Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • भतिजाको न्यायका लागि संघर्ष गरीरहेका काकाको लडेर मृत्यु, घटनाको रहस्य खुलेन
भतिजाको न्यायका लागि संघर्ष गरीरहेका काकाको लडेर मृत्यु, घटनाको रहस्य खुलेन
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, फागुन १५, २०७९

 बैतडी, 
डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ दुलैनाका २० वर्षीय पदम अवस्थी गत माघ १९ गते बैतडीको पाटन नगरपालिका ६ को गबरज्वल ढ्वानी भिरमा मृत फेला परे । उनको शंकास्पद मृत्यु भएपछि परिवारका आफन्तले निश्पक्ष अनुसन्धान अनुरोध गर्दै आएका थिए । बेलाबेला प्रहरी कार्यालया धाउदै अनुसन्धान प्रक्रियाको बारेमा बुझ्ने काम समेत गर्दै आएका पदमका काका थानेश्नर अवस्थीको पनि मृत्यु भएको छ । पदमराज अवस्थीको मृत्यु भएको १० दिनपछि गत माघ २९ गते खानीडाडाँ स्थित एक होटलको छतबाट लडेर गम्भिर घाइते भएका थानेश्वर प्रशाद अवस्थीको फागुन ३ गते उपचारको क्रममा मृत्यु भएको हो । पदमराजको मृत्युको आसँु पोखिन नपाउदै अर्काे घरको जग भत्किएपछि परिवार बिच्छिप्त छ । परिवारमा एकपछि अर्काे घटनाले बज्रपात पारेको  मृतक थानेश्वरका भाई गंगाराम अवस्थीले बताए । 
भतिजा पदमको मृत्यु प्रकरणमा अनुसन्धानका लागि बेलाबेला प्रहरी कार्यालय धाउदै आएका दाजुको पनि दुःखद मृत्यु भएपछि परिवार शोकमा डुबेको गंगारामले बताए । प्रहरीले पदमको मृत्यु प्रकरणमा निश्पक्ष अनुसन्धान गर्छ भन्नेमा विश्वस्त रहेको समेत उनले बताए । 
शंकास्पद अवस्थामा मृत फेला परेका पदम पाटनमा रहेको एक होटलमा काम गरेको पारीश्रमिक लिनभनि घरबाट माघ १७ गते नै पाटन आएका थिए । उनको मृत्यु शंकास्पद रहेको भन्दै पिडित परिवारले प्रहरी समक्ष निवेदन दिएका थिए । परिवारका आफन्तले उनको लडेर मृत्यु नभई कसैले मारेर फालेको आशंका गरेका छन् । 
त्यहाँ कोही आफन्त पनि छौनन्, किन त्यहाँ गए? लगायतका जिगासा आफन्तले गरीरहेका छन् ।  घटनास्थलमा पनि होटल साहुले २३ गतेको मिति उल्लेख गरिएको १० हजारको चेक, र १८ गतेको मिति उल्लेखित प्रहरी समक्ष दिन तयार गरिएको निवेदन भटिएको थियो । आफन्तका अनुसार निवेदनमा होटलमा काम गरेको पारीश्रमिक मिलाउन आग्रह गरिएको उल्लेख थियो । यसैगरी मृतक अवस्थीले प्रयोग गर्ने मोवाइलमा पनि क्षती नपुगेको र लगाउने जुत्ता समेत राखेजस्तैगरी भेटिएको आफन्तले बताएका छन् । भिरबाट लडेको अवस्थामा थुप्रै चोटपटक लाग्नु पर्ने आशंका गरिएको छ तर मृतक अवस्थीको मुख र शरिरका केहि भागमा मात्रै चोट थियो ।  
प्रहरीले अनुसन्धान जारी नै रहेको बताएको छ । पोष्टमाटम रिर्पाेट पनि प्राप्त भएको र प्रहरी बिधि बिज्ञान प्रयोगशालाबाट समेत रिर्पाेट आएपछि थप तथ्य हात लाग्ने अनुसन्धान अधिकृत समेत रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए । टेलिफोन डिटेल र भिसारा रिर्पाेट आएपछि थप प्रक्रिया अघि बढ्ने प्रहरीको भनाइ छ ।


प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  २०:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्