बैतडीमा एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका ७ को एक होटेलमा शनिवार बेहोस अवस्थामा फेला परेको पञ्चेश्वर गाउँपालिका २ का ५७ बर्षिय रनि चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एवं प्रहरी प्रवक्ता लोकराज जोशी जानकारी दिए ।
भारतबाट चन्द जेठ ११ गतेदेखी रिसब होटेलमा बस्दै आएका थिए । आज बिहान होटेलका कर्मचारीले खाना खानका लागि बेहोस अवस्थामा फेला परेका प्रहरी जनाएको छ । बेहोस अवस्थामा फेला परेका चन्दको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो । चन्दको मृत्युको कारण भने खुल्न सकेको छैन् ।