Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटनमा विकासको जिम्मा महिलालाई 
बैतडीको पाटनमा विकासको जिम्मा महिलालाई 
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, माघ ७, २०७९

 बैतडी,
विकास निर्माणमा अनियमितता भयो, योजनाका काम सुस्त भए भन्ने गुनासो धेरै सुनिन्छ। यस्ता गुनासा र समस्याको समाधान गर्न बैतडीको पाटन नगरपालिकाले नयाँ जुक्ति निकाल्यो र निर्णय ग¥यो– योजनाका अध्यक्ष सबै महिलालाई बनाउने। 
महिलालाई योजनाका जिम्मा दिएपछि समयमा काम हुन्छ र पारदर्शी हुन्छ भन्ने सबैको रायले नै अहिले योजनाको उपभोक्ता समिति अध्यक्षमा महिला चयन भएका छन्। पाटन नगरपालिकाले उपभोक्ता समिति गठन गर्दा महिलालाई प्रमुख पदमा प्राथमिकतामा राख्ने पहिलो कार्यपालिका बैठकबाट निर्णय गरेको थियो। सोही अनुरूप अहिले १ नम्बर वडामा निर्माण हुने सबै योजनाको उपभोक्ता समितिमा महिला अध्यक्ष चयन भएको नगरपालिकाले जनाएको छ।
वडामा कार्यान्वयनको चरणमा रहेका २३ वटै योजनाको उपभोक्ता समितिको अध्यक्षमा महिला चयन गरिएको वडाध्यक्ष तर्क ठगुन्नाले बताए। विकास निर्माणका कामको महिलाले नै बढी उपयोग गर्ने गरेकाले उनीहरूलाई नै कामको जिम्मेवारीमा राखिएको तर्क उपप्रमुख कमलसिंह बोहराको छ। आफूले उपयोग गर्ने कामलाई उत्कृष्ट बनाउने सोचमा पनि महिलाहरू हुने भएकाले महिलाले गर्ने काम गुणस्तरीय हुनेमा विश्वस्त रहेको उनले बताए। 
विकास निर्माणलगायत अन्य कार्यक्रमको बारेमा अनुभवसमेत हुने भएकाले महिलाहरूको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने उपप्रमुख बोहराले बताए। योजनाको अध्यक्षमा चयन भएपछि उत्साहित भएको महिलाहरू बताउँछन्। ‘राम्रो काम गरेर देखाउने सोचमा छौं, यही हप्तादेखि कामको सुरुवात गर्दैछौं’ डैसीली–गेरडा सडक योजनाका अध्यक्ष भागरथी बोहराले भनिन्। वडा नं १ को जणमेला–सकार सडकखण्डको उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारीमा रहेकी देवकी भट्टराई समितिको अध्यक्षमा बस्न पाउँदा झन् जिम्मेवारीबोध भएको बताउँछिन्। 
‘यसअघि पनि उपभोक्ताको अध्यक्षमा बस्न खोजेकी थिएँ, तर मानेनन्, यस वर्ष नगरपालिकाले नै महिलालाई प्राथमिकतामा राख्ने भनेपछि, अध्यक्षमा दाबी राखे, आफ्नै ठाउँको कामको जिम्मेवारी पाए, राम्रो काम गर्छु, सबैको सहयोग चाहिन्छ’ भट्टराईले भनिन्। समितिका सबै पदाधिकारीहरूसँग आवश्यक समन्वय र सल्लाह लिएर काम गर्ने उनले बताइन्। 
१० वडा रहेको पाटन नगरपालिकाका अन्य वडामा पनि उपभोक्ता समितिको अध्यक्षमा महिला चयन भएका छन्। वडा नं ८ का पाँच योजनाको अध्यक्षमा महिलाहरू रहेका छन्। वडा नं १० मा पनि ६ वटा योजनाको अध्यक्षमा महिला चयन गरिएका छन्। सबैजसो वडाहरूमा महिलाहरूलाई कुनै न कुनै योजनाको अध्यक्षमा चयन गरिएको नगरपालिकाले जनाएको छ। योजनाको जिम्मेवारीमा रहेका महिलाहरू उत्कृष्ट काम गर्ने गरेको वडा नं १० का वडाध्यक्ष धनबहादुर कँुवरले बताए।  
 


प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १७:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्