Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीः ‘गहुँ छरेदेखि वर्षा भएन, खेतमै सुक्न थाल्यो’
बैतडीः ‘गहुँ छरेदेखि वर्षा भएन, खेतमै सुक्न थाल्यो’
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, माघ ६, २०७९

बैतडी, 
पछिल्लो समयमा बैतडीसहित सुदूरपहाडमा लामो समयदेखिको खडेरीले हिउदेवाली प्रभावित बनेको छ । असोज तेश्रो सातादेखि सुदूरपहाडमा वर्षा भएको छैन । आकासे सिंचाइको भरमा रहेका खेतहरुमा गहुँबाली सुक्न थालेपछि किसानहरु चिन्तीत भएका छन् । 
यसवर्ष असोज १९ गतेदेखि २३ गतेसम्म लगातार ४ दिन वर्षा भएको थियो  । त्यसयता सुदूरपहाडमा वर्षा भएको छैन् । कार्तिक पहिलो साता लगाएको गहुँबालीका लागि वर्षा नभएकापछि खेतमै गहुँ सुक्न थालेको पुर्चाैडी नगरपालिका–७ का स्थानीय लक्ष्मण साउँदले जानकारी दिए । ‘गहँु छरेदेखि वर्षा भएन, खेतमै गहुँ सुक्न थाल्यो’ उनले भने । बर्षा नहुदा आफुले लगाएको बाली नष्ट भइरहेको उहाँले दुखेसो पोखे ।
यस्तै सुर्नया गाँउपालिका–६का किसान लबदेव अवस्थीको पनि भनाई उस्तै छ । आफ्नो बारीका हिउदे तरकारीका साथै गहुबाली सुक्न थालेको उनले सुनाए । जंगलमा पाइने हरीयो घाँस र स्याउला पनि सुक्नाले गाइबस्तुलाई पाल्न पनि समस्या भइरहेको उनको तर्क छ । अवस्थीले भने ‘खेतबारीमात्रै होइन डाकाडाँ पनि सुख्खा देखिन थाले, भोकमरीको चिन्ता छ,’। 
गहुँको लागि करिब ५ पटकसम्म सिचाई गर्नुपर्ने भएपनि आकासे पानीको भरमा रहेका हिउदेबाली नराम्ररी प्रभावित बनेको पाटन नगरपालिकाका कृषि साखा प्रमुख महेश अवस्थीले बताए । सुख्खा हिउदे फलफूलहरु प्रभावित बनेको पनि उनले बताए । ‘कम्तिमा पनि पाँच पटक गहुँको लागि सिचाई हुनुपर्छ, तर यहाँ सिचाई सुबिधा कम छ, हिउदे फलफूलहरु ओखर, स्याउ, आरु, खुर्पानी लगायतका नगदेबाली पनि प्रभावित भए,’ गहुँ र हिउदे फलफूल उत्पादनमा यस वर्ष उल्लेख्य ह्रास आउने कृषि साखा प्रमुख अवस्थीले बताए । हिउदे फलफूलका बोटहरु पात झरेर सुसूप्त अवस्थामा रहेको र यहि समयमा सिंचाई नभए उत्पादनमा ह्रास आउने अवस्थीको भनाइ छ । 
ओखर खेतिको लागि बैतडी जिल्ला पकेट क्षेत्र हो । जिल्लाको पाटन नगरपालिका तथा सुर्नया, दोगडाकेदार  र सिगास गाउँपालिका ओखर खेति गरिन्छ ।
सुख्खा फलफूल विकास केन्द्र र नर्सरीहरुमा हिउदे फलफूलका बोेटहरुपनि सुक्न थालेका छन् । लामो समयदेखि वर्षा नहुदा हिउदे फलफूल उत्पादनमा पनि ह्रास आउने सुख्खा फलफूल विकास केन्द्र सत्बाज बैतडीका प्रमुख डम्बर सिंह भाटले बताए । ‘हिउदे फलफूललाई चिस्यानसँगै सिंचाइको आवस्यक पर्छ, तर यस वर्ष हिउद सुख्खा छ, फलफूल उत्पदानमा पनि ह्रास आउन सक्छ ।’ उनले भने । 
बैतडीमा १५ हजार ४ सय हेक्टर क्षेत्रफल जमिनमा गहुँ खेति गरिदै आएको छ । गत वर्ष समयमै वर्षा भएका कारण १८,४८० मेट्रीक टन गहुँ उत्पादन भएको थियो । समयमै वर्षा भएका कारण गत वर्ष उत्पादनमा बृद्धी भएको कृषि ज्ञान केन्द्र बैतडीका तथ्याङ्क अधिकृत मिलन कडेंलले जानकारी दिए । समयमै वर्षा भएका कारण २०७७ सालको तुलनामा २०७८ सालमा गहुँ उत्पादन बढेको उनले बताए । ‘यस वर्ष हिउदे वर्षा हालसम्म भएको छैन, हिउदे वालीमा नराम्ररी प्रभाव पर्छ, गहु उत्पदानमा ४ हजार मेट्रीक टनले घट्ने हनुमान छ, फलफूल खेतीमा पनि समस्या हुन्छ’ उनले भने ।
३१ हजार ४८५ हेक्टर क्षेत्रफल खेतियोज्ञ जमिन रहेको बैतडीमा २५ हजार हेक्टर क्षेत्रफलमा खेती गरिदै आएको छ । त्यसमध्ये पनि ६,९२२ हेक्टर क्षेत्रफलमा पूर्ण सिचाई पुगेको छ भने ३,७२८ हेक्टर क्षेत्रफल जमिनमा आसिंक सिचाई सुबिधा पुगेको छ । जिल्लामा कूल ४२ प्रतिशत खेतमा मात्रै आंसिक र पूर्णसिचाई सुबिधा पुगेको छ । बाकी ५८ प्रतिशत खेति गरिदै आएको जमिनमा सिचाई पुगेको छैन । आकासे सिचाईको भरमा रहेको खेतहरु वर्षा नहुदा उत्पादनमा ह्रास आउने गरेको छ । खेतिपाती गरिदै आएको जमिनमध्ये १४ हजारबढी हेक्टर क्षेत्रफल खेतियोज्ञ जमिनमा सिंचाईको सुबिधा पुगेको छैन । 
 


प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्