Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका स्थानीय तहको बजेट मनपरी खर्च, सबैभन्दा बढी पञ्चेश्वरमा, दोश्रोमा पाटन
बैतडीका स्थानीय तहको बजेट मनपरी खर्च, सबैभन्दा बढी पञ्चेश्वरमा, दोश्रोमा पाटन
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, चैत २८, २०७९

बैतडी, 
स्थानीय तहमा बजेट व्यवस्थापन तथा कार्यान्वयनमा मनोमानी बढेको पाइएको छ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनले तयार पारेको रिर्पाेटमा बैतडीको पञ्चेश्वर गाउँपालिकामा सबैभन्दा बढी मनोमानी तवरले बजेट व्यवस्थापन तथा खर्च गर्ने गरिएको पाइएको हो । एक सय अंकमा पञ्चेश्वर गाउँपालिकाले जम्मा औसत अंक २७ मात्रै प्राप्त गरेको छ । 

त्यसैगरी पाटन नगरापालिकामा पनि बित्तिय व्यवस्थापन तथा कार्यान्वयनमा लापरवाही गर्ने गरेको पाइएको छ । पाटनले जम्म ३२ अंक मात्रै पाएको छ । 

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिबेदन, अनुगमन, मुल्याङ्कन तथा लेखा परीक्षण र राजश्व व्यवस्थपान गरी १० ओटा बिषयक्षेत्रमा गरिएको मुल्याङ्कनमा बैतडीको हकमा सबैभन्दा उत्तम डिलासैनी गाउँपालिकामा कार्यसम्पादन भइरहेको पाइएको हो । 

पहिलो नम्बरमा रहेको डिलासैनी गाउँपालिकाले ६५ अंक प्राप्त गरेको छ । दोश्रो स्थामा रहेको सिगास गाउँपालिकाले पनि ६५ अंक नै पाएको छ । तेश्रो स्थानमा रहेको पुर्चाैडी नगरपालिका ६२, चौथो स्थानमा रहेको शिवनाथ गाउँपालिकाले ५८.५, पाँचौ स्थानमा रहेको दोगडाकेदार गाउँपालिकाले पनि ५८.५ अंक प्राप्त गरेका छ। 

छैटौं स्थानमा रहेको सुर्नया गाउँपालिकाले ५६.५, सातौ स्थानमा रहेको दशरथचन्द नगरपालिका ४७.५, आठौँ स्थानमा रहेको मेलौली नगरपालिका ४६, नवौं स्थानमा रहेको पाटन नगरपालिका ३२ अंक मात्रै प्राप्त गरेको छ । पुछारमा रहेको पञ्चेश्वर गाउँपालिकाले २७.५ अंक मात्रै प्राप्त गरेको छ । 

पाटन नगरपालिका र मेलौलीमा आर्थिक कार्यान्वयन तथा व्यवस्थापनको पाटो बलियो नरहेको देखिएको हो । 

प्रक्रिया पु¥याएर खर्च भए नभएको बारे गरिएको मुल्याङ्कनका आधारमा मन्त्रालयले मुल्याङ्कन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीले जनाएको छ ।

समान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याकंन कार्यविधि २०७७’ जारी गरेको छ । सोही अनुसार स्थानीय तहमा भइरहेको वित्तीय व्यवस्थापन तथा जोखिमका बारेमा मल्याङ्कन गर्दै आएको छ । 

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरू पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहमा वित्तीय सुशासन संस्थागत गर्ने मुख्य उद्देश्य रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका लेखापाल भवानी  भट्टले बताए ।

एक सय सूचक तथा प्रश्नको आधारमा मूल्याङ्कन गरिएको सो प्रतिवेदनले स्थानीय तहमा वित्तिय व्यवस्थापन गर्न  प्रेरित गर्ने उनले बताए ।

 हेर्नुहोस मुल्याङ्कन तालिका 

Baitadi palika kharach1681195004.jpg


प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्