Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा जग्गा कित्ताकाट र अंशबण्डाको काम रोकियो
बैतडीमा जग्गा कित्ताकाट र अंशबण्डाको काम रोकियो स्थानीय तहहरुले जग्गा वर्गीकरण नगरेकै कारण जग्गा कित्ताकाट र अंशबण्डाको काम रोकियो
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, पुस २२, २०७९
patan.jpg

बैतडी, 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई २३ मंसिर भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिएको थियो । तर बैतडीको सन्दर्भमा कुनै पनि पालिकाले जग्गा वर्गीकरण गरेका छैनन् । कृषि तथा गैरकृषि जमिन छुट्याएर गर्नुपर्ने वर्गिकरण यहाका कुनैपनि पालिकाले नगरेका हुन् । भू–उपयोग नियमावलीले जग्गालाई १० समुहमा वर्र्र्गीकरण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । ६ महिनाको समयमा यहाका पालिकाहरुले कुनै प्रगित गरेनन् । 
जग्गा वर्गीकरणको बिषयमा पालिकामा छलफल समेत नगर्ने गरेको पाइएको छ । आजसम्म यो बिषय छलफलमा नल्याइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले बताए । प्राबिधिक सहयोगको लागि नापी कार्यालयसँग मसन्वय गर्ने र छलफलको बिषय बनाउने उनले बताए ।  
जिल्लाको शिवनाथ गाउँपालिकामा पनि यस बिषयमा छलफल अघि नबढेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए । प्राविधिक बिषय भएकाले माथिल्लो निकायसँग समन्वयगरी अघि बढ्ने उनले बताए । सिगास गाउँपालिकाले पनि जग्गा वर्गीकरणको कुनै प्रक्रिया अघि नबढाएको  पाइएको छ । 
जिल्लाको डिलासैनी गाउँपालिकामा जग्गा वर्गीकरणको लागि आन्तरिक तयारी भइरहेको निमित्त प्रशासकीय अधिकृत गणेश सिंह बोहराले बताए । प्राबिधिक टोली खटाएर वर्गीकरणको तयारी भइरहेको उनले बताए । भूमी इकाई गठन गरी जग्गा वर्गीकरणको लागि गृहकार्य भइरहेको पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहराले बताए । जिल्लाको पञ्चेश्वर र डिलासैनी गाउँपालिकामा  जग्गा वर्गीकरणको तयारी भइरहेका बेला अन्य पालिकामा कुनै ठोस प्रगति भएको छैन । 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पहिलो चरणमा असोज मसान्तसम्म र दोश्रो चरणमा मंसिर २३ सम्म वर्गीकरणको काम गरीसक्न भनेको भएपनि यहाका पालिकाले उक्त काम गर्न सकेनन् । त्यसपछि यस बिषयमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले चासो राख्दै छिटो जग्गा वर्गीकरण गर्न स्थानीय तहका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । स्थानीय तहका कार्यालयका प्रमुखहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर प्रमुख जिल्ला अधिकारी पन्थीले जग्गा वर्गीकरणको काम तुरन्त गर्न निर्देशन दिएका हुन् । 
जग्गा वर्गीकरण नहुदा जग्गाको कित्ताकाट तथा अंशबन्डाको काम समेत रोकिएको छ । मन्त्रालयले नियमावली जारी गरेर जेठ २७ गते सबै स्थानीय तहमा परिपत्र जारी गर्दै मंसिर २३ भित्र जग्गा वर्गीकरण गर्न भनेको थियो । मंसिर २३ सम्म कृषि र गैरकृषि जग्गा मात्रै छुट्याउनु भनेको भएपनि यहाका पालिकाहरुले त्यो समेत छुट्याएनन् । अब १० वटै समुहमा वर्गीकरण नगरी कित्ताकाट तथा अंशबण्डा लगायतका जग्गा सम्बन्धी कुनै पनि प्रक्रिया कार्यान्वयन गर्न नसकिने नापी कार्यालय बैतडीका प्रमुख विवेक चन्दले बताए ।
यहाका स्थानीय तहरुले मंसिर २३ सम्म कृषि तथा गैरकृषि जग्गागरी दुईवटा समुहमा मात्रै वर्गीकरण गरिएको भए कित्ताकाट र अंशबण्डा जस्ता कामहरु अघि बढाउन सकिने उनले बताए । ‘मंसिर २३सम्म कृषि र गैरकृषि मात्रै छुट्याएको भएपनि हुन्थ्यो, कित्ताकाट लगायतका नापीसँग सम्बन्धीत सबै काम हुनेथियो तर यहाँका पालिकाले त्यो समेत गरेनन्,’ नापी कार्यालयका प्रमुख चन्ले भने, ‘अब तोकिएका १० वटै समुहमा वर्गीकरण नहुन्जेलसम्म अंशबण्डा, कित्ताकाट लगायत जग्गा सम्बन्धी कुनै काम हुदैन,’ उनले भने । 
वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन् । भौगोलिक अवस्था, भूमिको क्षमता एवं आवश्यकताका आधारमा जग्गाहरूको वर्गीकरण गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक स्थानीय तहको “भू–उपयोग क्षेत्र नक्सा“ र त्यसको विवरण तयार पारेको छ । सोही अनुरुप जग्गा वर्गीकरण गर्नुपर्ने प्रावधान रहेको छ ।
कृषि ज्ञान केन्द्र बैतडीका अनुसार बैतडीमा २६ हजार हेक्टर क्षेत्रफल खेतीयोत्र जमिन रहेको छ । त्यसपछि पनि ५ देखि ६ हजार हेक्टर क्षेत्रफल खेतियोज्ञ जमिन बाझै रहेको पाइएको छ । 


प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्