Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • नेतृत्व चुनेर गएकाहरु, परिवार नभेट्दै अस्ताए 
नेतृत्व चुनेर गएकाहरु, परिवार नभेट्दै अस्ताए 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, चैत ३०, २०७९

बैतडी, 
रोजगारीको लागि भारतको पिथौरागढमा रहेका बझाङको केदारस्यूँ गाउँपालिका–५ बाँझका जंगी बोहरासहित ११ जना विशु पर्व मनाउन घर आउने तयारी गरे । ठाउँठाउँमा गाडी बदल्न झन्जटीलो हुने भन्दै उनिहरुले मंगलबार मिलेर जिप रिजर्भ गरे । नँया वर्ष (विशु पर्वका लागि) घरका लागि चाहिने लुगाकपडा र भाँडाकुडासहितका सरसामान किनेर जिप भरीने गरी राखे ।

५ जना अटाउने जिपको पछाडीको खाली भागमा सरसमान खादिएको थियो । जिप अगाडीको सिटमा चालकसहित ७ जना सवार थिए, पछाडी खादिएको समानमाथी जंगी बोहरासहित ५ जना लहरै बसेर यात्रा गर्दै थिए । 

राती ११ बजेको समयमा जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका–८को झौलेक मोडमा एक्कसी जिप पछाडी आउन थाल्यो, जिप भिरभएतिर पुग्नथालेपछि जिपको पछाडी सामान माथी बसेका जङ्गी बोहरासहितका ५ जनाले हाम फाले, अगाडी सवार जिपसँगै भिरमा बजारीए । 

मंसिर ४ गतेको आम निर्वाचनमा मतदान गरेर मंसिर ५ गते मजदुरी गर्न भारत गएका बझाङको केदारस्यूँ गाउँपालिका–५का एकै गाँउका ६ जनाले दुर्घटनमा ज्यान गुमाए । 

जिप करिब ५ सय मिटर तल खस्यो । अगाडी सवार ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने चालक भाग्न सफल भए । दुर्घटनामा परी मृत्यु हुनेमा बझाङको केदारस्यूँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु भएकाहरु सबै एकै गाउँका  हुन ।
‘मंसिरको चुनावमा भोट हालेर गएका थियौँ, नयाँवर्ष बनाउन घर आइरहेका हौँ, दुर्घटनाले चाँडबाँड र परिवारको खुसी खोस्यो,’ जिपबाट हाम फालेर ज्यान जोगाएका अर्का महेश बोहराले भने । 
उक्त गाउँका अधिकांस स्थानीयहरु रोजगारीका लागि भारत नै जाने गरेका स्थानीय मदन धामीले बताए । ‘रोजगारीका लागि पहिलो गन्तब्य भारत नै हो, गाउँका साबैजसो युवाहरु मजदुरी गर्न भारत नै जान्छन्,’ उनले भन । जनताहरुको मत हाल्ने काममात्रै भएको धामी बताउछन् । ‘यीनिहरु पनि मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यका निर्वाचनमा मत हालेका हुन, मंसिर ५ गते घरबाट हिनेका थिए’ आफन्त समेत रहेका धामीले भने ।  


प्रहरीको आँखा छलेर जोखिम यात्रा
मंगलबार दुर्घटनामा परेको जिपको सिट क्षमता ५ जनाको हो । पछाडी खाली भागमा सामानमाथि ५ जना बसेका थिए भने जिपको भित्रपट्टी सिटमा चालक सहित ७ जना थिए । ५ जना क्षमताको सिटमा १२ जना ओसारका पाइएका छ भने जिपमा पनि खादिनेगरी ओभरलोड राखेको पाइएको छ । ‘प्रहरीले देख्ने ठाउँमा उत्रिन्थ्यिौँ, बजार क्षेत्र सकिन्थ्यो  फेरी पछाडी बस्थ्यौँ,’ पछाडी सवार जङ्गी बोहराले भने । 

झुलाघाटबाट आउने क्रममा पहिलो पटक साहिलेकमा इन्ट्री गर्दा पनि जिपमा सवार ५ जना मात्रै रहेको बताएका बुझिएको छ । चालकले साहिलेकमा रहेको ट्राफिक पोष्टमा इन्ट्री गराउदा चालक सहित ६ जना मात्रै रहेको बताएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख दशरथ नाथले बताए । ‘यहाँको ट्राफिक पोष्टमा इन्ट्री भएको छ, चालकले ५ जनामात्रै सवार रहेको देखाएका थिए, अहिले घटनापछि अगाडीको सिटमा ६ जना र जिपका पछाडी समानमाथी पनि सवार गरी चालक सहित १२ रहेछन्,’ ट्राफिक प्रमुख नाथले भने । 

साहिलेक ट्राफिक इन्ट्री पोष्टमा चेकजाँच हुनुभन्दा पहिले दुर्घटनामा परेको जिपको तस्बिर पनि सार्बजनिक भएको छ । जिपमा खादेर सरसमान राखेको दखिएको छ । साहिलेक बजारमा जिपमा सरसामान मात्रै देखिएको छ भने पछाडी मान्छे सवार नभएको देखिएको छ । यात्रुहरुका अनुसार प्रहरी चेकपोष्ट र बजार क्षेत्रमा उत्रने गरेको र बजार क्षेत्र सकिएपछि फेरी चढ्ने गरेको पुष्टि भएको हो । 

मंगलबार जिप दुर्घटनामा प्रशासनीक निकायको पनि कमजोरी देखिएको छ । झुलाघाट बाट खोडपेसम्म पाँच ठाउँमा प्रहरी चौकी रहेपनि क्षमता भन्दा बढी भार र यात्रु बोकेको बारे कुनै कारवाही नगरेको पाइएको हो ।  

प्रशासनको आँखा छलेर जिप सवार भएको देखिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । ‘हामिले सबै प्रहरी युनिटमा सोध्यौँ, पछाडी मान्छे थिएन भन्ने आएको छ, अहिले घटना हुदा पछाडी पनि सवार रहेको देखिएको छ’ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

जिल्लामा पछिल्लो समयमा बढ्दो दुर्घटना न्युनिकरणलाई कम गर्न प्रशासनिक निकाय सधैँ चनाखो भइरहेको उनको दाबी छ । ‘दुर्घटना कम गर्न हामि सधै चनाखो छौँ, हामिले चनाखो भएर मात्रै भएन, चालक सहचालक र यात्रुले पनि जिम्मेवार भैदिनु प¥यो, मंगलबारको यात्रामा जोखिमपूर्ण यात्रा रहेको देखिएको छ’ उनले भने ।  

बैतडीमा दुर्घटना बढ्दो 
बैतडीमा पछिल्ला ९ महिनाको अवधीमा १४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । साउनयता जिल्लामा दुई महिला र १२ पुरुष गरी १४ जनाको मृत्यु भएको हो । यहि अवधीमा १३ सवारीसाधन सडक दुर्घटनामा परेका छन् । ९ वटा जिप, दुई वटा मोटरसाइकल, एक ट्याक्टर र अन्य एक गरी  १३ वटा सवारी साधन सडक दुर्घटनामा परेका छन् । 

 


प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्