बैतडीमा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ । सोमबार यातायात व्यवसायी र सरोकारवालाहरूको बैठकले छोटो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्रका पक्की र कच्ची सडक खण्डमा चल्ने सार्वजनिक सवारीसाधनका लागि भाडादर निर्धारण गरेको छ ।
जेठ १० गतेदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । जेठ १० गते बुधबार देखी ४० वटा कच्ची तथा पक्की सडकहरूमा लागू हुने गरी नयाँ भाडादर समायोजन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
यस्तै यात्रुबाट तोकिएको भन्दा बढी भाडा असुले कारवाही गरिने जनाइएको छ । पछिल्लो सममा सडक दुर्घटनामा वृद्धि भैरहेकाले सिट क्षमता भन्दा बढी यात्रु नबोक्न, झुन्डिएर यात्रा नगर्न पनी जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
कुन ठाउँको कति भाडादर तोकियो हेर्नुस

