्यालयका एक जना शिक्षकले स्वागत भोज (वेलकम पार्टी)कार्यक्रम राखेका थिए । उक्त भोज कार्यक्रममा मृत फेला परको बिष्ट समेत सहभागि थिए । स्वागत भोज अप्रान्ह सकिएको बुझीएको छ । त्यही भोज कार्यक्रममा सहभागि शिक्षक र छात्रबासमा बस्दै आएका विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर सोधपुछको काम भइरहेको प्रहरी निरिक्षक खत्रीले बताए । 
शनिबार दिउसो शिक्षक बिष्ट कृष्ण माविको छात्रबास नजिकै मृत फेला परेका थिए । शिक्षक बिष्ट पनि बिगत देखि नै छात्रबास मै बस्दै आएका थिए ।  
पोष्टमाटमको रिर्पाेट पनि प्रहरीले सार्बजनिक गरेको छैन । मृतकका आफन्तका अनुसार छाती, मुख तथा नाकमा चोट लागेको दखिएकाले मृत्यु नभई हत्या नै गरिएको दाबी गर्दै आएका छन् । ‘अनुहार भरी चोट छ, दात भाचिएको छ, नाकमा पनि चोट छ, छातीमा समेत चोट छ, यस्तो अवस्थामा शव देखिएकाले यो हत्या नै हो,’ आफन्त लोकन्द्र बिष्टले भने । ठोस अनुसन्धान अघि नबढेसम्म शव समेत नबुझ्ने अर्का आफन्त हर्क बिष्टले बताए । 
शिक्षक, विद्यार्थी र मृतकका आफन्त निरन्तर आन्दोलित 
सोमबार देखि निरन्तर विद्यार्थी तथा मृतकका आफन्तले आन्दोलन चर्काएका छन् । सोमबार कृष्ण माध्यामिक विद्यालय, पाटन बहुमुखी क्याम्पस र भिमदत्त पोलिटेक्निकल इन्स्च्युटका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । उनिहरुले बजार क्षेत्र र पाटन नगरपालिकाको कार्यालयमा परिसरमा आन्दोलन गरेका थिए । मंगलबार पनि जिल्लाका बिभिन्न ठाउँहरुमा आन्दोलन चक्काजाम गरिएको थियो । दशरथचन्द राजमार्ग बिभिन्न ठाउँमा अबरुद्ध पारिएो थियो । शिक्षक बिष्टको शंकास्पद मृत्यु भएको र सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै विद्यार्थी र शिक्षक तथा स्थानीयहरु आन्दोलित बनेका थिए । अहिले पनि दशरथचन्द राजमार्ग ठप्प छ ।  
 


प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्