Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • तीन दशकदेखि ‘एक्लो’ दृष्टिविहीन
तीन दशकदेखि ‘एक्लो’ दृष्टिविहीन
प्रेम ओड
प्रेम ओड शनिबार, माघ २१, २०७९

बैतडीको मेलौली नगरपालिका वडा नंं. ६ का दृष्टिविहीन मदनराज भट्ट विहानै चार बजे उठ्छन् । राति पनि खासै निन्द्रा लाग्दैन, उनी सपनामा आफूलाई करिब ३० बर्ष अगाडि छोडेर गएकी श्रीमतीसँग कुरा गर्छन् । श्रीमतीले दिने जवाफ पनि उनी आफैं फर्काउँछन् । यसैगरी कहिलेकाहीं त अनिदोंमै छर्लङ्ग रात बित्छ । विहान उठेसँगै करिब सय मिटर तल खरकेउडाबाट पानी ल्याउनु उनको दैनिकी नै हो । शौचालय करिब दश मिटर पर छ । स्वास्थ्य समस्याका कारण राति पनि शौचालय गइरहनु पर्छ । विहानको नित्यकर्म सकेपछि चिसोको समयमा आँगनको डिलमा घाममा ज्यान सेक्दै बस्छन् उनी ।

पाटन पञ्चेश्वर सडक खण्डको छेउ मेलौली वडा ६ लामालेकमा पर्छ उनको घर । सडक छेउमा घर भएकाले गोठालो जानेहरु पनि कहिलेकाँही दृष्टिविहीन भट्टसँग गफिन आउँछन, उनी पनि उसैगरि गफिन्छन् । बिहानीको पारिलो घामको मज्जा लिएर घाम छिप्पिदै गएको अनुभवसँगै  खाना पकाउन शुरु गर्छन् । खाना पकाउन दाउराको ब्यवस्था छिमेकीले गरिदिन्छन् । मेलौली नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तारा दत्त भट्ट भन्छन् ‘सबै गाउँलेहरु मिलेर दाउराको बन्दोबस्त गरिदिन्छौँ, ओल्लो पल्लो घरका छिमेकीले आलो–पालो गरि दाउरा ल्याइदिन्छन् ।’  

भट्ट आफूले पाउने समाजिक सुरक्षा भत्ताको रकमबाट खाद्यान्नका सामान किन्छन् । र, ती खाद्यान्नका सामान घरमा पुर्‍याइदिन कुनै आफन्त वा बटुवासँग सहयोग माग्छन् । उनले खाने खाना सधैँ एकनासको हुन्छ–दाल भात । जसोतसो खाना पकाएर खाइसकेपछि घाम नअस्ताउन्जेल घरको आँगनमै बस्छन् ।

तीन दशकदेखि ‘एक्लो’ दृष्टिविहीन

उनको पत्थरले छाएको घर चुहिन थालेको छ । त्यसैले भट्टको अहिले गोठमा बास छ । बेलुकी खाना पकाउन नसकेर प्रायजसो भोकभोकै सुत्छन् । ‘छिमेकी वा आफन्तले खानेकुरा दिए खान्छु, नत्र भोकै सुत्छु,’ भट्टले भने । कहिलेकाहीँ एक्लैबस्दा उनलाई पनि दिक्क लाग्छ । अनि छामेर लठ्ठीको साहाराले सडक सम्म जाने गरेको उनी सुनाउँछन् । 

उमेरले छ दशक पुग्नैलागेका भट्टले दृष्टि गुमाएको झण्डै ३० वर्ष भयो । आँखा दुख्ने, पोल्ने, आँखाबाट पानी चुहिने समस्याले अहिले पनि सताइरहन्छ । घुँडाको दुखाइले उभिन गाह्रो हुन्छ । ‘शरीर च्यापे जस्तो हुन्छ, खाना खाए पाचन हुँदैन,’ उनले सुनाए ‘खाएको पाचन हुँदैन, मान्छे आएको थाहा पाउदिनँ ।’ ३० बर्ष अगाडि उनका भाइको मानसिक अवस्था बिग्रेको थियो । उनको डेढ वर्ष अघि निधन भयो । भाइको दिमागले काम गर्न छोडेपछि भट्टका आँखाको दृष्टि पनि कम हुन थाल्यो । विस्तारै दृष्टि कम हुदै हुदै ठ्याम्मै देख्न छोड्यो । अहिले उनी पटक्कै देख्दैनन् । घरमा श्रीमती थिइन्, आँखा देख्न छोडेपछि श्रीमतीले पनि छोडेको उनले बताए । तीन दशक बढी भयो उनले बेसाहारा एक्लो जीवन बिताउन थालेको । 

दृष्टि गुमेपछि आँगनमा लडेर उनको हात भाँचिएको थियो । उपचार गर्न नसक्दा हातले काम गर्दैन । गत असोजको दशैँबाट बिरामी परेका भट्टलाई अहिलेसम्म सन्चो भएको छैन । उनी दुखेसो पोख्छन्– ‘अरु सबैजना दशैँ मनाइरहेका थिए, म भने बिमार भएँ । अहिले सर्दीले बिहान उठ्न सकिदैन, दुखीलाई कसैले सहयोग गर्दैन ।’

भट्टको साथी र साहरा भनेकै सिर्फ लठ्ठी हो । त्यसैको साहरामा बाँचिरहेका भट्ट पूराना झुत्रेझाम्रे ओढ्ने, बिछ्याउने कपडाले रात काट्छन् । न्यानो कपडा नहुदा चिसोेले सताउने गरेको उनले दुःख सुनाए । सरकारले अपाङगता भएकाहरुको लागि विभिन्न सहयोग दिने सुने पनि आफूले अहिलेसम्म कहिल्यै सहयोग नपाएको उनको गुनासो छ । स्थानीय सरकारले पनि कम्बल, चामल लगायत आर्थिक सहयोग गर्छन् भन्ने उनले पनि सुनेको बताए । तर आफूलाई अहिलेसम्म कतैबाट पनि सहयोग नआएको भट्टले दुखेसो पोखे । 

साहारा बिहीन एक्लो जीवन बाँचिरहेका भट्टलाई यतिबेला आर्थिक तथा भौतिक सहयोगको खाँचो रहेको छ । उनलाई बस्नको लागि घर समेत छैन । त्यसैले उनी गोठमा सुत्ने गरेका छन् ।

पूर्ण अपाङगता भएका व्यक्तिहरु स्थानीय सरकारको प्राथमिकतामा नपर्दा कष्टकर जीवन बाँचिरहेका छन् । मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्दले आगामी बजेटमा दृष्टिविहीन र पूर्ण अपाङगता भएका व्यक्तिहरुलाई सम्बोधन हुने किसिमका कार्यक्रम ल्याउने प्रतिवद्दता जनाए । तर नगरपालिका र व्यक्तिगत तर्फबाट हुन सक्ने आर्थिक सहयोग गर्न भने तयार रहेको नगर उपप्रमुख पार्वती बोहरा विष्टले बताइन् ।


प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्