Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दमाहा बाजाँ र छलिया नाँच संकटमा 
दमाहा बाजाँ र छलिया नाँच संकटमा 
सीपी लोहिया
सीपी लोहिया सोमबार, वैशाख ४, २०८०

बैतडी। 
बैतडीको लोक कला संस्कृति संग जोडिएको “दमाहा बाँजा” प्रमुख बाँजाका रुपमा रहेको छ । बिवाह, ब्रतबन्ध, न्वारन वा कुनैपनी धार्मीक सांस्कृतिक कृयाकलाप आयोजना हुदाँ दमाहा बाँजा अनिवार्य जस्तै छ । शुभकार्यमा दमाहा बजाउने र छलिया नाच्ने चलन छ । यसका साथै जात्रा, मेला, चाडपर्व, महोत्वसवहरु र चुनावी आमसभामा समेत दमाहा बाँजाको प्रयोग गरिन्छ । तर दमाहा  बाँजाको संरक्षणमा कसैको ध्यान केन्द्रीत नहुँदा यो मौलिक संस्कति नै संकटमा पर्न लागेको छ । 

दमाहा बाँजा र छलिया नाँचको संरक्षणमा कुनैपनी निकायको चासो नगएकाले संकटमा परेको दशरथचन्द नगरपालिका–४ छेला निवासी प्रेम दमाईले बताए । आफुले विभिन्न प्रतियोगीताका लागि टोली तयार गरेर लैजाने गरेको उनले बताए । छलिया नाँच देखाउन आफुहरु पटक–पटक काठमाण्डौँ, पाल्पा देखी भारतको पिथौरागड, चम्पावत लगायत दर्जनौँ ठाउँमा पुगेको दमाइले बताए । आफुहरुले प्रतिस्प्रधा गरेको सबै ठाउँमा प्रथम भएर फर्केको उनको भनाई छ । 

उनले भने,‘हाम्रो छलिया नाँच नेपाल र भारतमा समेत प्रख्यात छ । तर अहिले कुनैपनी ठाउँमा निश्चीत छलिया टोली छैन् । जिल्ला सदरमुकाम क्षेत्रमा कसैलाई बाँजा वा छलिया चाहियो भने मलाई सम्पर्क गर्छन् र मैलै एकजना कतैबाट, अर्को कतैबाट गरेर मान्छे जुटाइदिन्छु । हामीलाई संगठनको आवस्यकता छ, यसका लागी स्थानिय सरकार वा कुनै संघ संस्थाले अगुवाई गरिदिए हुन्थ्यो ।’ 

छलिया नाँच र दमाहा बाजाँ प्रति नयाँ पुस्ता आर्कषीत भएपनी सिकाउने मान्छे नभएकाले समस्या भएको मेलौली नगरपालिका–५का जयदेव दयालले बताए । 

बैतडीमा छलिया नाँचका लागी सयौँ कलाकारहरु भएपनी उनिहरु छरिएर रहँदा समस्या भएको कलाकार प्रकाश दमाईले बताए । उनले भने,‘म नेपालका दर्जनौँ जिल्ला, राजधानी काठ्माण्डौँ र भारतका कार्यक्रमहरुमा समेत नाच्नका लागि गएको छु । कयौँ प्रतियोगीताहरुमा प्रथम भएको छु । तामाम प्रमाणपत्रहरु बटुलेको छु, व्याण्ड बाँजामा समेत काम गरेको छु । मजस्ता अरुपनी छलिया कलाकार छन् । मेला, महोत्सव, धार्मीक कार्यक्रममा नाच्न, गाउन र बजाउन बोलाउछन् तर पारीश्रमिक नदिएका कयौँ उदाहरण छन् । हामी संगठीत नभएकाले यो समस्या आएको हो । संगठीत हुनपाए राम्रो हुन्थ्यो, कुनै संघ संस्थाले संगठीत गराइदिए आभारी हुनेथियौँ ।’ 

अहिले छलिया कलाकारहरुसंग दमाहा र हुड्क्यौली बाँजाका साधनहरु नै भेटिन मुस्कील हुन थालेको छ । छलियाका पोसाक पाउनै मुस्कील हुन थालेको छ । 

स्थानिय बाँजा संरक्षणको पहल गर्न बैतडी स्थीत दलित समाज विकास मञ्च लागीपरेको छ । मञ्चले छलिया कलाकारहरुसंग अन्तरक्रिया राखेर छलफल कलाकारहरु बिच छलफल गराएको छ । छलफलमा छलिया कलाकारहरुले आफुहरुलाई संगठीत गराइदिए यस सस्कृतिको संरक्षणमा लाग्ने बताए । 

मञ्चले भने परियार समूदायका व्यक्तिहरुले बजाउदैँ, नाच्दै आएको छलिया नाँच प्रवर्धनका लागि कार्यक्रम ल्याउने प्रयास गरिरहेको जनाएको छ । छलिया पेषा संग जोडिएका व्यक्तिहरुलाई एकिकृत गर्दै संगठीत गराउने मञ्चका अध्यक्ष सरस्वती नेपालीले बताइन् । 

बाँजा संरक्षणमा आफ्नो भुमिका रहने सुदुरपश्चिम प्रदेशसभा सांसद सन्तोश कुमारी शर्माले बताइन् । पुर्व मन्त्री समेत रहेकी शर्माले बाँजा संरक्षका लागि प्रदेश सरकारबाट हुनसक्ने सहयोगको पहल गर्ने बताइन् । प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना भैसकेकाले प्रतिष्ठान मार्फन हुनसक्ने सहयोगका लागि भुमिका खेल्ने बताइन् । 


प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्