Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा भूकम्प प्रतिरोधी संरचना निर्माणमा छैन ध्यान 
बैतडीमा भूकम्प प्रतिरोधी संरचना निर्माणमा छैन ध्यान  जिल्लाका मूख्य बजारहरु भूकम्पको जोखिममा रहेको प्राबिधिकहरु बताउछन् । 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, माघ १२, २०७९

बैतडी, 
गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प भएको गियो । उक्त भूकम्पबाट ६ जनाको ज्यान गएको थियो । दर्जनौ घरहरु भत्किएका थिए । मंगलबारमात्रै बाजुर केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्यूटको भूकम्पमा परी एक जनाको ज्यान गयो । उक्त भूकम्पका कारण पनि बाजुरा र बझाङमा दर्जनौ घरहरु भत्किएका छन् । मंगलबारको भूकम्पले सुदूरपश्चिमप्रदेशका सबै जिल्ला र छिमेकी देश भारतमा पनि यसको धक्का महसूस गरिएको थियो । 
भूकम्पीय मापनका हिसाबले ६ देखि ७ म्याग्केच्यूटका भुकम्पलाई मध्यमस्तरको भूकम्प भनिन्छ । ६ भन्दा सना भूकम्पलाई साना भुकम्प भन्ने गरिएको छ । मंगलबार गएको भूकम्पले पनि बाजुरासँगै छिमेकी जिल्लाहरु प्रभावित बनेका छन् । भूकम्पले तत्कालै मानव निर्मित भवन लगायतका संरचनाले क्षती पुर्याउने गर्दछ भने दीर्घकालिनरुपमा बाढी तथा पहिरोको जोखिम हुने गर्दछ । 
साना भूकम्पका कारणले पनि जनधनको क्षती भइरहदा नयाँ बन्ने गरेका संरचनामा सबैपक्षले ध्यान दिनुपर्ने देखिएको छ । बैतडीका मूख्य बजार क्षेत्रमा बनेका ठूला संरचनाहरु भूकम्पीय जोखिममा रहेका छन् । प्राबिधिकहरुका अनुसार नयाँ बनेका संरचनामा मापदण्डको पालना नहुने गरेको पाइएको छ । ३ तलाभन्दा ठुलो संरचना बनाउदा अनिवार्य  माटो परिक्षण, नक्सा पास लगायतको प्रक्रिया आवस्यक पर्दछ तर बजार क्षेत्रमा पनि कुनै घरधनीले नक्सा पास तथा माटो परिक्षण लगायतको प्रक्रिया नपुर्याउने गरेको दशरथचन्द नगरपालिकाका इन्जिनियर जय सिंह बोहराले जानकारी दिए । ‘जिल्लामा ठूला संरचनाहरु बनीरहका छन्, प्रक्रिया अबलम्बन हुदैन, हामिले पटकपटक सूचना जारी गरेर नक्सापास गरेर मात्रै संरचना बनउन आग्रह गर्ने गरेका छौँ, तर केहि घरधनीहरुले बैंकीङ कारोबारका लागि मात्रै नक्सा पास गर्ने गरेका छन्,’ उनले भने । 
जिल्लाको सदरमुकाममा रहेका दशरथचन्द नगरपालिकाको गढी, गोठलापानी, शाहिलेक बजार र पाटन नगरपालिकाको पाटन बजार र खोडपे बजारमा बन्न लागेका संरचनाहरु भूकम्पीय जोखिममा रहेका छन् । पाटन बजार र खोडपे बजारमा बन्ने गरेका अधिकांस संरचनाहरु भूकम्पीय जोखिममा रहेका पाटन नगरपालिकाका सब–इन्जिनियर दिनेश ऐरले बताए । ‘बजार क्षेत्रमा आफ्नै तरिकाले घरहरु बनाउछन्, नगरपालिकामा नक्सा पासदेखि अन्य प्रक्रियामा आउदैनन्,’ उनले भने । घरको जग बसाल्ने देखि संरचना सम्पन्न भइसक्दासम्म प्राबिधिकहरुको सल्लाह लिनुपर्ने भएपनि उक्त प्रक्रियामा नआउने गरेको उनले बताए । 
जिल्लाकमा स्थानीयतहहरुले सेवाक्षेत्रभित्र रहेका घरहरुको अभिलेख संकलन गरीरहेका छन् । निर्माण गरिएका घरहरुको अवस्थाका बारेमा अभिलेखिकरण समेत गरिएको पाटन नगरपालिकाले जनाएको छ । अभिलेखिकरणका क्रममा अधिकांस संरचनाहरु भूकम्प प्रतिरोधी नरहेको नगरपालिकाले जनाएको छ । नक्सा पास नगरेपनि घरहरु निर्माणमा देखिएका कमी कमजोरीकोबारेमा घरधनीहरुलाई जानकारी गराउने गरिएको छ । 
सरकारी भवनहरु भुकम्प प्रतिरोधी नै हुने गरेको शहरी विकास तथा भवन डिभिजन कार्यालय बैतडीका प्रमुख लाल सिंह बिष्टले दाबी गरे । ‘हाम्रा मातहत बन्ने भवन तथा संरचनाहरु अनिवार्य भूकम्प प्रतिरोधी निर्माण गर्छौ’ उनले भने,  ‘स्थानीय तह मातहत बन्ने संरचनाको बारेमा हामिलाई जानकारी छैन’
२०३७ सालमा बझाङ केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको थियो । त्यसपछिपनि २०५८ सालमा सुदूर पहाडमा ठूलो भूकम्प गएको थियो । त्यसबेला ठूलो जनधनको क्षती भएको थियो । यसरी बेलाबेला गएको भूकम्पका कारण ठुलो जनधनको क्षती भएपनि संरचना निर्माणमा भने ध्यान नदिने गरेको पाइएको छ ।


प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०७:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्