Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • गाउँपालिका उपाध्यक्ष कार्यकक्षमै कुटीएको घटनासंग जोडिएको विद्युतको बिषय
गाउँपालिका उपाध्यक्ष कार्यकक्षमै कुटीएको घटनासंग जोडिएको विद्युतको बिषय
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, चैत २, २०७९
Bina Bhatt.jpg

बैतडी । 

बैतडीको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्ट माथी गतहप्ता कार्यकक्षमै कुटपीट भयो । कुटपीटमा संलग्न रहेको आरोपमा पञ्चेश्वर–३ कै दिपक बहादुर चन्द प्रहरीको हिरासतमा छन् । उपाध्यक्ष भट्ट कुटपीट भएको दिनदेखी गाउँपालिका कार्यालय नै गएकी छैनन् । 

२५ फागुनमा उपाध्यक्ष भट्ट गाउँपालिका पुग्दा मदिरा सेवन गरेको अवस्थामा दीपक भेटिए । अन्य बेला काकी नाता लगाएर बोल्ने चन्द रक्सीको तालमा गालीग्लौज गर्न थालेपछि झगडा सुरुभयो ।

उपाध्यक्ष सार्वजनिक ठाउँमा गालि नगर्न आग्रह गर्दै आफ्नो कार्यकक्ष तिर लागिन् । रिसले चूर भएर कार्यकक्षमै पुगेका चन्दसंग केहि समय वादविवाद भयो, अन्ततः चन्दले तँलाई मार्न आएको हुँ भन्दै हातमा रहेको फलामको प्लास प्रहार गर्दै उपाध्यक्ष भट्टलाई कार्यकक्षमै कुटेको उपाध्यक्षको आरोप छ । झगडा भएकै बेला पुगेका एक स्थानियले छुटाएका हुन् । 

घटनासंग जोडिएको विद्युत आयोजनाको बिषय
उपाध्यक्ष भट्टलाई कुटपीट गरिएको घटनामा संलग्न पीडक र पीडित भनिएका दुवै व्यक्ति विद्युत आयोजनाका ठेकेदारबाट पीडित छन् । 

अढाई बर्ष अघिदेखी पञ्चेश्वर गाउँपालिकामा विद्युत विस्तार गरिरहेका रामेछापका ठेकेदार कुमार खड्काले काम गराए वाफत पञ्चेश्वरका कामदारहरुको पैषा दिएका छैनन् । 

उनले कामदारको मात्रै नभई दिपकले काम गरेको र उपाध्यक्ष बिनाका पति नरीको होटलमा खानबस्न वाफतको पैषा समेत तिरेका छैनन् । 

ठेकेदार खड्काका कामदारहरुको बासस्थानका लागि अन्यत्र व्यवस्था नहुँदा उपाध्यक्षका श्रीमान नरी भट्टको होटेलमा बासको व्यवस्था गरिएको थियो । कामदारहरुलाई खानबस्न मात्रै नभई नगद पैषा र सामान ढुवानी गर्न ट्याक्टर समेत नरीले नै उपलब्ध गराउने गर्दथे । 

यता दिपक चन्द कामदार परिचालनको जिम्मामा थिए । ठेकेदारले करिव डेढ बर्ष सम्म काम गर्दा पञ्चेश्वरमा १७ लाख रकम तिर्नै बाँकी छ । ठेकेदारले अहिले सम्म ४लाख मात्रै पठाएको र जुन रकम कामदारहरुलाई वितरण भैसकेको छ । 

१७ लाख ठेकेदारबाट पाउन बाँकी रहेकै अवस्थामा उपाध्यक्ष भट्टले व्यक्तिगत ऋण निकालेर समेत कामदारहरुलाई ३लाख दिइसकेकी छन् ।

उपाध्यक्ष भट्टले भनिन्‘म गाउँपालिकाको जिम्मेवार व्यक्ति भएकाले ठेकेदारले नदिएपनि समस्यामा परेका कामदारहरुलाई ऋण निकालेर ३ लाख रकम दिएकी छु । यसैबीचमा मेरो घरबाट ७ तोला सुन चोरी भयो, म ठुलो आर्थीक संकटमा परेँ । यसैमा कामदारहरुको तनाव थियो ।’ 

विद्युत आयोजना निर्माणको ५० प्रतिशत मात्रै काम गरेका ठेकेदारले ७० प्रतिशत काम गरेको भन्दै नेपाल विद्युत प्राधिकरण प्रादेशीक कार्यालय अत्तरीयाबाट भुक्तानी लिइसकेका छन्, तर कामदारको पैषा तिर्नै बाँकी छ । 

यता दिपक चन्दले भने आफुले पाउनुपर्ने रकम ठेकेदारको निकट भन्दै उपाध्यक्ष भट्टबाट माग्न खोजिरेका थिए । 

ठेकेदार कम्पनीबाट उपाध्यक्षका पती नरीले मात्रै १४लाख रकम पाउन बाँकी छ भने, दिपक चन्दले ३ लाखको हाराहारीमा रकम पाउन बाँकी देखिन्छ । विद्युत ठेकेदार खड्का अहिले पीडित कामदारको सम्पर्क नरहेको बताइन्छ । 
दिपकले उपाध्यक्षबाट किन पैषा मागे ?
पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष भट्ट अहिले दोश्रो कार्यकालका लागि चुनाव जितेर उपाध्यक्ष बनेकी हुन् । उनले पहिलो कार्यकालमा चुनाव जित्दा नै पालिकाभरी विद्युत विस्तार गर्ने प्रतिवद्धता जनाएकी थिइन् । तर विद्युत प्राधिकरणबाट वडा न.१देखी ४ सम्मका लागि मात्रै योजना आयो । तर ठेकेदारले विद्युत विस्तारको काम भने वडा न.६सहित थप ठाउँमा समेत गरेका छन् । जुन गाउँपालिकाबाट तिर्नु पर्ने रकम थियो । गाउँपालिका बाटै भएपनि कामदारको केहि रकम तिरिदिने उपाध्यक्षको सोच पनि थियो । उक्त रकमको लागि उपाध्यक्षले पालिकामा पटक पटक पहल समेत गरिन् । तर प्रकृया पुरागर्न नसक्दा पालिकाबाट रकम प्राप्त भएन् । तर दिपकले पैषाका लागि उपाध्यक्षलाई आग्रह गरिरहन्थे । अन्ततः उनको आग्रहको सिमा नाघेपछी आक्रोसमा उपाध्यक्ष माथी हातपात गरेका हुन् । 

गाउँपालिकाबासीका लागि विद्युत सुविधा पु¥याउन तन, मन, धन लगाएकी उपाध्यक्षका पतिले होटलको पैषा नै पाएका छैनन् भने, गाउँपालिकाको समेत साथ नपाएकी उपाध्यक्ष अन्तमा ठेकेदारका कामदारबाट पटक पटक अभद्र व्यवहार भोगेर कार्यकक्षमै कुटिइन् । 

यस घटनालाई नजिकबाट नियालेका व्यक्तिहरु दिपकले काम गरे वाफतको पैषा पाउनुपर्ने  बताउछन् । तर मदिरा सेवन गरेर गाउँपालिकामा छिर्नु र उपाध्यक्ष माथी हातपात गर्नु गल्ती भएको स्थानियबासीको भनाई छ ।

उपाध्यक्ष बिना पनि आफुमाथी हातपात भएको भोलीपल्ट सम्म उजुरी नगर्ने मानसिकतामा बताउछीन् । तर घटनाको २दिन सम्म गाउँपालिका अध्यक्ष चुपचाप देखिनु र दिपकले धम्की दिन थालेपछि उजुरी गरेको उपाध्यक्ष भट्टको भनाई छ । 

दिपक माथी अभद्र व्यवहारको मुद्धामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । हिरासतमा रहेका दिपकका आफन्तले भने झडप भएका दिन दुवै पक्षको गल्ती रहेको बताएकाछन् । दिपकका भाई राकेशले पहिला उपाध्यक्षले नै गालीग्लौज गरेपछि घटना भएको दावी गरे ।


प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्