बैतडीको दशरथचन्द नगरपालिका २ को कुमालीगाड देहीमाण्डौ लिप्टिङ् खानेपानी योजनाको परीक्षण सफल भएको छ । निवर्तमान प्रदेश सभा सदस्य लिलाधर भट्टको बिशेष पहलमा ४ वर्षअघि देखी निर्माण कार्य सुरु गरिएको सो खानेपानी योजनाको सोमबार परीक्षण सफल भएको वडाअध्यक्ष सुर्य बहादुर बोहराले जानकारी दिए ।

बिचमा केही समय प्राविधिक कारणले रोकिएको निर्माणको काम वडाअध्यक्ष बोहरा र कुमाली गाड देहीमाण्डौ लिप्टिङ् खानेपानीका योजनाका उपभोक्ता समितिका अध्यक्षको विशेष सक्रियतामा फेरी सुरु भएको थियो । उक्त खानेपानी योजनाबाट देहीमाण्डौ बजार सहित आसपासका बस्तीका झन्डै दुई सय घरधुरी लाभाविन्त हुने वडाअध्यक्ष बोहराले बताए ।
सफलतापूर्वक सरकोट डाडाँमा पानी पुगेको र अब ट्याङ्की निर्माण गरेर घरघरमा वितरण गरिने उनले जानकारी दिए ।