Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • उद्यम बाटै छोरा डाक्टर बनाउने अठोट बोकेकी शुसिला 
उद्यम बाटै छोरा डाक्टर बनाउने अठोट बोकेकी शुसिला  जसले अप्ठ्यारामा बुवा, आमा र पती गुमाइन्
सीपी लोहिया
सीपी लोहिया बिहीबार, जेठ २५, २०८०

बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिका–४ सपराली निवासी सुशिला चन्द ४४बर्षमा टेकिन् । उनले १६ बर्षकी छदाँ बुवा, २३बर्ष पुग्दा आमा र ३६बर्ष पुग्दा पती गुमाएपनि आत्मर्निभर बन्ने इच्छा सक्ति कहिल्यै गुमाइनन् । 

सुशिला बिहानै ४बजे उठ्छीन्, यो उनको बच्चै देखिको बानी र बाध्यता पनि हो । सबेरै घरको काम सकेर दुध बेच्न बजार जान्छीन् । आफैले पालेको गाईको १० लिटर दुध बेचेर दैनिक ५सय रुपँया आउँछ । 

दिनमा स्थानिय विद्यालयमा अध्यापन गर्छिन् भने, आफ्नै नामबाट खोलेको सुशिला बहुउदेश्यीय कृषि तथा पशुपालन फर्मका बाख्राको स्याहार गर्छिन् । खेतिपातीमा उत्तिकै सक्रिय उनले सिजन अनुसारका अन्न मकै, भट्मास आदी बेच्नका लागि उत्पादन गर्छिन् । 

उनको जिवन सजिलै धानिएको देखिएपनि संघर्ष निकै कठोर थियो र अझैपनि छ ।  

व्यवसाय र जागीर संगसंगै गरिरहेकी चन्दले आफ्नो समाज परिवर्तनको अभियानलाई पनि निरन्तरता दिएकी छन् । उनैले समुहमा आवद्ध गराएका गाउँका २० जना महिला आफ्नै व्यवसाय गरेर सहकारीमा रकम बचत गर्छन् । उनिहरुलाई आधुनिक कृषिको ज्ञान प्रदान गरेकी थिइन् ।

सुशिलाका जेठा छोरा हेल्थ असिस्टेन्टको पढाई सकेर स्वास्थ्य बिषयमै स्नातक गर्दैछन् भने, कान्छा छोरा आइकम गरेर कोरियन भाषा पढ्दैछन् । पतीको मृत्युपछि पनि छोराहरुलाई काठ्माण्डौँमा पढाउने साहस गरेकी थिइन् । 

जयपृथ्वी नगरपालिका–४ बझाङ्गमा जन्मेकी चन्दले २०५२सालमा एसएलसी दिनेबेला बुवाको मृत्यु भयो । उनकी आमाले ५छोराछारीलाई रातदिन दुख गरि पालनपोषण गरेको आमाकै संघर्षबाट आफुमा पनि संघर्ष गर्ने उत्प्रेरणा जाग्यो । 

उनले आइए सम्मको पढाई बझाङ्गमै पुरा गरिन्, उनको १९ बर्षको उमेरमा विवाह भयो । बिवाह गरेको ४बर्षमै आमा गुमाइन् आफ्नै आमाको अन्तीम संस्कारका बखत माइत जानै पाइनन् । उसो त उनले १८ बर्षसम्म पनि माईत जाने मौका पाएकी छैनन् । 

 

सुशिलाका पती ललित चन्द भलिवलका खेलाडी थिए । बैतडी सदरमुकाममा स्टेशनरी पसल थापेका ललितको २०७२ सालमा मुटुको रोगका कारण निधन भयो, सुशिला ३६बर्षकै उमेरमा विधुवा भईन् । पतीको उपचारमा १०लाख ऋण लाग्यो तर उपचार सफल भएन् । भलिवलका राष्ट्रिय खेलाडी तथा रेफ्रि समेत रहेका ललितले बिरामी पर्दा कतैबाट सहयोग पाएनन् । 

पतीको व्यवसाय संगै सुशिलाले संघसस्थाहरुमा काम गर्ने अवसर पाएकी थिइन् । जसबाट उनलाई मासिक ५–६हजार आउथ्यो । उनले कृषि, पशुपालन सम्बन्धीका परियोजनाहरुमा काम गरेकी थिइन् ।

६ बर्ष गैर सरकारी संघ संस्थामा काम गरेकी उनले मासिक १८सय तलवमा विद्यालयकी बालविकास शिक्षीकाको काम गरिन् । उनि २०६७साल यता नागार्जुन आधारभूत विद्यालयमा राहत शिक्षकको भुमिकाका छिन् । 

मासिक ८ हजार पारिश्रमिकबाट सुरु भएको उनको अस्थाई जागीर अहिले मासिक पारिश्रमिक ३२हजार सम्म पुगेको छ । 

मासिक १५हजार दुध बेचेर आर्जन हुन्छ भने, बार्षिक ५०हजार खसीबोका बेचेर आर्जन गर्छिन् । तर उनले काठ्माण्डौँमा पढ्ने छोराहरुलाई मासिक ५०हजार पठाउनुपर्छ ।

‘जेठो छोराको स्कूल शुल्क मात्रै ३०हजार लाग्छ, काठ्माण्डौँमा खानबस्न पैषा पठाउनुपर्छ, जागीर र व्यवसायबाट आर्जन भएको पैषा उनिहरुलाई पठाउछुँ, ऋणको ब्याज र किस्ता तिर्छु, केहि रकम सहकारीमा बचत गर्छु, मासिक करिव ७०हजार कमाउन निकै कष्ट गर्नुपर्छ ।,’उनले भनिन् ।

जिल्ला स्थीत समाजिक संस्थाहरु संग जोडिएकी उनले बेलाबेलामा ऋण तथा अनुदान पाइरहने भएकाले राहत भएको छ । छोराहरुले आत्मनिर्भर भएमा आफ्नो जिवन सहज हुने सुशिलाको अपेक्षा छ । 

उनि अहिले महिला हिंसा तथा बालबिवाह विरुद्धका आभियानमा सक्रिय छिन् । उनले गाउँभरीका महिलाहरुलाई कृषि समुह र सहकारीमा आवद्ध गराएकी छन् । 

एकल महिलालाई सामाजिक क्षेत्रमा काम गर्दा कुरा काट्ने मान्छे प्रयाप्त हुने उनि बताउछीन् । समाजले एकल महिलालाई सहयोग गर्नुको सट्टा कुरा काट्ने गरेको उनको भनाई छ । तरपनि संघर्ष छोड्न नहुने उनि बताउछीन् । जनचेतनाको अभाव भएको समाजलाई सिकाउँदै अघी बढ्ने उनको दैनिकी बनेको छ । कुरा काट्नेलाई समेत प्रशिक्षण गर्न सक्ने क्षमता बनाएकी चन्द समाजको दृष्टीकोण बदल्नु जरुरी रहेको बताउछीन् । 

गरिव परिवारकी एकल महिलाले छोरालाई डाक्टर÷इन्जीनियर पढाउने सोच राख्दा समाजले खिल्ली उडाउने गरेको उनको अनुभव छ । तर सन्तान मेहेनती भएमा दुख गरेर पढाउन सकिने उनको भनाई छ । 

समाजले कुरा काट्दा उनि रिसाउने गरेकी छैनन् । तर समाजका अगाडी हशिलो मुहार देखाउने सुशिला आफ्नै घरका भित्ताहरुलाई देखाउदैँ घलघली आशुँ बगाउने गरेको सुनाउछीन् । 

 

‘दुख पीडाहरु सबै भोगिसके, बितेका आफन्त फर्केर नआउने थाहा छ, आफ्नो कोहि नहुदाँ अरुले साथ दिदैँन् भन्ने पनि थाहा छ, त्यसैले सकुन्जेल संघर्ष गरिरहन्छु ।’

गरिव परिवारमा जन्मेर गरिब परिवारमै बिवाह भएकी उनलाई कहिले पनि खुसीको अनुभुति भएन् । तर संघर्ष जारी रहेकाले आफ्नो जिवनस्तर बदल्नुका साथै समाज परिवर्तन गर्ने हुटहुटी घटेको छैन् । 
 


प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०६:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्