Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • ५ मिनेट दुरीको विद्यालय जान नसकी ५ घण्टा हिँड्छन् विद्यार्थी
५ मिनेट दुरीको विद्यालय जान नसकी ५ घण्टा हिँड्छन् विद्यार्थी
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, पुस १०, २०७९
सेती नदीमाथीको पूल बगाएपछि स्थानीयहरु काठको साँघु निर्माण गर्दै

डोटीको आदर्श गाउँपालिका ६ बबिनाका करिब ५० भन्दाबढी विद्यार्थीहरु सिगास गाउँपालिका ६ को गणेश माविमा अध्यान गर्न आउथे । आदर्श–६ र बैतडीको सिगास–६ बबिना जोड्ने सेती नदीमा रहेको झोलुंगे पूल तरेर उनिहरुलाई गणेश माविमा पुग्न जम्मा ५ मिनेट मात्रै लाग्थ्यो । सेती नदीको पुल बगाएदेखि अहिले त्यहाका विद्यार्थीहरु ५ देखि ६ घण्टाको बाटो हिडेर ओहोरदोहोर गनुपर्ने बाध्यता छ । ‘घरपारी विद्यालय छ, नदी तरेर जान सकिदैन,’ कक्षा १० मा अध्यानरत साउने खडायतले भने, अहिले अढाइघण्टा उकाले चढेर विद्यालय जानुपर्छ, आउनजान नै ५ घण्टाभन्दा बढी लाग्छ’ उनले भने ।

२०७८को कत्तिक पहिलो साताको अबिरल वर्षाले सेतीमाथीको पुल बगाएपछि बबिना टोलका ५० भन्दा बढी विद्यार्थीहरु करिब ५ घण्टा ओहोरदोहोर गरेर गिरिचौका माविमा अध्यान गर्न जाने गरेका बबिना टोलका स्थानीय हर्क बहादुर बोहराले बताए । ‘पुल तरेर ५ मिनेटमा मात्रै विद्यार्थीहरु विद्यालय पुग्थे, अहिले पूल छैन, पोहोरदेखि कक्षा ९ र १० मा अध्यान गर्ने विद्यार्थीहरु ६ घण्टाको ओहोरदोहोर गरेर गिरिचौका माविमा जान्छन, पुल छैन के गर्ने?’

कक्षा ८ सम्मको अध्यान गर्न यहाका बालबालिकाहरु बबिना आधारभुत विद्यामलयमा जाने गरेको भएपनि ९ र १० मा अध्यान गर्ने विद्यार्थीहरुलाई निकै असहज हुने गरेको छ । पूल नुहदा घरनजिकैको विद्यालय छोडेर दैनिक ५ घण्टाको जोखिमपूर्ण यत्रा गर्न बाध्य भएको कक्षा १० अध्यानरत अस्मिता बोहराले बताइन् । ‘बिहानै विद्यालय जानुपर्छ, साँझ अध्यारो भएपछि घर पुग्छौँ, पूल भएको भए कति सजिलो हुन्थ्यो’ उनले भनिन् ।

२०७८ कात्तिकको पहिलो साता सेती नदीमा आएको बाढीले ठुलो क्षती पुर्याएको थियो । ठाउँमा भएका पूलहरु बगाएको थियो । बगाएको ठाउँमा पुल नबन्दा विद्यार्थीसहित स्थानीयहरुलाई समेत असहज हुने गरेको छ । खेतबारी र मेलापात गर्न नै समस्या हुने गरेको सिगास ६ का जोगा सिंह साउँदले बताए ।

अहिले सिगास–६ र आदर्श–६ का स्थानीयहरु काठको साँघु निर्माण गरीरहेका छन् तर साँघु नदी वारपार गर्न असुरक्षीत हुने गरेको छ । गत असार २ गते साँघुबाटै लडेर डोटीको आदर्श गाउँपालिका ६ की डुल्लु अधिकारीको मृत्यु भएको थियो । साँघुबाट विद्यार्थीहरु ओहोरदोहोर गर्न नसक्ने गणेश माविका शिक्षक पदम साउँदले बताए । सरकारी पक्षबाट पुनरनिर्माणको काम समयमै नहुदा स्थानीय तथा विद्यार्थीहरुले सास्ती खेप्नु परेको उनले बताए ।

सिगास गाउँपालिका र डोटीको सिमामा रहेका दुईवटा पूलहरु बगाएको थियो भने एक पूलमा आवतजावत गर्न योज्ञ नरहनेगरी क्षती पुर्याएको छ । सिगास गाउँपालिका देखि डोटीको तलारा, सिगास गाउँपालिकाको सिवलिङ र बबिना जोडने पूल बगाएको थियो । त्यसैगरी सिगास–७ र डोटीको सायल जोड्ने पूलमा पूर्ण क्षती पुगेको छ । पुल निर्माण नभएकै कारण बिद्यार्थी तथा स्थानीयहरुलाई वारपार गर्न नै नसकिने गरेको सिगास गाउँपालिका–५का अध्यक्ष राजेन्द्र बहादुर चन्दले बताए ।

डोटीको आदर्श र बैतडीको सिगास जोड्ने पुल निर्माणका सम्बन्धित निकायसँग अनुरोध गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले जानकारी दिए । गत साउन ४ गते सस्पेन्सन बृज डिभिजन श्रीमहल पुलचोक ललितपुरलाई पुल निर्माणका लागि सिफारीस सहित अनुरोध गरिएको अध्यक्ष खड्काले बताए । स्थानीय तहको बजेटले निर्माण गर्न नसकिने भएकाले प्रदेश र केन्द्र सरकारसँग पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई हुन नसकेको सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीले जानकारी दिए ।

कत्तिक पहिलो साताको वर्षाले पुर्याएको क्षतीबारे अनुगमन गर्नको लागि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट देखि प्रधानमन्त्री शेर बहादुर देउवा समेत पुगेका थिए । छिट्टै पुनर निर्माण गरिने आश्वासन दिएको भएपनि क्षती पुगेको दुई वर्ष पुग्नै लाग्दापनि कुनै काम हुन सकेको छैन । 


प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्