Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा भूमिहीनको तथ्यांक सङ्कलनमा ढिलाई
बैतडीमा भूमिहीनको तथ्यांक सङ्कलनमा ढिलाई
डम्बर बोहरा
डम्बर बोहरा शुक्रबार, चैत २४, २०७९

बैतडी । 
बैतडीका स्थानीय तहहरूले भूमिहीनहरूको तथ्यांक सङ्कलनमा ढिलाई गरिरहेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित रुपमा बसोबास गरिरहेको व्यक्तिहरूको तथ्यांक सङ्कलनमा ढिलाइ गरिरहेका हुन् । १० स्थानीय तह मध्ये ४ पालिकाले मात्रै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको तथ्याङ्क संकलन गरेका छन् । 

पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाले मात्रै तथ्यांक संकलन गरेको राष्ट्रिय भूमि आयोग कार्यालय बैतडीका अध्यक्ष धर्मसिह ऐर (कपिल) ले जानकारी दिनुभयो । बाँकी स्थानीय तहहरु लाई पटक – पटक तथ्यांक सङ्कलनको कामलाई गर्न भनिएको भएपनि ढिलाई भैरहेको उहाँले बताउनुभयो । ‘भूमिहीन र अव्यवस्थित बसोवासीको लगत सङ्कलनका लागि पालिकाहरूलाई समय समयमा पत्र काटेका छौ, तर अझै लगत सङ्कलनको काम पुरा गर्न सकेका छैनन्’ उहाँले भन्नुभयो । 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको तथ्यांक सङ्कलनका विषयमा नगरपालिका कुनै निर्णय नभएको पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद भट्टले बताउनुभयो । पुरानो कार्य समितिले केही वडाहरुको लगत संकलन गरी पठाएको भएपनि निर्णय हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । ‘नगरप्रमुख अध्यक्षतामा गठन गरिएको समितिले वडाबाट आएको तथ्याङ्कलाई अन्तिमरूप दिने गर्दछ, त्यसपछि मात्रै जग्गाको व्यवस्थापनका लागि आयोग पठाउनुपर्ने हुन्छ ’उहाँले भन्नुभयो ‘त्यस सम्बन्धी निर्णय हुन बाँकी छ ।’

सिगास गाउँपालिकाले लगत सङ्कलनको काम अन्तिम चरणमा पुगेको जनाएको छ। वडा २ र ६ बाहेक सबै वडाबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको तथ्यांक पालिका पुगिसकेको र बाँकी रहेका वडाहरुबाट तथ्यांक आउने बित्तिकै अन्तिम रुप दिएर आयोगलाई पठाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम सिह बोहराले बताउनुभयो । आयोगले असोज ४ गते भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको गरि सक्न भनेको थियो तर ६ महिना भन्दा भैसक्दा पनि तथ्यांक सङ्कलनको काम पुरा हुन सकेको छैन् । 

केही महिना अघि मात्रै भूमि आयोग सँग सम्झौता गरेको दशरथचन्द नगरपालिकाले तथ्यांक अपडेट गर्ने कुनै काम अघि नबढेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत विनोद बहादुर चन्दले पहिलेको तथ्यांक अप्रेटिङको कामलाई छिट्टै गर्ने बताउनुभयो । स्थानीय तहहरूले संकलन गरेको तथ्याङ्क इन्ट्री गरेर केन्द्रिय कार्यालय पठाइने र त्यसपछि लालपूर्जा वितरणको प्रकृया अगाडि बढ्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीले जनाएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्