Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जसले ठेक्का पाएर समेत डुंगा सञ्चालन गर्न पाएनन्
जसले ठेक्का पाएर समेत डुंगा सञ्चालन गर्न पाएनन्
सीपी लोहिया
सीपी लोहिया शनिबार, चैत १८, २०७९

बैतडी  । 
बैतडीको पञ्चेश्वरका डुंगा चालक सुरेन्द्र चन्द नेपाल–भारत सिमानदी महाकालीमा डुंगा चलाएरै जिवनयापन गर्दै आएका थिए । गतवर्ष देखी उनले डुंगा सञ्चालन गर्न नपाउदाँ रोजिरोटी नै बन्द भएको छ । 

बैतडी स्थीत महाकाली नदीका ८ ओटा घाटहरु मध्ये अन्य ठाउँमा सहजै डुंगा सञ्चालनमा रहेपनी बिनायक घाटमा डुंगा सञ्चालन गर्न समस्या भएको छ ।  

बिनायक घाटमा डुंगा चलाउन ६६ हजार राजश्व सहित २लाख रकम खर्च गरेका चन्दले डुंगा सञ्चालन गर्न नसकेका हुन् । उनले १लाख २०हजार बढी रकम डुंगा निर्माण गर्न लगानी गरेका छन् । काठबाट निर्मीत  डुंगाको म्याद १बर्ष मात्रै हुने भएकाले डुंगा बिग्रदैँ गएको छ ।  

पीडित चन्दले भने,‘गाउँपालिकाले खोलेको ठेक्कामा मैले ६६हजार रकम तिरेर डुंगा चलाउने अनुमती पाएको थिएँ तर डुंगा चलाउन खोज्दा भारतीय सिमा सुरक्षा बल(एसएसबी)ले रोक्ने गरेको छ । भारत प्रशासनको अनुमती चाहीयो भन्छन्, गाउँपालिकाको अनुमती देखाउदाँ मान्दैनन्, अन्य घाटहरुमा भने सहजै डुंगा चलेको छ । मैले पटक–पटक गाउँपालिकामा धाएपनि कुनै सुनुवाई भएको छैन् । मलाई अनुमतीका लागी तिरेको ६६हजार रकम फिर्ता गरिदिएपनि चित्त बुझाउने थिएँ ।’ 

गाउँपालिकालाई बुझाएको रकम फिर्ता गर्न नमिल्ने पञ्चेश्वर गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहराले भने,‘पीडित व्यक्ति हाम्रो कार्यालयमा धाउने गर्नुहुन्छ, उहाँ समस्यामा पनि हुनुहुन्छ, तर राजश्व तिरेको पैषा फिर्ता गर्न भने मिल्दैन् ।’

सिमानदी महाकालीका अन्य घाटहरुमा सहजै डुंगा सञ्चालनमा रहेपनी बिनायकमा डुंगा चलाउन नपाउनु दुखद पक्ष भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए । उनले भने,‘विगतमा जिल्ला विकास समिति मार्फत ठेक्का खोल्ने गरिएकोमा पछिल्लो समय हामीले ठेक्का खोल्छौँ । अन्य घाटहरुमा ठेक्का परेका व्यक्तिले सहजै डुंगा चलाएका छन् । बिनायकमा मात्रै यस्तो समस्या आयो । यसका लागि जिल्ला प्रशासन देखी सम्बनधीत ठाउँहरुमा खबर गयौँ । तर समस्या सुल्झिएको छैन् । भारतीय जिल्ला प्रमुखको अनुमती खोजेकोमा कसरी के गर्ने समस्या भएको छ । यसका लागी प्रशासन लगायत माथील्लो निकायको भुमिका जरुरी देखिन्छ । भारतको चम्पावत जिल्लासंग जोडिएका घाटमा समस्या छैन् तर पिथौरागड संग जोडिएको घाटमा आएको पहिलो समस्या हो । अझैपनी कसरी समस्याको समाधान हुन्छ हामी प्रयासरत छौँ ।’

भारतीय नागरिकहरुले महाकाली नदिमा ट्यूव मार्फत मान्छे तारेर रकम असुल्ने गरेका कारण नेपाली नागरिकलाई डुंगा सञ्चालनमा रोक लगाएको बुझिएको छ । 

पञ्चेश्वर गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया र पञ्चेश्वर घाट तथा शिवनाथका घाटमा पनि  सहजै डुंगा सञ्चालनमा छन् । यी घाटहरुबाट भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने व्यक्ति र सरसामान ओसारपसार गर्ने गरिएको छ । 


प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्