Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • तल्लादेहीको जेठि बहुरानी खाडल जहाँ दलितको शव एकै खाडलमा पुरिन्छ, दैनिक मृत्यु भए पुरानो निकाल्दै नयाँ गाड्ने 
तल्लादेहीको जेठि बहुरानी खाडल जहाँ दलितको शव एकै खाडलमा पुरिन्छ, दैनिक मृत्यु भए पुरानो निकाल्दै नयाँ गाड्ने 
सीपी लोहिया
सीपी लोहिया शनिबार, वैशाख ९, २०८०
Tallahi bhamtola.jpg

बैतडी ।
मान्छेको मृत्यु भएमा जलाउने वा खाडलमा पुर्ने चलन जताततै छ । तर बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेही भमतोलामा भने गाउँभरीका कसैको पनि मृत्यु भएमा एकै खाडलमा शव पुर्ने गरिन्छ ।  

भमतोला जंगल स्थीत जेठि बहुरानी जङ्गलमा बर्षौ पहिला बनाइएका २ खाडलमा करिव १ सय ५० दलित परिवारका मृतकको शव पुर्ने गरिन्छ ।

शव पुर्नका लागि पुस्तौँ पहिला ५–५ फिटका २ खाडल बनाइएको ५७ बर्षिय धौले विकले बताए । 

उनले भने, “पुर्खा देखिनै हाम्रो यस्तै चलन छ, परम्परा मान्नै प¥यो भनेर मानेका छौँ । नजिकै जमाडी नदि भएपनि त्यहाँ स्थीत चिहानमा हामीले शव लग्न पाइदैन्, धार्मीक परम्परा यस्तै हो जस्तो लाग्छ ।” 

तल्लादेहीका बसौरा, डाँडाखाली र पोखरी गाउँको दलित समूदायका चुनारा, लुहार र पार्की समुदायका व्यक्तिको मृत्यु भएमा एकै खाडलमा पुर्ने गरिएको हो । 

यी गाउँका व्यक्तिहरुको दैनिक मृत्यु भएपनि पुरानो शव निकाल्दै नयाँ शव गाड्ने गरिन्छ । 

पुरानो शव खाडलबाट निकालेर जङ्गलमा फाल्ने गर्दा जङ्गलभरी मानव कंकाल र हड्डीहरु जताततै भेटिने गरेका छन् ।  
जंगलमा रहेका २ खाडल बाहेक अरु ठाउँमा खाडल खन्नै नपाइने स्थानिय राकेश चुनाराले बताए । 

उनले भने, “शव गाड्न अन्यत्र खाल्डो खन्न पाइदैँन । सुरुमा शव जलाउछौँ तर काचो दाउराले आधा शव मात्रै जल्छ । शवको बाँकी रहेको भाग खाडलमा हाल्छौँ, तर मन्दीहरुमा जात्रा लाग्ने समयमा शव जलाउनै पाइदैन् । नियम विपरीत गएमा देवता लाग्छ भन्ने गरिन्छ । तर हामी दलितले मात्रै नदीमा दाहसंस्कार गर्न नपाउँदा जातीय विभेद होकी भन्ने पनि लाग्छ । खाडलमा धेरै गन्हाउछ । तर थुक्न पाइदैन् भने खाडल पुर्न समेत पुरानै ढुंगा प्रयोग गर्नुपर्छ । नयाँ ढुंगामाटो खनेर शव पुर्न पाइदैन् ।” 

उक्त ठाउँमा महिला पुरुषको अलग अलग २ खाडल बनाइएको चुनाराको भनाई छ । खाडलको नाम “जेठी बहुरानी” नामाकरण गरिएको छ । 

यसरी एकै खाडलमा शव पुर्ने तरिका वातावरणीय र स्वास्थ्यका दृष्टीकोणले उपयुक्त नभएको बताइन्छ । जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दिपेश श्रेष्ठले भने,“जङ्गलमा पुरानो शव निकालेर नयाँ गाड्ने चलन त्यति राम्रो भने मानिदैन् । कसको मृत्यु कुन रोगबाट भएको हो सुरुवा रोग होकी ?, त्यो पनी समस्या आउँछ भने, जङ्गली जनावरले शव लुछ्ने हुदाँ रोग फैलन सक्छन् । स्वास्थ्यका दृष्टीकोणले जोखीम देखिन्छ ।”

वातावरणीय र स्वास्थ्यका दृष्टीकोणले समेत जोखीम पुर्ण रहेको एकै ठाउँमा शव गाड्ने परम्परा संग विभेद जोडिएको अधिकारकर्मी सरस्वती नेपालीले बताइन् । यो कुरा भरखरै जानकारीमा आएकाले यस बिषयमा अध्ययन गरी मानव अधिकारको विरुद्धमा देखिए यस बिषयमा वकालत गर्ने उनले बताइन् । 

गैर सरकारी संस्था महासंघ बैतडीका अध्यक्ष गोविन्दराज जोशीले उक्त परम्परा मानवीयताको बिरुद्धमा भएको बताए । उनले भने,‘मान्छेलाई मृत्यु पश्चात समेत अपहेलना गरेको पाइयो । त्यहाँका मानिसहरुको चेतनाको स्तरका बिषयमा प्रश्न चिह्न खडा भएको छ । यस बिषयमा राज्यपक्षको ध्यान जानुपर्छ । पुरानो शव निकालेर नयाँ गाड्ने कुरा सुन्दै खतरनाक छ । यो संस्कार रोकेर र वैज्ञानिक तवरले दाहसंस्कार गर्ने प्रचलन बसाउनुपर्छ ।’


प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्