बैतडीको पाटन नगरपालिका– ६ को पाटन बजारमा सडक स्तरोन्नतीको लागि प्रयोग गरिन लागिएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ ।
पाटन बजारको कृषि विकास बैंक पछाडीको सडक स्तरोन्नतीको लागि प्रयोग गरिएको गिट्टीमा मान्छेको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
गिटट्ीको थुप्रोबाट रौँसमेत देखिएको मान्छेको टाउको कुकुरले लग्दै गरेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीको नेतृत्वमा प्रहरी खटिएको छ ।