Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा औद्योगिक ग्रामको काम अलपत्र
बैतडीमा औद्योगिक ग्रामको काम अलपत्र
डम्बर बोहरा
डम्बर बोहरा आइतबार, पुस २४, २०७९

बैतडीका दुई स्थानीय तहमा स्थापना गर्ने भनिएको औद्योगिक ग्रामको काम अलपत्र परेको छ । जिल्लाको मेलौली नगरपालिका – ५ र पञ्चेश्वर गाउँपालिकाको – ४ मा स्थापना हुने भनिएको औद्योगिक ग्रामको काम अलपत्र परेको हो । औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक पर्ने सामान्य संरचना बाहेकको अन्य काम अघि बढ्न सकेको छैन ।

आर्थिक बर्ष २०७६/०७७ मा आएको ७५ लाख बजेटले ३ किलोमिटर सडक निर्माण गरिएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो । सडकसँगै खानेपानीको व्यवस्था र आवस्यक संरचना निर्माणको लागि फिल्ड तयार भएको उपाध्यक्ष भट्टले बताउनुभयोे । ‘पहिलो बर्ष ७५ लाख बजेट आएको थियो त्यो बजेट अनुसार काम ग¥यौ । त्यसपछि सरकारसंग थप बजेटका लागि माग गरिएको भएपनि बजेट आएन’ उहाँले भन्नुभयो ‘संघिय सरकारबाट बजेट प्राप्त नहुँदा अघि बढ्न सकेन ।’

मेलौली नगरपालिकामा भने बजेट प्राप्त भएर पनि ३ बर्ष सम्म औद्योगिक ग्राम स्थापनाको कुनै काम अघि बढाउन सकेको छैन । नगरपालिकाको वडा नम्बर ५ को सामुदायिक वनमा छनोट गरिएको तर बातावरणीय प्रभाव मुल्याङ्कन समेत नगरिएकाले काम अघि नबढेको नगरपालिकाका योजना शाखा प्रमुख भुवन बागले बताउनुभयो । ‘यसवर्ष वातावरणीय प्रभाव मुल्याङ्कन गरिरहेका छौँ, त्यसपछि निर्माण प्रक्रिया सुरु हुन्छ,’ योजना शाखा प्रमुख बागले भन्नुभयो । संघीय सरकारबाट बजेट प्राप्त भएरपनि बिगतमा काम गर्न नसकेपछि यस वर्ष औद्योगिक ग्रामको काम सुरु गर्ने तयारीमा रहेको मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बिष्टले बताउनुभयो ।

औद्योगिक ग्राम निर्माण गर्नसके साना तथा मझौला उद्योग खोल्नको लागि सहज हुने पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताउनुभयो । ‘यस क्षेत्रमा साना उद्योग स्थापनाका लागि थुप्रै सम्भावना छन्, चिउरी उद्योग, मसला उद्योग, खानेपानी प्रसोधन लगायतका उद्योगको थुप्रै सम्भावना छ,’ उपाध्यक्ष भट्टले भन्नुभयो । स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्ने महत्वपूर्ण लक्ष राखेर निर्माणको सुरुवात गरेका औद्योगिक ग्राम अलपत्र अवस्थामा छोड्न नहुने मेलौली–५ का भुवन जोशीले बताउनुभयो । औद्योगिक ग्रामले व्यावसाय गरेर स्वरोजगार बन्ने युवाहरुले राम्रो अवसरकोरुपमा सदुपयोग गर्न सक्छन्, औद्योगिक ग्राम सम्पन्न हुन जरुरी रहेको उहाँले बताउनुभयो । औद्योगिक ग्राममा निर्माण गरिएका भवनहरुमा युवाहरुले स्टल सञ्चालन गर्नसक्ने बताइएको ।

औद्योगिक ग्रामका लागि पहाडी क्षेत्रमा ३५ रोपनी आवस्यक पर्छ । औद्योगिक ग्राममा सडक पुर्वाधार, खानेपानी, बिजुलीलगायत साना उद्योग सञ्चालनका लागि आवस्यक संरचना निर्माण गनुपर्ने हुन्छ । स्थानीय श्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सिपको परिचालन गर्दै लघु, घरेलु तथा साना उद्योगमा लगानी गरी उद्योग सञ्चालन गर्ने लक्ष राखेको थियो । । यसकासाथै सभाहल, क्यान्टीन, अग्नि नियन्त्रण केन्द्र लगायतका संरचना पनि निर्माण गर्न भनिएको छ । सरकारले ओद्योगिक ग्राम सम्बन्धी २०७५ सालमा कार्यबिधि पारीत गरेको थियो ।


प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्