Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन विमानस्थल एक वर्षदेखि ठप्प, समिट एयरले उडान रद्ध ग¥यो
बैतडीको पाटन विमानस्थल एक वर्षदेखि ठप्प, समिट एयरले उडान रद्ध ग¥यो
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, चैत ९, २०७९

बैतडी, 
बैतडीका पाटन विमानस्थल एक वर्षदेखि ठप्प छ । यहाँ गतवर्षको चैत १० गते समिट एयरले उडान भरेको थियो । त्यसयता उडान हुन सकेको छैन । यात्रु अभावको कारण देखाउदै चैत्र १० गतेयता उडान नभरेको समिट एयरले अब उडान नभर्ने बताइसकेको छ ।
यात्रु नभएकै कारण समिट एयरले धनगढी–पाटन उडान लगभग स्थगित गरिदिएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए । भाडा बढेकाले पनि यात्रुहरु पाउन छाडेपछि उडान नभरेको उनले बताए । ‘भाढा बढेको छ, यात्रु भेटिदैनन, अब रद्ध भइसकेको हो, अब समिट एयरले धनगढी–पाटन उडान भर्दैन,’ उनले भने । पाटनदेखी धनगढी पुग्न १७ मिनेटको हवाइ यात्रा छ । भाडा भने ५ हजार तोकिएको छ । समिटले प्रत्येक बिहिबार उडान भर्दै आएको थियो ।
नियमित रुपमा यात्रुहरुले नपाउँदा समिट एयरलाइन्सले उडान भर्न छोडेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउछन् । ‘धनगढीबाट पाटन जादा समेत प्लेन भरिदैन, त्यसैले समिटले उडान भरेको छैन,’ विमानस्थल प्रमुख भट्टले भने, ‘समिटले यात्रु नपाएकै कारणले उडान भरीरहेको छैन,’ उनले भने । 
द्धन्दकालका बेला विमानस्थलका संरचनामा आगजनी गरि ध्वस्त भएपछि २०५२ सालयता पुर्णरुपमा विमानस्थल बन्द  रहेको थियो । २६ बर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परिक्षण उडान गरेको थियो । सोही दिन तत्कालित पर्यटन मन्त्री योगेश भट्टराईले बैतडीको पाटनसहित डोटीको दिपायल र बझाङको देवल बिमानस्थलको उद्घाटन गरेका थिए । विमानस्थल उद्घाटन समारोहमा बोल्दै तत्कालिन मन्त्री भट्टराईले सुदूर पहाडमा नियमित उडान हुने बताएका थिए । 
नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेका सेवाग्राहीको भनाइ छ। ‘नियमित उडान हुने ठेगानसमेत हुँदैन, कहिले आउने कहिले नआउने, भाडा पनि महँगो भयो,’ पाटनका निवर्तमान मेयर केशव बहादुर चन्दले भने । 

११ करोड लागतमा निर्माण सम्पन्न भएको बिमानस्ल ठप्प छ । ५ करोड लागतमा हालैमात्र ट्रमिनल भवन समेत बनीसकेको छ । राज्यले करोडौ लगानी गरेर निर्माण गरेका संरचनाहरु प्रयोग बिहिन छन् । 
भाडा समायोजन गरी यात्रुहरुको सहजताका लागि नियमित उडान भर्नुपर्ने अर्का स्थानीय चमन कुमार भण्डारी बताउछन् । ‘१७ मिनेटको हवाई दुरीमा ५ हजार भाडा धेरै हो, समायोजन गरेर नियमित सञ्चालन गर्न सके हज हुन्थ्यो, यात्रुपनि भेटिन्छन्,’ उनले भने ।  
चैत्र १० गतेको पछिल्लो अन्तिम उडानका बखत ४ हजार ५ सय रुपैयाँ भाडा कायम भएको थियो। त्यसपछि भाडा ५ हजार कायम गरिएको छ । भाडा निरन्तर बढ्दै गएका कारण यात्रुहरु भेटन छाडेका हुन् । २०७७ असोज १७ गते पहिलो पटक उडान भरेको समिट एयरले केहि महिना ३८ सय रुपैया भाडा कायम गर्दै उडान भरेको थियो । 
२०५२ सालदेखि बन्द रहेको पाटन विमानस्थल ११ करोडको लागतमा २०७७ मा निर्माण सम्पन्न भएको हो । २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको धावनमार्ग र घेरपर्खाल निर्माण गरिएको थियो । यसैगरी गत २०७८ भदौदेखि निर्माण सुरु गरिएको ट्रमिनल भवन समेत बनीसकेको छ । ४ करोढ ९७ लाख लागतमा ट्रमिनल भवन निर्माणको काम सम्पन्न भइसकेको निर्माण आयोजना कार्यालयका इन्जिनियर कबिन्द्र बज्राचार्यले जानकारी दिए । ‘गत भदौदेखि निर्माण सुरु गरका हौँ, हालै सम्पन्न भइसकेको छ, सञ्चारका आवस्यक अन्य उपकरण ल्याएर प्रयोगमा ल्याउन सकिन्छ,’ इन्जिनियर बज्राचार्यले भने । 


प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्