Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • शिलान्यासको दुई वर्षः बैतडीका पालिका अस्पतालको जग समेत बसेन
शिलान्यासको दुई वर्षः बैतडीका पालिका अस्पतालको जग समेत बसेन
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, फागुन १४, २०७९

नागरीकका लागि गाउँमै चिकित्सकीय स्वास्थ्य सेवा प्राप्त होस भनेर २०७७ मंसिरमा सरकारले ३ सयभन्दा बढी स्थानीयतहमा एकै पटक अस्पतालको शिलान्यास गरेको थियो । दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने महत्वकांक्षी योजनासहित ५, १० र १५ शैयाको अस्पताल निर्माण गर्ने भन्दै एकैपटक शिलान्यास गरिएको भएपनि अस्पतालको निर्माण प्रगती शून्य छ । सर्बसाधारणले गाउँमै स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने आस गरेको भएपनि निर्माण कम्पनीको लापरवाही र स्थानीयतहले तदारुकता नदेखाउदा अस्पताल निर्माण कार्यमा चरम ढिलाई भइरहेको छ । 
बैतडीको दशरथचन्द नगरपालिका बाहेकका ९ वटै स्थानीयतहमा १० र १५ शैयाको अस्पताल निर्माण गर्ने योजना थियो । तर केहि पालिकामा निर्माण प्रक्रिया सुरु भएको छैन भने निर्माण सुरु भएका पालिकामा पनि प्रगति शून्यप्राय छ । मेलौली नगरपालिकामा जग्गा बिवादले अस्पताल निर्माणको कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । अन्य पालिकामा पनि कुनै प्रगति छैन । शिलान्यास गरिएको २ वर्ष पुरा हुदापनि हालसम्म यहाँका अधिकांस अस्पताल निर्माणमा जग समेत बसाल्न सकिएको छैनन् ।    
जिल्लाको सुर्नया गाउँपालिकामा ५ मा बन्ने भनिएको १० शैयाको अस्पतालको काम समेत शुरु भएको छैन । गतवर्ष नै ठेक्का प्रक्रिया भई काम शुरु हुने भनिएको भएपनी हालसम्म कुनै काम भएको छैन । ‘गत वर्षनै निर्माणस्थलमा जग खन्ने काम भएको थियो, त्यसपछि कुनै काम अघि बढेन,’ । सुर्नया गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख राम सिंह महराले भने । ठेकेदारको लपरवाहीले काम अघि बढ्न नसकेको र केहिदिनदेखि काम शुरु हुने सुर्नया गाउँपालिकाका योजना साखा प्रमुख, इन्जिनियर कपीलदेव भट्टले बताए ।
पाटन नगरपालिकाले निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भएको डेढ वर्ष पुग्नै लागेको छ । तर निर्माणको प्रगती शून्यप्राय छ । सिनर्जी प्रधान जेभीले १४ करोडमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको भएपनि अस्पताल संरचनाको फिल्ड कटिङ र वाल मात्रै निर्माण भएको छ भने जग समेत बसेको छैन । निर्माण कम्पनीले २ करोड २० लाख रुपैया पेस्की बुझी सकेको छ । साउन महिनायता काम ठप्प छ । तीन पटक पत्राचार गरेर ताकेता गर्दापनि निर्माण कम्पनीले अटेरी गर्दै आएको पाटन नगरपालिकाका प्रशासन साखा प्रमुख राजेन्द्र प्रशाद भट्टले जानकारी दिए । 
पुर्चाैडी नगरपालिकामा पनि निर्माण व्यावसायीसँग सम्झौता भएको २ वर्ष पुग्नै लागेको छ । निर्माण सम्पन्न गर्ने म्याद ६ महिनामात्रै बाकी रहदा काम सुरु भएको छ । जग्गा विवाद लगायत निर्माण कम्पनीका लापरवाहीले काम रोकिएको भएपनि केहिदिनदेखि काम सुरु भएको पुर्चाैडी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बमले जानकारी दिए । 
सिगास गाउँपालिकामा पनि १५ शैयाको अस्पताल निर्माण गर्ने भनिएको भएपनि प्रक्रिया अघि बढेको छैन । हालै डिपिआर सम्पन्न भएको र रिर्पाेट मन्त्रालयमा पेस गर्ने तयारी भइरहेको स्वास्थ्य साखा प्रमुख घनश्याम सिंह बोहराले जानकारी दिए । १८ करोड लागतमा सिगास–८मा अस्पताल बन्ने उनले बताए । 
जग्गा विवादका कारण अस्पताल निर्माण प्रक्रिया अघि नबढेको पञ्चेश्वर गाउापापिलकामा पनि गत वर्षदेखि आन्तरिक प्रक्रिया सुरु भएको छ । पञ्चेश्वर गाउँपालिकाको केन्द्र वडा नं ४ को आमचौरामा बन्ने १० शैयाको अस्पतालको लागि डिपिआर तयार पारिएको र टेण्डर खोल्ने तयारी भइरहेको गाउँपालिकाका उपाध्यक्ष बिना भट्टले जानकारी दिइन् । ‘जग्गा विवादले ढिलाई भएको थियो, गत वर्षमात्रै जग्गा विवाद सुल्झायौँ, अब निर्माण सुरु गर्ने तयारीमा छौँ,’ उनले भनिन् । 
जिल्लाको दोगडाकेदार गाउँपालिकामा केहि प्रगति भएको छ । गत वर्षदेखि निर्माण प्रक्रिया सुरु भएको र पहिलोतला ढलानको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीले बताए । दोगडाकदारमा १० शैयाको अस्पताल बन्न लागेको हो ।
निर्माण व्यावसायीको लापरवाही र स्थानीयतहहरुले तदारुकता नदेखाउदा अस्पताल निर्माणमा ढिलाई भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए । स्थानीय तहकै जिम्मेवारीमा बन्न लागेका अस्पताल निर्माणको प्रगति निकै सुस्त रहेको उनले बताए ।


प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्