Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका वडा कार्यालयको सिफारिसमा त्रुटि नै त्रुटि, सेवाग्राही दुःख पाउँछन्
बैतडीका वडा कार्यालयको सिफारिसमा त्रुटि नै त्रुटि, सेवाग्राही दुःख पाउँछन् वडा कार्यालयले प्रदान गर्ने सिफारिसमा छाप समेत लगाइएको हुदैन । सेवाग्राही दैनिकजसो रित्तोहात फर्किन्छन्
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, चैत २५, २०७९
सिफारिसमा त्रुटि भएका कारण नागरिकता नबन्नेभएपछि निरास बनेका मनिसा र उनकी आमाः तस्बिर कृष्ण बिष्ट,

बैतडीको शिवनाथ गाउँपालिका –२ का बीर सिंह साउँद छोराको नागरिकता बनाउन आइतबार जिल्ला प्रशासन कार्यालय पुगे । उनीसँगै मनिसा साउँद र दुई जना अन्य सेवाग्राही थिए । तर वडा कार्यालयले पठाएको सिफारिसमा व्यापक त्रुटि भेटिएपछि नागरिकता नबनाएरै फर्किए । १२ हजारमा जिप रिजर्भ गरेर सदरमुकाम पुगेका बीर सिंह साउँद सँगै अन्य तीनजना सेवाग्राही रित्तोहात फर्किए । ‘हाम्रो ग्रामीण सडकमा यातायात चल्दैन, समुह बनाएर जिप बुकिङ गरेर आएका हौँ,’ साउँदले भने, ‘वडा कार्यालयले सिफारिस गर्दा त्रुटी गरेपछि नागरिकता नबनाएरै फर्किनु प¥यो,’ उनले भने ।  
बीर सिंह साउँदका छोरा विशाल साउँदको नागरिकताको सिफारिसमा विद्यालयको विद्यार्थी परिचयपत्रमा प्रयोग गरिएको रातो फ्रेमको फोटो थियो भने अर्की सेवाग्राही मनिसा चन्दको सिफारिसमा वडा कार्यालयको छाप समेत थिएन । यसैगरी सोही वडाका अर्का सेवाग्राहीको कागजातमा जन्ममिति फरक भएको कागजात पेस गरेको सिफारिस गरेपछि रित्तोहात फर्किए । 

Bir sih Saud1680921431.jpgसिफारिस त्रुटीका कारण नागरिकता नबन्ने भएपछि निरास बनेका शिवनाथ गाउँपालिका – २ का बीर सिंह साउद र उनका छोरा, तस्बिरः कृष्ण बिष्ट

मेलौली नगरपालिका–२ का सन्तोष भाटपनि वडा कार्यालयको सिफारिसमा भएको त्रुटीका कारण घर फर्किए । नागरिकताका लागि बिना कलरको साधा फोटो टाँसेर जिल्ला प्रशासन कार्यालय पुगेका भाटलाई प्रशासनको नागरिकता फाँटमा कार्यरत कर्मचारीहरुले फर्काइदिए । ‘वडा सचिवले यसै फोटोमा सिफारिस बनाइदिए, वडा अध्यक्षले पनि दस्तखत गरे, फोटो बदल्नुहोस् भनेकोभए त्यहि बदलेर आउथ्यौँ, अब रित्तै फर्किनु प¥यो ,’ सन्तोषले दुःखेसो पोखे । 
त्रुटि भएका नागरीकताका सिफारिस हेर्दै प्रमुख जिल्ल अधिकारी सुरेश पन्थीले वडा सचिव र जनप्रतिनिधिहरूको कमजोरीका कारण सेवाग्राहीले दुःख पाएको बताए । ‘समान्य सिफारिसमा समेत व्यापक त्रुटि गरिरहेका छन्, यस्ता कमजोरीका घटनाहरू धेरै आइरहेका छन्, बिना छापको सिफारिस पठउँनु ठुलो कमजोरी हो,’ । प्रमुख जिल्ला अधिकारी पन्थीले भने ।
घटना दर्ता लगायत सिफारिसका सम्बन्धमा जनप्रतिनिधि र कर्मचारीलाई बेलाबेला तालिम तथा सूचना मार्फत जानकारी गराउँदा गराउदैपनि त्रुटि हुने क्रम नरोकिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । ‘हामिले फागुन २५ गतेदेखि २७ गतेसम्म वडा सचिव र सचिवहरूलाई घटना दर्ताको सम्बन्धमा तालिम दियौँ,’ फेरी पनि त्रुटी भइरहेको छ । 

Wadako Sifarish1680921567.jpgशिवनाथ गाउँपालिका –२ को कार्यालयबाट मनिसा चन्दको नागरिकताका लागि बिना छाप पठाइएको सिफारिसपत्र, तस्बिर: कृष्ण बिष्ट, 

वडाको सिफारिसमा देखिएको त्रुटीका कारण दैनिकजसो सेवाग्राहीहरू घर फर्किने गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकर बोहराले बताए । ‘फोटोमा हल्का निलो वा सेतो फ्रेमको फोटो ल्याउन भनिरहेका हुन्छौँ, तर सिफारिसमा कँही रातो फोटो र अनुहार नै नदेखिने साधा फोटोसहितको सिफारिस पठाउँछन्, अनि सेवाग्राही फर्किन्छन् ।’ सिफारिसका सम्बन्धमा स्थानीय तह र वडा पालिकालाई दुई पटक पत्राचार गर्दापनि नसच्याउने गरेको सूचना अधिकारी बोहराले बताए । 

शिवनाथ गाउँपालिका –२ का वडा अध्यक्ष सुरेन्द्र सिंह साउँदले वडा कार्यालयबाट सिफारिस प्रदान गर्दा कमजोरी भएको स्वीकार गरेका छन् । ‘कर्मचारीहरुका कारण कमजोरी भयो, अबदेखि हुदैन,’ उनले भने । 

बेलाबेला भइरहने यस्तै कमजोरीलाई कम गर्न शिवनाथ गाउँपालिकाले पनि बैशाख १ गतेदेखि घटनादर्ता सप्ताहको आयोजना गर्ने भएको छ । वडा सचिव र वडा अध्यक्षहरुसँग अन्तरक्रिया र घटना दर्ता अभियान नै चलाउने तयारी थालिएको शिवनाथ गाउँपालिकाका सूचना अधिकारी महेश महताले जानकारी दिए । ‘यस्ता कमजोरी धेरै हुनथाले, बैशाख पहिलो साता घटनादर्ता अभियान चलाउदै छौँ, आगामी आर्थिक वर्षमा घटनादर्ता सम्बन्धी सचेताका कार्यक्रम पनि गर्ने तयारीमा छौँ,’ अधिकारी महताले भने । 

शिवनाथ गाउँपालिकाका ६ वटै वडामा प्राबिधिकहरुले वडा सचिवमा काम गरिरहेका छन् । कर्मचारी अभावकै कारण वडा प्राबिधिकहरुलाई सचिवको जिम्मवारी दिइएको शिवनाथ गाउँपालिकाले जनाएको छ । 

Dao1680921770.jpg

जिल्लाका ८४ वडा कार्यालय मध्ये ६० भन्दा बढी वडा कार्यालयमा करारका कर्मचारीले सचिवको जिम्मेवारी समालेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । कर्मचारी अभावका कारणले पनि सेवाग्राहीहरुले समस्या भोग्नुपरेको उनले बताए ।


प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्