Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • १८ बर्ष देखी सिंचाई पीडितको दौडधूप
१८ बर्ष देखी सिंचाई पीडितको दौडधूप
सीपी लोहिया
सीपी लोहिया बिहीबार, चैत ९, २०७९

बैतडी,
बैतडीको मेलौली नगरपालिका वडा न. १ मुदुरे स्यालतडीको १० हेक्टर खेतियोग्य जमिन सिचाँईको अभावमा १८ बर्षदेखी बाँझै रहेको छ ।

वि.स.२०६२ सालमा पहिरोले सिचाँई कुलो भत्काएपछि त्यस गाँउका ५०परिवार बासिन्दाहरु विस्थापीत  भएर अहिले मेलौली–६ मा बस्दै आएकाछन् । पुर्खाले बनाएको कुलो भत्किदा स्थानियबासीहरु बेला– बेलामा आफै मर्मत गर्दथे । तर अन्तीम पटकको ठुलो पहिरोले कुलोको नामनिसाना मेटाएपछी  गाउँलेहरुकै बलबुताले मर्मत गर्न सक्ने अवस्था नहुँदा विस्थीत हुनुपरेको हो । 

विस्थापीत किसानहरुले सिंचाई योजना निर्माणका लागि सबै सरकारी निकायहरुमा दर्जनौँ पटक माग गरेपनि समस्या समाधान नभएको स्थानिय जयदत्त भट्टले बताए । उनले भने, ‘हामी ५० घरपरिवार मुदुरे स्यालतडीमै फलाएको अन्न, तरकारी र फलफुलमा आत्मनिर्भर थियौँ । हामीलाई बाहै्र महिना खान पुदथ्यो । तर ०६२सालमा आएको पहिरोले कुलो नै भत्काइदिदाँ हाम्रो पुरै रोजिरोटी बनदभयो । तत्कालिन गा.वि.स., जि.वि.स. देखी सबै निकायहरुमा पहल ग¥यौँ, अहिलेपनि वडा, नगर, जिल्ला, प्रदेश र केन्द्रीय स्तरका सबै निकायमा पहल गरिरहेका छौँ, तर कसैले टेरेका छैनन् । हाम्रो गाउँमा ठुलो नेता नभएका कारण योजना पाउन नसकेको निश्कर्षमा पुगेका छौँ ।’ 

उक्त ठाउँमा सिँचाई योजनाका लागि आर्थिक बर्ष २०७५÷०७६मा डेढ करोड रकम बजेट आएर फिर्ता गएको स्थानिय कृषक लालमणी भट्टले बताए । उनले भने,‘हाम्रो दर्जनौँ पटकको प्रयासपछी सिचाँई डिभिजन कार्यालय मार्फत योजना आएको भन्ने सुन्दा खुसी भयौँ, उपभोक्ता समिति गठन गर्न भनियो र गठन ग¥यौँँ, सम्झौताका लागि पटक–पटक बोलाउदाँ आयौँ तर विभिन्न बाहानामा सम्झौता गरिदिएनन् । आर्थिक बर्षको अन्तीममा अर्को पटक हेरौँला भन्ने जवाफ आयो ।’ सिँचाई डिभिजन कार्यालय पाटन बैतडीका तत्कालिन प्रमुख तेज दाहालको लापरवाहीका कारण आयोजना फ्रिज गएको पीडित पक्षको आरोप रहेको छ । 

मुदुरे स्यालतडीमा खेतियोग्य जमिनको नजिकैबाट सुर्नया नदी बग्ने गर्दछ । तर जमिनमा नदीको पानी पानी पुगाउने व्यवस्था छैन् । १८ बर्ष यता खेतिपाती रोकिदाँ जमिनलाई झाडीले पुर्दै गएको छ । 

सिंचाई सुविधाको अभावमा कृषि कर्म गर्न नपाएका किसानहरु मजदुरी गर्न भारत पलायन भएका छन् । किसानहरु हरेक निकायमा निरन्तर धाइरहेका छन् । उनिहरुले बेला बेला जिल्ला स्थीत सरोकारवाला निकाय संग समेत छलफल तथा अन्तरक्रिया गर्ने गरेका छन् । अहिले सिंचाई डिभिजन कार्यालय प्रमुख संजय डंगोलले आयोजना प्राप्तीका लागि प्रकृया अघि बढाउने आश्वासन दिएका छन् । उनले भने,‘यसअघि विभिन्न प्राविधिक समस्याका कारण सिंचाई आयोजना अघि नबढेको देखिन्छ । अब आगामी आर्थीक बर्षका योजनाहरुको प्रकृया अघि बढाउने बेला मुदुरे स्यालतडीको योजनालाई प्राथमिकतामा राख्नेछौँ ।’

मुदुरे स्यालतडीमा सिँचाई आयोजना बनाउनुपर्ने विषयमा परिवर्तनका लागि कार्यरत युवा समुह(थ्ब्ऋ ल्भउब)ि धनगढीले पैरवी गर्दै आएको छ । किसानहरुको समस्यालाई मध्यनजर गर्दै यस विषयमा ८ बर्ष देखी पैरवी गर्दै आएको परियोजना संयोजक देवी खनालले बताए । उनले भने,‘मुदुरे स्यालतडीमा खेतियोग्य जमिनका साथै जंगल र पानी समेत प्रयाप्त भएकाले पशुपालन र माछा पालनको समेत ठुलो सम्भावना छ तर सिंचाई अभावका कारण किसानहरु त्यहाँ बस्नै छाडीसके, सिंचाईको योजना प्राप्त भएमा किसानहरु कृषिमा आत्र्मनिर्भर र व्यवसायीक समेत बन्न सक्नेछन् ।’

सिंचाई अभावमा गाउँबाटै विस्थापीत किसानहरु संघर्ष गर्दागर्दै बृद्ध हुन् थालिसकेका छन् । निर्वाहमुखी मात्रै नभई व्यवसायीमुखी खेतिपाती गर्ने सोच बनाएका उनिहरु सिंचाईका लागि तड्पीएकाछन् । पीडित किसानहरुले जानेबुझेका सरकारी कार्यालय र राजनितिक दलहरु समक्ष माग राख्दै आएका छन् । तर समस्या समाधन नहुँदा निरास भैसकेकाछन् । तर उनिहरु हाम्रो पनि सरकार छ भन्दै संघर्षबाट विचलीत भने भएका छैनन् । 
 


प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:००
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्