Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुप मातहतका बैतडीका ३ क्याम्पसमा नेविसंघको क्लीन स्विप
सुप मातहतका बैतडीका ३ क्याम्पसमा नेविसंघको क्लीन स्विप त्रिबिका ४ क्याम्पसमध्ये २ मा अनेरास्ववियुका प्यानलै विजयी
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, चैत ८, २०७९

बैतडी : सुदूरपश्चिम विश्व विद्यालय मातहतका बैतडीका ३ क्याम्पसमा नेविसंघ विजयी भएको छ। बुधबार भएको स्ववियु चुनावामा सुप विश्वा विद्यालय मातहतका ३ वटै क्याम्पसमा जीत निकाल्दै क्लीन स्वीप गरेको हो। 


मणिलेक क्याम्पस मेलौली, जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी र पाटन बहुमुखी क्याम्पस पाटनमा कांग्रेस निकट नेविसंघ विजयी भएको हो। मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतीमा नेवि संघको प्यानलै विजयी भएको छ। 

अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानलै विजयी भएको हो। सभापतिमा नेविसंघका नवराज भट्ट विजयी भएका छन्। उनले ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत प्राप्त गरे। 

सचिवमा नेवि संघका निरज भट्ट वियजी भए। कोषाध्यक्षमा पनि नेवि संघकै सुशीला नेगी विजयी भइन्। सदस्यमा नेवि संघकै पूजा चन्द, दिनेश सिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भए। 

त्यसैगरी जगन्नाथ बहुमुखी क्याम्पसमा नेवि संघका धनी भट्ट विजयी भए। उनले १२० मत ल्याए। उनका प्रतिद्वन्द्वी अनेरास्ववियका योगेश मौनीले ३६ मतमात्रै ल्याए। 
सचिवमा नेविसंघकै किशोरराज पन्त (११८), कोषाध्यक्षमा ममता भट्ट (११०), सदस्यमा पनि नेविसंघकै गिता बोहरा, ललिता चन्द, र विन्दु कुमारी बडु विजयी भइन्। 

पाटन बहुमुखी क्याम्पसमा नेवी संघकी भागरथी भट्ट विजयी भएकी छन्। अखिल क्रान्तिकारी र नेविसंघको सयुक्त गठबन्धनकी साझा उम्मेदवार समेत रहेकी भागरथी भट्ट विजयी भएकी हुन्। उनले ८९ मत ल्याइन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत ल्याए। स्वतन्त्र उम्मेदवार अमरराज भट्टले ५० मत प्राप्त गरे।
 
त्रिबिका ४ क्याम्पसमध्ये २ मा अनेरास्ववियुका प्यानलै विजयी
त्रिवि मातहतका बैतडीका चार वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको छ। दुई क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ भने एकमा अखिल क्रान्तिकारी र एकमा नेविसंघ विजयी भएको छ। श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सभापति शम्भुराज गिरी प्यानलै विजयी भएको थियो। 

त्यसैगरी नवप्रभात संयुक्त क्याम्पसमा पनि अनेरास्ववियुकी सभापति रेखा घटालको प्यानलै विजयी भएको छ। सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबाट सभापतिका साझा उम्मेदवार मोहन बहादुर बोहरा प्यानल विजयी भएको हो। 

पुर्चौंडी बहुमुखी क्याम्पसको सभापतीमा सनेविसंघकी बागमती कुमारी ऐर निर्वाचित भएकी छन्। सचिवमा पनि नेविसंघका हेमन्त साउँद निर्वाचित हुदा कोषाध्यक्षमा भने अनेरास्ववियुकी गीता भण्डारी विजयी भएकी छन्। 

त्रिबि मातहतका ६ वटा क्याम्पस रहेकोमा २ क्याम्पसमा तलाबन्दीका कारण निर्वाचन हुन सकेन। सिगास शिक्षा क्याम्पस र बैतडी शिक्षा क्याम्पस शाहिलेकमा तालाबन्दीका कारण निर्वाचन हुन सकेन। 


प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २०:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्