Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पञ्चेश्वरका स्वास्थ्य संयोजक गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्दै, स्वास्थ्यमाथि खेलबाड
पञ्चेश्वरका स्वास्थ्य संयोजक गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्दै, स्वास्थ्यमाथि खेलबाड
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, जेठ ४, २०८०

बैतडी, 
बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले अवैधानिक रुपमा क्लिनिक चलाउँदै आएको पाइएको छ । यतिमात्रै होइन क्लिनिकमा गैर स्वास्थ्यकर्मीले बिरामी जाँच गर्ने देखि औषधी समेत विक्रि गर्ने गरेको पाइएको हो । स्वास्थ्य शाखा प्रमुख शाहकै श्रीमती श्यामा शाहले औषधी बिक्री गर्नेदेखि बिरामी समेत जाँच्ने गरेको पाइएको हो । उहाँ मेडिकल सञ्चालन सम्बन्धी कुनै शिक्षा हासिल नगरेकी गैर चिकित्सा व्यक्ति हुन् । तर नीति नियमको धज्जी उडाउँदै शाहले वर्षौँदेखि निजी क्लिनिक सञ्चालन गरिरहेको पाइएको हो । यतिमात्रै होइन गैर चिकित्सा व्यक्तिले बिरामी जाँच देखि औषधी बिक्री गरी जनस्वास्थ्यमाथि गम्भिर लापरवाही गरिरहेको पाइएको हो ।

यसअघि पनि गाउँपालिकामा उक्त क्लिनिकबारेमा छानबिनको गर्न माग गर्दै निवेदन समेत परेको थियो । त्यसबेला पनि पालिकाले गरेको छानविनमा उक्त क्लिनिक गैरकानुनीरूपमा सञ्चालन रहेको भेटिएको थियो । तर उक्त क्लिनिक सञ्चालनमै रहिरह्यो । स्वास्थ्य शाखा प्रमुख शाहले भने सिएमए सङ्घबाट अनुमति लिएर क्लिनिक सञ्चालन गरेको बताउँछन् । तर सिएमए संघ क्लिनिक सञ्चालन गर्न अनुमति दिने निकाय नै होइन । 

सम्बन्धित स्थानीय तहले मापदण्ड बनाएर क्लिनिक सञ्चालनको अनुमति दिने गर्दछ । त्यसमा पनि क्लिनिकमा आवश्यक पर्ने पूर्वाधार, जनशक्ति, उपकरणको उपलब्धता लगायत धेरै प्रक्रिया पुर्याएर मात्रै अनुमति पाउने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए । ‘यस विषयमा जिल्लास्तरमा पनि कुराकानी भएको छ, त्यो गैरकानुनी छ, अब आवश्यक प्रक्रिया अघि बढ्छ’ उनले भने ।

स्वास्थ्य शाखा प्रमुख शाहले भने स्वास्थ्य उपचारमा टेवा पुर्याउन क्लिनिक सञ्चालन गरेको बताएका छन् । ‘यहाँका बिरामीहरूका समस्यालाई मध्यनजर गर्दै क्लिनिक सञ्चालन गरेको हु, कार्यालय समयभन्दा अघिपछिको समयमा म आफै क्लिनिकमा बस्छु,’ । उनले भने । 

कार्यालय समयभन्दा बाहेकको समयमा आफु नै क्लिनिकमा बस्ने गरेको शाहको दाबी छ । तर उहाँकै श्रीमतीले औषधि बिक्री गरेको र बिरामीको स्वास्थ्य जाँच गरिरहेको देखिन्छ । बुधबार मात्रै एक जना सेवाग्राहीबाट दोब्बर मूल्यमा सिटामोल बिक्री गरको भिडियो नै सार्वजनिक भएको थियो । 

यसअघि पनि बेलाबेला म्याद नाघेका औषधी बिक्री भइरहेको आरोप समेत लाग्दै आएको उक्त क्लिनिकका विषयमा सम्बन्धित निकायले चासो नदिएको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गरिएको अनुगमनमा समेत पसल बन्द गर्न निर्देशन दिएको बताइएको छ । ‘स्वास्थ्य शाखा प्रमुखले क्लिनिक सञ्चालन गर्न पाइदैन, दोहोरो भयो, बन्द गर्नुहोला भनेका हौँ, हामिले त पहिलो पटक देखेका हौँ, त्यसैले बन्द गर्न सुझाव दिएका थियौँ,’ प्रमुख जिल्ला अधिकारी पन्थीले भने । ‘यसअघि कसैले उजुरी गरेको थिएन, त्यहाँबाट फर्किदा केही स्थानीयले फोन गरेर गैह्रकानुनी रहेको बताएका थिए, हामी बुझ्दैछौँ, आवश्यक प्रक्रियामा गएर तुरुन्तै बन्द गर्छौ’ । 
यसैगरी पञ्चेश्वर गाउँपालिकामा गरिएको बजार अनुगमनमा थुप्रै लापरवाही भएको समेत भेटिएको थियो । केही मदिरा पसलहरूमा समेत भेटेनरीको औषधी विक्रि गरिरहेको पाइएपछि जरिवानासहित कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 
अवैधानिक रुपमा सञ्चालनमा रहेका केही मदिरा पसलहरूलाई समेत जरिवानासहित कारवाही गरिएको थियो । 

बन्द रहेको घाट सञ्चालनको लागि विशेष पहल सुरु

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेत्तृत्वमा रहेको अनुगमन टोलीले पञ्चेश्वर स्थित महाकालीमा बन्द रहेको घाट सञ्चालनको लागि पनि आवश्यक पहल सुरु गरिएको छ । 
भारतीय पक्षले अनुमति नदिदा बन्द रहेको विनायक घाट सञ्चालनका लागि भारतीय पक्षसँग समन्वय भइरहेको छ भने पिथौरागढका डिएमसँग छलफलका लागि प्रतिनिधि पनि पठाइएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
 


प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्