Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • नेपाली बजारसँग अझै जोडिएनन् महाकाली किनारका बस्तीहरु
नेपाली बजारसँग अझै जोडिएनन् महाकाली किनारका बस्तीहरु गाउँमा उत्पादित कृषि उपजले बजार पाउदैन, महाकाली किनारका बस्तीहरु भारतीय बजारमा निर्भर
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, माघ २८, २०७९
बैतडीका सिवनाथ गाउँपालिका– १ को महाकाली किनारको बस्ती

बैतडी, 
शिवनाथ गाउँपालिका १ का राजेन्द्र चाँडको घरमा नेपाली उत्पदान भटिदैन । खाद्यान्नका सामानदेखि लुगा कपडासम्म भारतीय बजारबाट भित्रिन्छ । त्यहाँका स्थानीयहरु औषधी उपचारको लागि पनि भारतीय बजार जाने गरेका छन् भने भारतीय नम्बरकै सिम प्रयोग गर्ने गरेका छन् । ‘नेपाली रुपैँया समेत चल्ने गरेको थिएन, केहि वर्षयता नेपाली रुपैया चल्ने गरेको छ, नेपाली उत्पदान यहाँ आउदैन, कमै प्रयोग हुन्छ,’ चाँडले भने ।   
भारतसँग सिमाना जोडिएको महाकाली किनारका बस्तीहरुमा नेपाली उत्पदान पुग्ने गरेको छैन । बाह्रैमास चल्ने सडक सञ्जाल छैन भने नेपाली उत्पदान निकै महंगो समेत हुने गरेको स्थानीयहरु बताउछन् । ‘एक लिटर तेल तीन सय रुपैयामा पाइन्छ, भारतीय बजारबाट एक सय पचासमै ल्याएर  आउछौँ,’ अर्की स्थानीय मैना चाँडले भनिन् । भारतीय बजार रौसाँल, देउकुडा, पासम, सेरा लगायतका स्थानीय बजारबाट उपभोज्ञका सामान ल्याउने गरेका छन् ।   
औषधी उपचारमापनि भारतीय बजारको भर पर्नु परेको स्थानीयहरु बताउछन् । ‘भारतीय लुहाघाट बजारका अस्पतालमा ४ सय रुपैयामा पुग्न सकिन्छ, बैतडी र डडेल्धुराका अस्पताल जानआउन नै ३ हजार लाग्छ,’ मैना चाँडले भनिन्, ‘यहाँका अस्पताल पुग्ने पैसाले भारतको अस्पतालबाट उपचार गरेर फर्किन्छौँ ।’ भारती बजारका लुवाघाट र चम्पावतमा रहेको अस्पताल पुगेर उपचार गर्ने गरेका छन् ।  
शिवनाथ गाउँपालिका वडा नं १ र २ तथा पञ्चेश्वर गाउँपालिका वडा नं १ र २ महाकाली किनारका वडाहरु हुन् । यहाँ रहेका करिब दुई दर्जन बढी गाउँहरु पूर्णतया भारतीय बजारमा निर्भर रहेका छन् । शिवनाथ गाउँपालिका १ को कुस्मत, सेलाबन, मटेला, बण्ड, भल्या, कुण, स्वाल, सेलावन, बुड्ब्या र वडा नं २ का सन्कोट, खाल, लेदा, पोखरा, बस्कोटी लगायतका गाउँहरु भारतीय बजारमा निर्भर छन् । त्यसैगरी पञ्चेश्वर १ को सल्ला, धाउकुडी, सेरी, बैसेख, ढुङरीखान, सन्तोला, पालडी, चौनोडे, चणोली खुल्कुट्टे र पञ्चेश्वर वडा नं २ को खुलकुट्टे, डिम्बर, घणेला, जुण, डांगा लगायतका टोलहरु भारतीय बजारमा निर्भर रहेका छन् । 
पूर्णतया भारतीय बजारमा निर्भर रहेका यहाँका दुई दर्जनबढी गाउँमा उत्पदान हुने कृषि उपज बजारीकरणमा भने निकै समस्या हुने गरेको छ । यहाँ उत्पदान हुने, आँप, अमला, अम्भा, प्याज, लसून, कोपिण्डा प्रसस्त फल्ने गरेको भएपनि बजारीकरण नहुदा खेर जाने गरेके स्थानीयहरु बताउछन् ‘यहाँका स्थानीय बजारहरुमा लाखौँ रुपैया बराबरको केपिण्डोबाट बन्ने मिठाइ भित्रिने गरेको छ, हाम्रो गाउँमा प्रसस्त कोपिण्डो फल्छ, तर बिक्रि गर्न सकिदैन,’ अर्का स्थानीय तेजराज जोशीले भने, ‘सडक सञ्जाल र बजारीकरणमा सहयोग भए यहाँ उत्पदान हुने फलफूल र तरकारीजन्य उपज बिक्रि गरेर मनज्ञ अम्दानी गर्न सकिन्थ्यो ।’
यहाँका स्थानीयहरुलाई नेपाली फोनलाईन समेत प्रयोग गर्न पाउदैनन् । पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा रहेका नेपाल टेलिकमका टावरहरु सोलारको भरमा चल्ने गरेका छन् । दिउसोको समयमा घाम लागेको बेला फोनलाईनल काम गर्ने गरेको भएपनि  राती र बादल लागेको समयमा नेटवर्क प्रभावित हुने गर्दछ । त्यसैले यहाँका स्थानीयहरु भारतीय सिम चलाउने गरेका छन् । नेपालतर्फको नेटवर्कले काम नगर्ने गरेकाले सबैजसो भारतीय नम्बरनै प्रयोग हुने गरेको स्थानीय राजेन्द्र चाँड बताउछन् । यहाका करिब ९५ प्रतिशत युवाहरु भारतमै रोजगारीका लागि जाने गरेको उनि बताउछन् । महाकाली किनारका बस्तीहरुमा पालिकाले सडक पुर्याएको भएपनि नियमित सञ्चालन हुन सकेको छैन । सडक सञ्जाल नियमित सञ्चालन हुन नसक्दा सवारी साधन सञ्चालनमा कठिनाई रहने गरेका छ । 
पञ्चेश्वर गाउँपालिकाको १ को पञ्चेश्वर घाट र वडा नं २ डिम्बरघाट तथा शिवनाथ गाउँपालिकाका वडा नं मा रहेको नागार्जुनख घाट र सोही वडाको कुस्मत घाट गरी चारवटा घाटबाट भारत ओहोर दोहोर हुने गरेको छ । डुंगाको जोखिमपुर्ण यात्रा गरेर महाकाली ओहोरदोहोर हुने गरेको छ । गत वर्ष डुंगा दुर्घटना हुदा दाजुभाईको मृत्यु भएको थियो । 
सडक पुर्वाधार निर्माणमा जोड दिएका यहाँका जनप्रतिनिधिहरु बताउछन् । महाकाली नदीलाई छोएका पञ्चेश्वरको वडा नं १ मा सडक बिस्तार भइसकेको  र वडा नं २ मा बिस्तारका क्रममा रहका गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । दुर्गम क्षेत्रमा समस्या नै हुन्छ, सडक पुर्वाधारमा जोड दिएका छौँ, उपाध्यक्ष भट्टले भनिन् । विद्युत विस्तारको क्रममा रहेकाले फोनलाईनको समस्या समाधानका लागि पनि पहल भइरहको उनले बताइन् । 
सडक बिस्तारलाई जोडि दिएको र महाकाली किनारको बस्तीमा परिवर्तन आइरहेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउँद बताउछन् । ‘केहिवर्ष पहिले महाकाली किनारका बस्तीमा नेपाली रुपैया चल्दैनथ्यो, सडक पुर्वाधारमा जोड दिएका छौँ, सबै वडामा सडक पुर्याइरहेका छौँ, यसले केहि सहज भइरहेको छ’ उनले भने । 
महाकालीमा झोलुङ्गे पुल निर्माणको लागि संघीय सरकारले नै चासोको रुपमा लिनुपर्ने गाउँपालिका अध्यक्ष साउँदले बताए । दुई देशको सहमती अनुसार बन्ने भएकाले संघीय सरकारले चासोका साथ हेर्नुपर्ने उनले बताए । महाकालीमा झोलुङ्गे पुल निर्माण गर्न सके दुबै व्यापार व्यावसायमा सहज हुने उनले बताए ।


प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्