Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन नमुना सहरः ल्यान्ड पुलिङको काम अघि बढाउन सहमत, सहयोग समिति बन्यो 
पाटन नमुना सहरः ल्यान्ड पुलिङको काम अघि बढाउन सहमत, सहयोग समिति बन्यो 
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, जेठ ६, २०८०

बैतडी,  
बैतडीको पाटन नयाँ सहरी विकासको मुख्य कामको रुपमा रहेको ल्यान्ड पुलिङ अर्थात जग्गा एकीकरणको कामलाई अघि बढाउन सरोकारवाला पक्ष एक जुट भएका छन् । ल्यान्ड पुलिङको कामलाई अघि बढाउनको लागि शुक्रबार सहयोग समिति पनि गठन गरिएको छ ।

पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराको संयोजकत्वमा नगर विकासलाई सहयोग गर्न सहयोग समिति गठन गरिएको हो । ल्यान्ड पुलिङ ( जग्गा एकीकरण ) क्षेत्रका स्थानीहरूसँग समन्वय गरि काम अघि बढाउने यो समितिले मुख्य भूमिका खेल्ने छ ।

नयाँ सहरको कामलाई सबै पक्ष मिलेर अघि बढाउन समन्वय गरी अघि बढ्ने नगर उपप्रमुख एवं सहयोग समितिका संयोजक कमल सिंह बोहराले बताए । ‘प्रभावित क्षेत्र बिष्ठेउडा, डोबरा र भट्टाटका स्थानीयसँग आवश्यक छलफल गर्छाै, त्यसपछि जग्गा एकीकरणको काम अघि बढाउँछौँ, आसा छ सबै पक्षले सहयोग गर्ने छन् र यो प्रक्रिया टुङ्गोमा पुग्ने छ,’ बोहराले भने । 

५१ प्रतिशत सहमति भएको अवस्थामा ल्याण्ड पुलिङको कामले गति लिने नयाँ सहरी विकास आयोजनाको कार्यालय पाटनका सूचना अधिकारी रोहितराज भण्डारीले बताए ।  

पाटन नगरपालिका–६ का प्रभावित क्षेत्रका स्थानीय एवं सरोकारवाला प्रतिनिधिहरुले भने जग्गाधनीलाई जग्गा अधिग्रहणबारे सचेतीकरण गर्नुपर्ने र समन्वयात्मक भूमिकाबाट अघि बढ्नुपर्नेमा जोड दिएका थिए । केहीले नयाँ सहरी विकास कार्यालय वर्षौँदेखि हाकिम बिहिन भएकाले पनि समस्या रहेको र कार्यालयमा कर्मचारीको पनि उपलब्धता  हुनुपर्नेमा जोड दिएका थिए ।  

ल्यान्ड पुलिङ अर्थात जग्गा एकीकरणको लागि पटन ६ को बिष्ठेउडा, डोबरा र भट्टाट टोललाई छनौट गरिएको छ । ल्यान्ड पुलिङको लागि न्यूनतम १५८ रोपनी अर्थात ८ हेक्टर क्षेत्रफलको जमिन आवश्यक पर्दछ । तर यी क्षेत्रका स्थानीयबासीले कृषियोज्ञ जमिन अधिग्रहणका लागि नदिने बताउँदै बताइरहेका थिए ।  

No description available.

ल्यान्ड पुलिङ भनेको निश्चत जग्गा छनौट गरिएका व्यक्तिहरूको जमिनमा व्यवस्थित बसोबासका लागि खानेपानीको संरचना, शौचालय, सडक पूर्वाधार, ढल निकास, बाटो निर्माण लगायतका पूर्वाधार निर्माण गरिदिने कार्य हो । यसका लागि जग्गाधनीले उक्त पूर्वाधार निर्माणका लागि सीमित अवधिसम्म छनौट गरिएको जग्गा नयाँ सहरी विकास आयोजनाको कार्यालयको नाममा दिनु पर्ने हुन्छ । त्यहाँ आवश्यक संरचना निर्माण गरिसकेपछि त्यो जग्गा जग्गाधनीलाई नै फिर्ता गरिदिने कार्य हो ।

सरकारले मध्य पहाडी लोकमार्ग अन्तरगत बैतडीको पाटन सहित देशका १० निर्माण गर्ने उद्देश्यले  २०६८ सालमा नमुना सहरको रुपमा अघि बढाउने निर्णय गरेको थियो । सन २०३० सम्म प्रत्येक नयाँ सहरमा करिब १ लाख मानिसका दरले बसोबास गराउने समेत उद्देश्य राखिएको छ । 


प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्