Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • चौलानी नदि मुहान, अपि हिमालको वेश क्याम्प र धार्मीक ठाउँहरुको भ्रमण सप्ताह सम्पन्न
चौलानी नदि मुहान, अपि हिमालको वेश क्याम्प र धार्मीक ठाउँहरुको भ्रमण सप्ताह सम्पन्न
सीपी लोहिया
सीपी लोहिया आइतबार, वैशाख २४, २०८०

बैतडी। 
समुद्री सतहबाट ७ हजार १सय ३२ मिटर उचाईमा रहेको दार्चुला जिल्लामा अवस्थीत अपि हिमाल वेस क्याम्प भ्रमण सप्ताह सम्पन्न भएको छ । 

प्रयर्टन प्रवद्र्धन गर्ने उदेश्य सहित अपि हिमाल गाउँपालिकाले अपि हिमाल बेस क्याम्प भ्रमण सप्ताह आयोजना गरेको थियो । 

यहि बैशाख १४ गते देखी २२गते सम्म आयोजना गरिएको भ्रमण सप्ताहमा देशभरी बाट १सय ७५ जना आन्तरीक पर्यटकहरुले भ्रमण गरेकाछन् । 

गाउँपालिकाको विभिन्न ठाउँमा रहेका होम स्टेहरुको प्रचारप्रसार गर्न र स्थानिय कला सस्कृतिको जर्गेनाका लागि भ्रमण सप्ताह आयोजना गरिएको गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरेको भनाई छ । 

गाउँपालिकाले भ्रमणका सहभागीहरुलाई छलिया बाँजा, नृत्य, डेउडा खेल लगायतका लोक सस्कृतिहरु देखाएर स्वागत गरेको थियो । नौपाटा र सिति गाउँमा रहेका दर्जनौ होम स्टेहरुमा यात्रुहरुलाई खाना र बास बस्ने व्यवस्था गरिएको थियो । 

होम स्टेहरुमा पर्यटकले खान रुचाएका सबै स्थानिय खानामा परिकार खुवाउने व्यवस्था गरिएको थियो ।

भ्रमण सप्ताह ३ चरणमा आयोजना गरिएको हो । १४गते नौपाटा पुग्ने व्यक्तिहरुलाई १८ गते बिदा गरिएकोमा १६ गतेदेखी दोश्रो भ्रमण सुरु गरिएको थियो । यसैगरी १८ गतेदेखी २२गतेसम्म तेश्रो चरणको भ्रमण गरिएको हो । 

भ्रमणका सहभागीहरुको खान र बासको खर्च गाउँपालिकाले नै व्यवस्थापन गरेको थियो । 

गाउँपालिकाले निशुल्क खानबस्नको व्यवस्था सहित गरिएको भ्रमणले पर्यटन विकासमा सहयोग गरेको बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोश प्रकाश जोशीले बताए । 

उनले भने,“हामी छिमेकी गाउँपालिकाको नेतृत्व गरिरहेका छौँ । केहि काम मिलेर गर्नुपर्ने भावना जागृत भएको छ । चौलानी नदिको मुहानमा पुग्यौँ, पर्यटकिय आर्कषणका रुपमा रहेका धार्मीक सास्कृतिक गन्तव्यहरुको अध्ययन अवलोकन ग¥यौँ, रमाइलो समेत भयो र हामीले सुरु गरेको चमेलिया नदी सभ्यता विकास अभियान छ, यसलाई सफल पार्न यो भ्रमण उपलब्धीमुलक भयो ।” आफुहरुले २०७४ सालमा सुरु गरेको चौलानी नदी सभ्यता विकास अभियानमा नदीको मुहान देखी चिहानहरु सम्म सरसफाई गर्ने योजना रहेको बताए । 

भ्रमणमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी सहित राजनितिकर्मी, पेशाकर्मी, पत्रकार, कलाकार, विद्यार्थी लगायत सबै क्षेत्रका व्यक्तिहरु सहभागी थिए । 

आन्तरीक पर्यटकहरुले अपि हिमालको बेस क्याम्प, करिव १ दर्जन जल विद्युत आयोजना निर्माण गरिएको चमेलिया नदी मुहान, ५हजार मिटर उचाईमा रहेको हिमताल आदी ठाउँहरुको भ्रमण गरेका छन् । 

यसैगरी भ्रमणका सहभागीले यार्सागुम्बा संकलन गरिने पाटनहरु, अपिनाम्पा संरक्षण क्षेत्रले निर्माण गरेका पदमार्ग तथा काठका सुन्दर घरहरु, भेडा च्यांग्रा पाल्ने जंगलहरु आदी देख्न पाएका छन् । यस्तै हिमाली क्षेत्रमा पाइने खानाका परिकारहरुले यात्रुहरुको मनै लोभ्याएको नेपाल प्रवतारोहण संघ प्रदेश सचीव अमर भट्टराईले बताए । पर्वतीय पर्यटकहरुको असल गन्तव्यका रुपमा रहेको अपि हिमाल बेश क्याम्पस भ्रमण फलदायी हुने उनको भनाई छ । 

एक पटक गाउँपालिकाको लगानीमा भ्रमण आयोजना गरिएकाले अर्को पटक पर्यटकहरु आफ्नै खर्चमा घुम्न आउने र सो क्षेत्रका होम स्टेहरुको विकास हुने गाउँपालिकाको विश्वास छ । 

यसअघि गाउँपालिकाले होम स्टे सञ्चालन गर्न खोज्ने स्थानियबासीहरुलाई ७ दिने तालिम दिएको थियो । स्थानियबासीलाई पर्यटकसंग गर्नुपर्ने व्यवहार, खानाका परिकार निर्माण, कला संस्कृति प्रर्दशनका बिषयमा तालिम दिइएको थियो । 

भ्रमणबाट फर्केका कञ्चनपूरका सुरेश कुमार चौधरीले भने,“यो ठाउँ धार्मीक र सांस्कृतिक रुपले उत्कृष्ट लागेकाले पारिवारीक भ्रमण गर्न आउनेछु ।”

भ्रमणका क्रममा स्थानियबासीले तयार गरेको फापरको रोटी, सिस्नुको राइतो, मकैको ढिडो, च्याउको परीकार आदी खान पाएको कैलालीका तिकल भट्टले बताए । उनले घाग्रो,चोली सहित पुराना पहिरन र पुराना गहना सहितका महिलाहरुले देखाएको सगुन, फाग, डेउडा बर्षौपछी देख्न पाइएको बताए । 

पर्यटनको विकासका लागि भ्रमण सप्ताह आयोजना गरि करिव २सय व्यक्तिहरुलाई अपि हिमालमा पु¥याउन सक्नु उपलब्धीमुलक रहेको गाउँपालिकाले जनाएको छ । 

No description available.


प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्