जिल्ला कारागार बैतडीमा रहेका एक जना कैदीको बाँकी कैद मिनाहा गरिएको छ ।
कर्तव्य ज्यान मुद्दामा १० वर्ष ६ महिना कैद फैसला भएका जिल्लाको सुर्नया गाउँपालिका –४ का देवेन्द्र कुवँरको गणतन्त्र दिवसको अवसरमा बाँकी सजाय माफी मिनाहा भएको कारागार बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिइन् ।
कुँवरको कैद भुक्तान २०८४ असार २८ हुने भएपनि गणतन्त्र दिवसको अवसरमा उनको बाँकी कैद मिनाहा भएको हो । कुँवरले ६० प्रतिशत कैद भुक्तान गरिसकेका छन् ।
५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलनका आधारमा उनको बाँकी कैदी मिनाहा भएको हो ।
मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको बैठकमा सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम कैद सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।