Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • विद्यार्थीलाई असल संस्कार सिकाउन पाठ्यक्रम बनाइने 
विद्यार्थीलाई असल संस्कार सिकाउन पाठ्यक्रम बनाइने 
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, जेठ २४, २०८०

बैतडी।
बैतडीको मेलौली नगरपालिकाले विद्यार्थीहरुलाई असल संस्कार सिकाउनका लागि पाठ्यक्रम निर्माण गर्ने भएको छ । मंगलबार नगरपालिकाभित्रका सबै प्रधानाध्यापकहरुलाई बोलाएर उक्त निर्णय गरिएको हो ।

आगामी आर्थिक बर्षमा कक्षा ४देखी ८ सम्मका लागि विद्यार्थीहरुलाई सांस्कारीक ज्ञान दिने पाठ्यक्रम बनाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर चन्द (भुकम्प) ले बताए । 

‘अहिले विद्यार्थीहरुले शिक्षक प्रति आदर भाव राख्न छाडीसकेका छन् । शिक्षकलाई भेट्दा नमस्कार गर्ने प्रवृत्ति नै हराएको छ । म मेयर हुँ, बाटोमा विद्यार्थीहरु मलाई नै जिस्क्याउछन् । बालबालिकाहरु आफन्तलाई समेत नमस्कार गर्न भुलेका छन् । पाठ्यक्रम मार्फत विद्यार्थीहरुलाई नैतिकवान बनाउन जरुरी छ, त्यस प्रकारको पाठ्यक्रम निर्माण गर्नेछौँ ।,’ उनले भने । 

नगर प्रमुख चन्दले आगामी बर्षदेखी कक्षा ८ को परिक्षा नगर स्तरीय गरिने बताए । नगर स्तरीय परिक्षा सञ्चालनका लागि समिति गठन गरि पेपर निर्माण गर्ने र अन्तर विद्यालय परिक्षा गर्ने नगरपालिकाले जनाएको छ ।  विद्यालयका समस्याहरु लिखित रुपमा पेश गर्न प्रधानाध्यापकहरुलाई उनको आग्रह छ । 

आगामी आर्थिक बर्षलाई शैक्षिक सुधार बर्ष घोषणा गर्ने मेलौली नगरपालिकाले जनाएको छ । अन्य क्षेत्र भन्दा शिक्षा क्षेत्रमा बढी लगानी गर्न तयार रहेको कार्यपालिका सदस्यहरुको प्रतिवद्धता छ । शिक्षामा गरिएको लगानीको परिणाम ढिलो प्राप्त हुने भएपनी लगानीको जरुरत भएको वडा न.८का अध्यक्ष तपेन्द्र बिष्टले बताए । उनले शिक्षको क्षमता वृद्धि तथा अविभावक शिक्षाका लागि समेत बजेटको आवस्यकता भएको बताए । वडा न.२का अध्यक्ष कृष्णदत्त भट्टले शिक्षा क्षेत्रमा गरेको लगानी समाज परिवर्तनमा खर्च भएको मान्नुपर्ने बताए । उनले शिक्षा विकासको मुख्य आधार भएको भन्दै युवालाई उद्यमशील बनाउने शिक्षाको समेत जरुरत रहेको बताए । 

मेलौली नगरपालिकाले शिक्षक, विद्यार्थी, अविभावक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु संग विस्तृत छलफल गरेर मात्रै शिक्षा क्षेत्रका योजना तय गर्ने जनाएको छ ।

योजना बनाउनुपुर्व सबै संग छलफलको आवश्यकता रहेको भन्दै सरोकारवालाहरु संग छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम आयोजना गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सपना कार्की ले बताए । 


प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्