बैतडीका स्थानीय तहहरुले भूमीहीनहरुको तथ्यांक संकलनमा ढिलाई गरीरहेका छन् । भूमीनहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थीत रुपमा बसोबास गरीरहेको व्यक्तिहरुको तथ्यांक संकलनमा ढिलाइ गरीरहेका हुन् । १० स्थानीय तह मध्ये ४ पालिकाले मात्रै भूमीहिन दलित, सुकुम्बासी र अव्यवस्थीत बसोबासीको तथ्याङ्क संकलन गरेका छन् ।
पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाले मात्रै तथ्यांक संकलन गरेको राष्ट्रिय भूमी आयोग कार्यालय बैतडीका अध्यक्ष धर्मसिह ऐर (कपिल) ले जानकारी दिए । बाँकी स्थानीय तहहरुलाई पटक–पटक तथ्यांक संकलनको कामलाई गर्न भनिएको भएपनि ढिलाई भैरहेको उनले बताए । ‘भूमीहीन र अव्यवस्थीत बसोबासीको लगत संकलनका लागि पालिकाहरुलाई समय समयमा पत्र काटेका छौ,तर अझै लगत संकलनको काम पुरा गर्न सकेका छैनन्’ उनले भने
भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीको तथ्यांक संकलनका बिषयमा नगरपालिका कुनै निर्णय नभएको पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रशाद भट्टले बताए । पुरानो कार्य समितिले केही वडाहरुको लगत संकलन गरी पठाएको भएपनि निर्णय हुन बाँकी रहेको उनले बताए । ‘नगरप्रमुख अध्यक्षतामा गठन गरिएको समितिले वडाबाट आएको तथ्यांकलाई अन्तीम रुप दिने गर्दछ, त्यसपछि मात्रै जग्गाको व्यवस्थापनका लागि आयोग पठाउनुपर्ने हुन्छ’ उनले भने ‘त्यस सम्बन्धि निर्णय हुन बाँकी छ ।’
सिगास गाउँपालिकाले लगत संकलनको काम अन्तिम चरणमा पुगेको जनाएको छ। वडा २ र ६ बाहेक सवै वडाबाट भूमीहिन दलित, सुकुम्बासी र अव्यवस्थीत बसोबासीको तथ्यांक पालिका पुगीसकेको र बाँकी रहेका वडाहरुबाट तथ्यांक आउने वित्तिकै अन्तिम रुप दिएर आयोगलाई पठाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम सिह बोहराले बताए ।
आयोगले असोज ४ गते भित्र भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीको गरि सक्न भनेको थियो तर ६ महिना भन्दा भैसक्दा पनि तथ्यांक संकलनको काम पुरा हुन सकेको छैन् । केही महिना अघि मात्रै भूमी आयोग संग सम्झौता गरेको दशरथचन्द नगरपालिकाले तथ्यांक अप्डेट गर्ने कुनै काम अघि नबढेको जनाएको छ । प्रमुख प्रशाकीय अधिकृत विनोद बहादुर चन्दले पहिलेको तथ्यांक अप्डेटिङको कामलाई छिट्टै गर्ने बताए ।
स्थानीय तहहरुले संकलन गरेको तथ्याङ्क इन्ट्रि गरेर केन्द्रिय कार्यालय पठाइने र त्यसपछि लालपूर्जा वितरणको प्रकृया अगाडी बढ्ने राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीले जनाएको छ ।