Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पञ्चेश्वरको एक विद्यालयको नयाँ भवनमा ताला, विद्यार्थी खुला चौरमाः छानबिन समिति गठन्
पञ्चेश्वरको एक विद्यालयको नयाँ भवनमा ताला, विद्यार्थी खुला चौरमाः छानबिन समिति गठन् ३६ लाखमा सम्झौता, ६९ लाख ६६ हजार खर्च भएको दाबी 
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, माघ १४, २०७९

 बैतडी,
बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीमा रहेको गडदेव आधारभूत विद्यालयमा २०७७ कार्तिक ६ गतेको वर्षाले विद्यालय माथीबाट खसेको पहिरोले ३ वटा भवन भत्किए । ७ कोठा रहेका ३ वटै भवनमा पूर्ण क्षती पुगेपछि अध्यान अध्यापनमा समस्या भइरहेको थियो । दुई वर्षदेखि विद्यार्थीहरु खुला चौरमा बस्दै आएका छन् । ४ कोठे नयाँ भवन बनेको भएपनि विद्यार्थीहरुले भवनमा बस्न पाएका छैनन् । 
२०७८ सालमै राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ३६ लाख बराबरको ४ कोठे भवन निर्माण योजना कार्यान्वयनको चरणमा गएका थियो । ३६ लाखमा निर्माण सम्पन्न गर्नको लागि केशव सिंह घटालको अध्यक्षतामा निर्माण समिति गठन गरेर निर्माण प्रक्रिया सुरु भएको थियो । 
पहिरोले पूर्णतया क्षतबिक्षत भएको ठाउँमा पुनः विद्यालय भवन निर्माण गरेको निर्माण समितिले निर्माण सम्पन्न हुदासम्म ६९ लाख ६६ हजार रुपैया खर्च भएको दाबी गर्र्दै आएको छ । निर्माण समितिले  लागत खर्च अनुसार नै भुक्तानी दिनुपर्ने माग राख्दै दुई हप्तादेखि विद्यालयमा तालाबन्दी गरिएको छ । जनप्रतिनिधिहरुले लागत अनुसार भुक्तानी दिने आश्वासन दिएको र सोही अनुसार लागत भुक्तानी दिनुपर्ने निर्माण समितिका अध्यक्ष केशव सिंह घटालले बताए । 
‘पहिरोले पूर्ण क्षती पुर्याएको ठाउँमा नयाँ जग खनेर निर्माण गरिएको हो, जनप्रतिनिधिहरुलाई पटक पटक लागत बढी लाग्ने भन्दै जानकारी गराउदै आएका हौँ,’ निर्माण समितिका अध्यक्ष घटालले भने, ‘जनप्रतिनिधिहरुले पनि लागत अनुसार नै भुक्तानी दिने भन्दै बेलाबेला आश्वासन दिएका हुन, तर पैसा लागत अनुसार पाएनौँ,’ घटालले भने । लगानी अनुसार पैसा नपाएसम्म तालबन्दी नखोल्ने घटालको भनाइ छ ।
३६ लाखमा निर्माण सम्पन्न गर्नेगरी निर्माण समितिसँग सम्झौता भएको थियो । निर्माण सम्पन्न हुदासम्म ३४ लाख रुपैया भुक्तानी भएको विद्यालयले जनाएको छ । निर्माण समितिले भने ६९ लाख ६६ हजार लागत लागेको दाबी गर्दै आएको छ । 
यसरी विद्यालय भवन बनेपनि भुक्तानीको विवादले तालाबन्दी गरिएपछि बालबालिहरुलाई खुला चौरमै राखेर अध्यान अध्यापन गराउनुपरेको विद्यालयका प्रद्यानध्यापक निर्माला चन्दले बताइन् । ‘बालबालिकाहरुलाई खुला चौरमै राख्दै आएका छौँ, दिउसो ३ घण्टामात्रै घाम लाग्छ, साह्रै समस्या छ,’ प्रअ चन्दले भनिन् ।  
राष्टपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त भवनको ३४ लाख रुपैया भुक्तानी भइसकेको र निर्माण समितिले ६९ लाख ६६ हजार रुपैया  लगानी लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत सिंह घटालले बताए । पहिरोले पूर्ण क्षती पुर्याएपछि खेलमैदान निर्माणका लागि ६ लाख रुपैया गाउँपालिकाले उपलब्ध गराएको पनि उनले बताए । तर निर्माण समितिसँग भएको मौखिक सहमती अनुसार भुक्तानी नभएपछि पठनपाठनमा समस्या भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घटालले बताए ।
पञ्चेश्वर गाउँपालिका विद्यालयको भवन निर्माणको विषयमा छानबिन समिति गठन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहरा, योजना साखा प्रमुख घनश्याम मौनी र वडा नं १ का वडा अध्यक्ष देवानी राम सार्की सम्मेलित छाबिन समितिले निकालेको प्रतिबेदनको आधारमा पालिकाले निर्णय लिन सक्ने गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । 
‘निर्माण समितिले भवन निर्माणमा राम्रो काम गर्नु भएको छ, तर लागत अनुसार पाउनुपर्ने रकम भुक्तानी पनि भइसकेको छ उपाध्यक्ष भट्टले भनिन्, छानबिन समितिले तयार पारेको प्रतिबेदनको आधारमा आगामी कदम चालिन्छ,’ उपाध्यक्ष  भट्टले भनिन् ।


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्