Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका स्थानीय तहले मन्त्रालयलाई एम्बुलेन्स फिर्ता पठाए
बैतडीका स्थानीय तहले मन्त्रालयलाई एम्बुलेन्स फिर्ता पठाए
डम्बर बोहरा
डम्बर बोहरा शनिबार, चैत २५, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिकाले प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स मन्त्रालयलाई नै फिर्ता पठाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ३ वर्षअघि उपलब्ध गराएको एम्बुलेन्स मन्त्रालयलाई नै पठाएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिइन् ।

‘बेलाबेला बिग्रन थाल्यो, खर्च धेरै भयो, उनले भनिन्, मर्मत खर्च धेरैनै आउन थालेपछि मन्त्रालयलाई नै फिर्ता पठाइदियौँ ।’ उपाध्यक्ष भट्टले भनिन् । चालकहरुबाट पनि बेलाबेला गुनासो आउन थालेपछि समाजिक विकास मन्त्रालयलाई नै फिर्ता पठाएको उनले बताइन् ।

सामाजिक विकास मन्त्रालयले २०७६ कार्तिक १७ गते गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । पञ्चेश्वरको कुलाउ स्वास्थ्य चौकीले प्रयोग गर्दै आएको सो एम्बुलेन्स एक बर्षदेखी बिग्रीएर धनगढीमा थन्किएको थियो । 

मन्त्रालयले उपलब्ध गराएका एम्बुलेन्सहरु पहाडी जिल्लाका ग्रामिण सडकहरुमा सञ्चालन गर्न असहज हुने गरेको गुनासो बढेको छ । एक पटक बिरामीलाई बोकेको अवस्थामा मर्मत गर्नैपर्ने स्थितीका एम्बुलेन्स रहेको एम्बुलेन्स चालकहरुले बताएका छन् । पहाडी क्षेत्रमा झूल खाने (थोरौ स्पिड दगुराउदा हल्लिने) ब्रेक नलाग्ने, स्पिड नहाकिने लगायतका समस्या आउने गरको पञ्चेश्वर गाउँपालिकाका एम्बुलेन्स चालक राजेश शाहीले बताए ।

‘बिरामी बोकेको बेला थोरै स्पिड दगुराउनै प¥यो, थोरै स्पिड दगुराउदा पनि हल्लिने, अनियन्त्रण होला जस्तो हुने, ब्रेक समेत नलाग्ने समस्या थियो,’ चालक शाहीले भने,  ‘एक पटक धनगढीसम्म बिरामी बोक्यो भने अनिवार्य ग्यारेजमा हाल्नुपथ्र्याे, केहिनकेहि समस्या आइहाल्थ्यो,’ उनले भने ।

कतिपय समयमा बिरामी बोकेको बेला आफै बन्द भएर समस्यामा समेत परेको चालक शाहीले बताए । 

गाउँपालिकाले आफ्नै बजेटबाट एइम्बुलेन्स किन्ने तयारी थालेको उपाध्यक्ष भट्टले बताइन् । ग्रमिणसडकमा सहज रुपमा सञ्चालन हुने उम्बुलेन्स किन्ने तयारी भइरहेको उनले बताइन् । कार्यपालिकाको बैठकबाट निर्णय गरी एम्बुलेन्स मन्त्रालयलाई फिर्ता पठाएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण बमहादुर बोहराले बताए । 

यसैगरी जिल्लाको डिलासैनी गाउँपालिकाले पनि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएका एम्बुलेन्स मन्त्रालयलाई नै फिर्ता पठाउने निर्णय गरेको छ । सुरुको केही समयसम्म राम्रोसंग सञ्चालनमा आएको भएपनि एकवर्षपछि बेलाबेला बिग्रिने समस्या आएका कारण पालिकाले उक्त एम्बुलेन्स सञ्चालन गर्न नसक्ने गाउापालिकाका प्रबक्ता एवं वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले बताए ।

‘सुरुसुरुमा समस्या आएन, एक वर्षपछि त महिनैपिच्छे समस्या आउन थाल्यो, मर्मत खर्च नै धेरै लाग्न थालेपछि मन्त्रालयलाई नै फिर्ता गर्ने निर्णय ग¥यौँ’ प्रबक्ता भट्टले भने । 

पालिकासंग जोड्ने सबै सडक कच्ची भएकाले उक्त सडकहरुमा प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स सञ्चालन गर्न नसकीएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नयाँ एम्बुलेन्सका लागि रेडक्रसको केन्द्रीय कार्यालयसँग माग गरेको डिलासैनी गाउँपालिकाले जनाएको छ । डिलासैनीको एम्बुलेन्स पनि एक वर्षदेखि ठप्प थियो । 

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तीन बर्ष अघि प्रदेशका १६ वटा स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई सुविधा सम्पन्न एम्बुलेन्स उपलब्ध गराएको थियो । करोडौँ रकम खर्च गरेर मन्त्रालयले उपलब्ध गराएका अधिकांश एम्बुलेन्सहरु सञ्चालनमा छैनन् ।
 


प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्