Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दश महिनादेखी पाटन–धनगढी हवाई सेवा बन्द 
दश महिनादेखी पाटन–धनगढी हवाई सेवा बन्द 
डम्बर बोहरा
डम्बर बोहरा सोमबार, माघ ९, २०७९

बैतडीको पाटन विमानस्थलमा झन्डै एक बर्षदेखी उडान हुन सकेको छैन् । गत चैत दोस्रो साता समिट एयरले पाटन–धनगढी उडान भरेको थियो । त्यस यता कुनै पनि उडान भएको छैन् । यात्रु अभावले चैत १० गतेपछि कुनै पनि उडान हुन नसकेको समिट एयर बैतडीका प्रतिनिधी कृष्णदत्त भट्टले जानकारी दिनुभयो । यात्रुहरु नहुँदा पाटन धनगढी उडान हुन नसकेको भट्टले बतानुभयो । ‘यता यात्रु नहुँदा एयरलाईन्सले विमानलाई पुर्व सिफ्ट गरेको थियो’ उहाँले भन्नुभयो ‘धनगढी–पाटन उडान कहिले बाट हुने भनेर अझै टुङ्गो छैन्।’ लुक्ला र जोमसोममा पर्यटकहरु बढेको भन्दै एयरलाइन्सले विमानलाई पुर्व सिफ्ट गरेको थियो । यसबर्ष पनि पर्यटकको सङख्या बढे उतै उडान भर्ने सम्भावना रहेको उहाँले  जानकारी दिनुभयो ।  
समिट एयरले प्रत्येक बिहीबार पाटन–धनगढी , धनगढी–पाटन उडान भर्ने गरेको थियो सरकारले करोडौ रकम खर्च गरेर निमार्ण गरेको विमानस्थल प्रयोग बिहीन बनेको छ । नागरीकहरुको सजहताका लागि विमानस्थल निमार्ण गरिएको भएपनि १० महिना देखी हवाई सेवा बन्द रहनु दुखद रहेका पाटन नगरपालिका ४ का स्थानिय भागरथी भट्टले बताउनुभयो । एक त नियमीत विमान आउँदै अर्काे तर्फ भाडा पनि महँगो रहेको उहाँको भनाइ छ । ‘पाटन देखी धनगढी पुग्न १७ मिनेट लाग्छ । भाडा पाँच हजार छ ’उहाँले भन्नुभयो ‘सबैको आर्थिक अवस्थाले भ्याउदैन , भाडा महँगो भयो ’
द्धन्दका बेला विमानस्थलका संरचना ध्वस्त भएपछि २०५२ साल यता पुर्ण रुपमा विमानस्थल बन्द थियो । २६ बर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परिक्षण उडान गरेको थियो । नियमित रुपमा यात्रुहरुले नपाउँदा एयरलाइन्सले उडान भर्न छोडेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो । एयरलाइन्सहरुले शेड्युलमा राख्ने गरेको भएपनि यात्रु नपाएको भन्दै उडान नभर्ने गरेको उहाँले जानकारी दिनुभयो । ‘निजी एयरलाइन्स कम्पनिहरु जहाँ यात्रुहरु त्यही जान्छन्’ ,उहाँले भन्नुभयो ‘शेड्युलमा राख्ने गरेको भएपनि प्यासेन्जर छैन भनेर एयरलाइन्सले फ्लाइट गरीराख्या छैन् । ’
बैतडीको पाटन विमानस्थल संगै डोटीको दिपायल र बझाङको देवल विमान स्थलको एकै दिन तत्कालिन सस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई उद्घाटन गरेका थिए । बझाङको देवल विमानस्थल मात्रै अहिले उडान भैरहेको छ । पाटन विमानस्थलमा चैत १० देखी दिपायल विमानस्थलमा भदौ ६ गतेदेखी उडान हुन सकेको छैन् । बैतडीको पाटन विमानस्थल ११ करोडको लागतमा २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको धावनमार्ग सहित अन्य भौतिक संरचना पुर्ननिर्माण गरिएको थियो । 
यस्तै पाटन विमानस्थलमा निमार्ण हुन लागेको टर्मिनल भवनको काम अन्तिम चरणमा पुगेको छ । यसै बर्ष भित्र सक्ने काम गरी भैरहेको आयोजनाका इन्जिनियर कविन्द्र बर्जाचार्यले जानकारी दिनुभयो । भवन निमार्णको काम सकिएको छ । झ्याल र अगाडी पट्टीको ढोका लगाउन मात्रै बाँकी रहेको छ बर्जाचार्यले भन्नुभयो । 
 


प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्