Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा पसलै पिच्छे म्याद नाघेका अखाद्य बस्तु भेटिन थाले
बैतडीमा पसलै पिच्छे म्याद नाघेका अखाद्य बस्तु भेटिन थाले म्याद नाघेका अखाद्य बस्तु विक्री गर्ने र नविकरण तथा दर्ता नगरी सञ्चालनमा रहेका नौ पसलबाट ६० हजार जरिवाना असुल गरिएको छ । 
डम्बर बोहरा
डम्बर बोहरा बुधबार, वैशाख १३, २०८०

बैतडी
बैतडीमा पसलै पिच्छे म्याद नाघेका अखाद्य बस्तु भेटिने गरेका छन् । स्थानीय तहहरुले बजार अनुगमनमा चासो नदेखाउँदा जिल्लाका स्थानीय बजारमा  सञ्चालनमा रहेका पसलहरुमा म्याद नाघेका अखाद्य बस्तु भेटिने गरेका हुन् । जिल्लाका अधिकांश पालिकाहरुले आफ्नो क्षेत्राधिकार भित्र पर्ने स्थानीय बजारहरुको अनुगमन नगरेको पाइएको छ । 

शनिवार संयुक्त बजार अनुगमन टोलीले गोकुलेश्वर बजारका २१ पसलहरुको अनुगमन गरेकोमा अधिकांस पसलहरुमा म्याद नाघेका अखाद्य बस्तु भेटिएको जिल्ला प्रशासन कार्यालय बैतडीमा प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शंकरबहादुर बोहराले जानकारी दिनुभयो । अनुगमनका क्रममा प्रायजसो सबै पसलहरुमा म्याद नाघेका खाद्य सामानहरु राखेको पाइएको उहाँले बताउनुभयो । 

अनुगमनका क्रममा झन्डै २४ हजार ६ सय २६ रुपैँया बराबरका अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको बोहराले जानकारी दिनुभयो । ‘बजार अनुगमनको जिम्मेबारी स्थानीय तहहरुको पनि हो, उहाँहरुले अनुगमनमा चासो देखाएका छैनन्’ सूचना अधिकारी बोहराले भन्नुभयो ‘स्थानीय पसलहरुमा म्याद नाघेका अखाद्य बस्तुहरु जताजतै भेटिने गरेका छन् ’

म्याद नाघेका अखाद्य बस्तुहरु बिक्री वितरण गर्ने, नविकरण नगर्ने र दर्ता नगरी सञ्चालनमा रहेका ९ पसलबाट ६० हजार असुल गरिएको छ । ६ ओटा पसलहरुबाट ५÷५ हजारका दरले ३० हजार जरिवान असुल गरीएको छ भने बाँकी ३ पसलहरुलाई १०÷१० हजारका दरले ३० हजार जरिवाना गरीएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्षमण कुमार साउँदले जानकारी दिनुभयो ।

खाद्य बस्तु खरिद गर्दा उपभोक्ताहरुले सजक बन्नु पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख एवं खाद्य अनुसन्धान अधिकृत प्रविण कुमार अधिकारीले बताउनुभयो । बजारबाट खाद्यबस्तु खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति, उत्पादक कम्पनी लगायतका कुराहरु राम्ररी हेरेर मात्रै खरिद गर्न अधिकारीले आग्रह गर्नुभयो । 

यसअघि पनि पटकपटक बजार अनुगमन क्रममा म्याद नाघेका अखाद्य बस्तु भेटिने गरेका थिए । बजार अनुगमनको अधिकार स्थानीय तहहरुलाई भएपनि पालिकाहरु चासो देखाएका छैनन् । डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले आगामी दिनमा बजार अनुगमनलाई तिव्रता दिने बताएका छन् । पालिका भित्र ठुलो बजार क्षेत्र नपर्ने भएकाले बजारको अनुगमन नगरीएको र स्थानीय बजारमा सञ्चालनमा रहेका पसलहरुको अनुगमन गरीने बताउनुभयो ।

चाउचाउ बिष्कुट नम्कीन लगायतका तयारी खानेकुराहरु बढी मात्रामा म्याद नाघेको अवस्थामा भेटिने गरेका छन् । ‘मानव स्वास्थ्यका लागि तयारी खानेकुराहरु फाइदाजनक हुदैनन्’ स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले भन्नुभयो ‘त्यसमाथी म्याद नाघेका अखाद्य बस्तुहरु सेवनले मानव स्वास्थ्यका हानिकारक हुने गर्दछन्’ । झाडापखालजन्य समस्या निम्तीने तथा पछि गएर दिर्घकालीन समस्या आउन सक्ने जोखीम रहेकाले उपभोक्ता र पसल सञ्चालक दुवैले सजक हुनेपर्ने उहाँले बताउनुभयो । 

बजार अनुगमन1682482719.jpg

घरेलु तथा साना उद्योग कार्यालय बैतडीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीको संयुक्त बजार अनुगमन टोलीले शनिवार जिल्लाको डिलाशैनी गाउँपालिका–५ र ६ का डडीया र गोकुलेश्वर बजारमा सञ्चालनमा रहेका बिभिन्न पसलहरुमा अनुगमन गरेको हो । 

 


प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्