Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • गोकुलेश्वर बजार र आसपासका क्षेत्रमा फोन र इन्टरनेट सेवा अनियमीत हुदाँ सेवाग्राही मारमा
गोकुलेश्वर बजार र आसपासका क्षेत्रमा फोन र इन्टरनेट सेवा अनियमीत हुदाँ सेवाग्राही मारमा (यो टावरमा समस्या आउदाँ २ रिपिटर टावरको समेत सेवा अवरुद्ध हुन्छ)
सीपी लोहिया
सीपी लोहिया शनिबार, जेठ ६, २०८०

बैतडी  । 
दाुर्चुला जिल्लाको दोश्रो ठुलो सहरका रुपमा रहेको गोकुलेश्वरमा फोन सेवा र इन्टरनेट सेवा अनियमीत भएको छ । 

शैल्यसिखर नगरपालिका–९मा रहेको नेपाल टेलिकमको टारवमा विद्युतीय उपकरणको अभावका कारण बैतडी र दार्चुलाका सेवाग्राही सञ्चारबिहिन हुन पुगेका छन् । 

नेपाल टेलिकमको टावर विद्युत सेवा नियमीत भएपछि सुचारु हुने र विद्युत जाने वित्तिक्कै अवरुद्ध हुने गरेको छ । टावरमा विद्युत बेकअप नभएको स्थानियबासी बताउछन् । 

जसका कारण यस क्षेत्रमा रहेका नगरपालिका तथा सरकारी÷गैर सरकारी कार्यालयहरु, डिग्री कलेज, कृषि विज्ञान कलेज र विद्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु तथा सञ्चारमाध्यमहरु बढी प्रभावीत हुने गरेका छन् । 

विद्युत सेवा अवरुद्ध हुने वित्तिक्कै फोन लाईन र इन्टरनेट लाईन अवरुद्ध हुने गरेको डिलाशैनी गाउँपालिका–६का स्थानिय बिरेन्द्र नाथले बताए । 

उनले भने,‘दार्चुला र बैतडीका हजारौँ सेवाग्राहीले प्रयोग गर्ने फोन तथा इन्टरनेट सेवा एउटा टावरमा जेनेरेटर अथवा रिचार्जेवल ब्याट्री नहुदाँ यस्तो समस्या भोग्नु परेको हो । टेलिकमले चाहेमा कम लगानीमै उक्त व्यवस्था गर्न सकिन्थ्यो होला तर टेलिकमको ध्यान गएको छैन् ।’

इन्टरनेटको अभावका कारण कार्यालयका नियमीत कामकाज अवरुद्ध भएको शैल्यसिखर नगरपालिकाका कर्मचारी रामसिंह धामीले बताए । उनले भने, ‘कार्यालयमा योजनाहरुको भुक्तानी दिने देखी अन्य गर्नैपर्ने कामहरु इन्टरनेटको समस्याले गर्दा प्रभावीत भएकाछन् । कार्यालयमा आएका सेवाग्राही फर्किनुपर्ने बाध्यता छ ।’

फोन तथा इन्टरनेट सेवा अनियमीत हुदाँ यहाँ रहेका रेडियो स्टेशन, पत्रपत्रिका र अनलाईन सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गर्न समस्या भएको छ । बेलाबेलामा आउने यस्तो समस्याका कारण सञ्चार क्षेत्रको सेवा प्रभावीत भएको रेडियो चौलानी टुडेका सञ्चालक रञ्जीत खत्रीको भनाई छ । 

समस्या समाधानका लागि सम्वन्धीत निकायको ध्यान नगएको स्थानिय व्यापारी कृष्ण नाथले बताए । उनले भने,‘आजको जमानामा विद्युत जाने वित्तिक्कै सञ्चार बिहिन हुनु परेको छ । विद्युत पनि बेलाबेलामा गएकै हुन्छ । जसले गर्दा सबै क्षेत्रसंग सम्बन्धीत सेवाग्राहीले मारमा परेका छौँ ।’

गोकुलेश्वर स्थीत टेलिकमको टावरमा विद्युत अवरुद्ध हुदाँ रानीसिखर र चमेलिया स्थीत २वटा टावरको समेत सेवा अवरुद्ध हुने गरेको छ । उक्त दुई टावरहरु गोकुलेश्वरकै रिपिटर भएकाले सेवा अवरुद्ध हुने गरेको नेपाल टेलिकम शाखा दार्चुलाले जनाएको छ । 

गोकुलेश्वर स्थीत टावरमा जडित ब्याट्रीहरु फेर्नुपर्ने भएकाले समस्या आएको टेलिकम शाखा दार्चुलाका प्रमुख कृष्ण गुरुङले बताए । 

उनले भने, अहिलेपनि जेनेरेटर राखेका छौँ तर प्रभावकारी भएको छैन् । अब नयाँ ब्याट्री ल्याएर जडान गछौँ र समस्या समाधन हुन्छ । १हप्तामै उक्त काम गर्ने गुरुङको भनाई छ । 


प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्